ScotNepal: चितवनमा २६४ जनालाई स्क्रब टाइफस,माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको सङ्क्रमित किराले टोकेमा यो रोग सर्छ
Loading...
चितवनमा २६४ जनालाई स्क्रब टाइफस,माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको सङ्क्रमित किराले टोकेमा यो रोग सर्छ

चितवन २४ असोज | चितवनमा यही वर्षदेखि देखिन सुरु गरेको नयाँ रोग स्क्रब टाइफस असोज महिनाको अहिलेसम्म ५९ जनामा सङ्क्रमण भएको छ । गएको वैशाखदेखि असोजसम्म २६४ जनामा स्क्रब टाइफस भएको र असोज महिनामा मात्रै ५९ जनामा रोग सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसअघि भदौ मसान्तसम्मको प्रतिवेदनमा २०५ जनामा सङ्क्रमण भएको यो रोग असोज तेस्रो साताको प्रतिवेदनअनुसार २६४ पुगेको हो ।
चितवनमा टाइफस रोगबाट दुईजनाको मृत्यु भइसकेको छ । नेपालमा टाइफसबाट आठ जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिए। नेपालमा ३७ जिल्लामा यो रोग देखिएको उनको भनाइ छ ।
अघिल्लो वर्ष नेपालमै पहिलो पटक टाइफस सङ्क्रमण देखिएको पुष्टि भएको थियो । पूर्वी नेपालमा देखिएको यो रोगबाट त्यो बेला १०१ जनामा सङ्क्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो ।
त्यसपछि यो वर्ष देशका विभिन्न जिल्लामा रोग देखिएको महाशाखाअन्तर्गत इपिडिमियोजोली शाखा प्रमुख डा गुणनिधि शर्मा बताउछन्।
माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको सङ्क्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सीया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।
मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । यो रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउँछ, शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ ।
मुख्यगरी मुसाको नियन्त्रण गर्ने झारका काम गर्दा पूर्ण कपडा लगाउने, झारमा नबस्ने गर्दा सर्नबाट जोगिन सकिने चिकित्सकले बताएका छन् ।
इपिडिमियोलोजी महाशाखाले अघिल्लो महिना चितवनमा गरेको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोग सङ्क्रमण भएको पुष्टि गरेको छ । अहिले सरकारी भरतपुर अस्पतालमा टाइफस रोगको निःशुल्क परीक्षणको व्यवस्था छ ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers