ScotNepal: आमालाई मृगौला दान गरेर बचाएकी मन्त्रीकी छोरी - भिडियो सहित
Loading...
आमालाई मृगौला दान गरेर बचाएकी मन्त्रीकी छोरी - भिडियो सहित

उनको नाम बिजया बिसी । युवा तथा खेलकुद मन्त्री दलजीत विश्वकर्मा श्रीपालीकी छोरी । विश्वकर्मा र श्रीपाली दुबै मिलाएर उनले छोटकरीमा आफ्नो थर बिसी लेख्ने गर्दछिन् ।
रुकुमको महत गाऊँकी बिजयाले सानै देखि दुःख झेलिन् । कारण उनका बुबा माओवादी जनयुद्धमा भुमिगत भए । माओवादीले युद्ध थाल्दा उनी पुग नपुग २ बर्षकी थिइन् । कहिले काहीं बुबा घरमा आएपनि मामा भनेर चिनाइन्थ्यो । उनले पछि सम्म बुबालाई मामा भनिरहिन् ।
उनी ६/७ बर्षकी मात्र थिइन् । घरमा रुवावासी भयो । उनले कारण के हो भन्ने पत्तो पाइनन् । शहिद परिवार भन्दै भेट्न आउँन थाले ‘कमरेड’हरु । उनलाई शहिद परिवारको अर्थ थाहा थिएन । विस्तारै थाहा पाइन् बुबा युद्धमा सहिद हुनुभएछ । आमाले अर्थाइन्, ‘बुबाको हत्याको बदला लिन म पनि युद्धमा जान्छु । तिमीहरु काइँला बा र काइँली आमासँग बसाओ ।’
आमा युद्धमा गएपछि बुबाको पत्र आयो, ‘बुबा त जिवितै हुनुहुँदोरहेछ ।’ पार्टीमा नाम जुधेकाले उनी मारिएकोे खबर फैलिएको रहेछ ।
संयोगपनि अचम्मको । ‘अघिल्लो दिन बुबा आउनुभयो, भोलिपल्ट आमा । आमालाई पत्तै थिएन बुबा जिवित रहेको ।’ बिजया युद्धको अपत्यारिला आयाम खोतल्दै गइन् ।
नाम चलेका माओवादी कमाण्डर दलजीत दम्पत्ति घरबाहिर थिए । सुरक्षाकर्मी घरमा आइरहन्थे । गास छाडेर छोरीहरु जंगल भाग्थे । घर नै आगो लगाइदिएपछि बस्ने ठाऊँसमेत भएन । त्यसपछि दलजीत र सुनकुमारीले छोरीहरुलाई अन्तै सेल्टर दिने निर्णय गरे । कान्छी छोरीलाई कैलालीका दीपक सापकोटाले आश्रय दिए । ३ छोरी लिएर सुनकुमारी कालीकोटको मालकोट लागिन् ।
मालकोटमा प्रकाश जनवादी विद्यालय संचालन भइरहेको थियो । त्यही सुनकुमारीले बालगृह संचालन गरिन् । कोडबाडामा सैनिक क्याम्प भएकाले पार्टीमा झरना नामले चिनिने सुनकुमारीलाई अर्को संकट आइलाग्यो । त्यसपछि उनले अझ दुर्गमतिर गएर बालगृह खोलिन् । बिजया प्रकाश जनवादी विद्यालयमै रहिन् ।
खासमा बिजयाको नाम अनिता थियो । उनी हरेक विधामा बिजयी हुन थालेपछि उनको नाम बिजया राखियो । ‘सरहरुले सबैलाई जित्ने बिजयी भएकाले तिमी बिजया हौँ भन्नुभयो । मलाई पनि मन प¥यो ।’ बिजयाले नाम परिवर्तनको किस्सा सुनाउँदै भनिन्, ‘मालकोटमा बस्दा फेरी बुबा सहिद भएको खबर आयो । बुझ्दा होइन रहेछ । बुबाको पार्टी नाम प्रशान्त भएकाले प्रशान्त कोही मरे खबर हाम्रोमा आउँथ्यो । प्रशान्त फेरी कमन नाम थियो युद्धमा ।’
कैलालीमा रहेकी बहिनीलाई पनि कालिकोट नै ल्याउने कुरा भयो । बिजयालाई साथमा लिएर सुनकुमारी छोरी लिन गइन् । एउटा घरमा बिजयालाई छोडेर सुनकुमारी कता गइन कता । सायद पार्टीको सम्र्पकमा । एउटी बच्ची विजयालाई फुपु भन्दै बोलिरहेकी थिई, उनीहरु दिनभर सँगै खेले । साँझ बिजयाले आमालाई बहिनीका बारेमा सोधिन् । आमाले फुपु भनेर बोलाउने त्यही बच्ची नै बहिनी भएको बताइन् । ‘हामी कस्तो अवस्थामा थियौं । न बुबालाई बुबा भन्न पाउने न दिदीबहिनीको चिनापर्ची हुने । त्यतिबेला म रोएँ ।’ यसो भन्दै गर्दा भावुक स्वभावकी बिजयाको गला अबरुद्ध भयो ।
शान्ति प्रक्रिया पछि
शान्ति प्रक्रिया शुरु भयो । उनीहरु मालकोटबाट रुकुम रोल्पा फर्के । बीचमा जाजरकोटको कम्युनमा केही समय बसे । त्यसपछि बिजया रोल्पाको थवाङमा पढ्न थालिन् । उनले बल्ल चाल पाइन् बुबा त पढ्नमा तेज रहेछन् । उनी पढ्नमा पनि नामी रहेछन् ।
‘तिम्रो बुबाजस्तै बन्नुपर्छ । अहिलेसम्म उसको रेकर्ड कसैले तोडेको छैन । पढाइमा त अंचल टप गरेको हो । खेलमा उस्तै । उसको भलिबल खेल देखेर राजाले उसलाई बक्सिस दिए । उसले बिद्यालयका लागि काँडेतार मागेको हो ।’ शिक्षकहरु यसै भन्थे । थवाङ पढेका दलजीतका बारेमा बिजयाले बुझ्ने मौका पाइन् । माओवादीको लालकिल्ला थवाङको हावापानीले दलजीतलाई कमरेड, छापामार, कमाण्डर हुँदै मन्त्री बनायो । अन्यथा उनी अब्बल पेशाकर्मी र खेलाडी हुने रहेछन् ।
बिजयाको फेरिएको जीबन
एसएलसी पास गरेपछि बिजया नर्सिङ पढ्न काठमाडौं आइन् । बुबाआमा उनलाई भेट्न काठमाडौं आएका थिए । एक्कासी आमाको शरीर र खुट्टा सुनियो । जाँच गराउँदा उनको किड्नी फेल भइसकेको रहेछ । डायलसिस गरेपछि केही निको भयो । तर, हप्तैपिच्छे गर्दा झन्झण्टिलो । आमाको स्वास्थ्य अवस्था बिग्रदो थियो ।
यस्तैमा बिजयाको विवाह पहिले महत गाउँकै छिमेकी र हाल पोखरा बसाइ सराइ गरेका सिपाहीसँग भयो । ‘हिजो सेना दुस्मन लाग्थ्यो, आज सेना जीबनसाथी बन्यो ।’ पारिवारिक समायोजनका बारेमा खुलासा गर्दै बिजया मुस्कुराइन ।
आमालाई फेरी च्याप्यो । बिजयाले बिकल्प खोज्न थालिन् । आमालाई किड्नी दिने निधो गरिन् । उनले श्रीमानसँग सल्लाह मागिन् । ‘आमा बुबाको जीबन जोगाउनु हाम्रो अहोधर्म हो ।’ उनले सैन्य मन बुझिन् । त्यसपछि उनले आमालाई मृगौला दान गरिन् ।
मृगौला दिएको केही समयपछि फेरी समस्या देखियो । दिंदा सबै ठीक थियो । पछि आमाको शरीरले उनले दान गरेको मृगौला ‘रिजेक्ट’ गरिदियो । धन्न, उपचारपछि उनले दिएको मृगौलाले २० प्रतिसत भएपनि काम गरेको छ । आमा उनैले दिएको मृगौलाको भरमा बाँचिरहनुभएको छ ।
‘आमालाई आंशिकरुपमा भएपनि स्वास्थ बनाउन सकेकोमा खुशी छु । आखिर म आमाको अंश न हुँ । आमा नभएको भए म हुन्थिन ।’ उनी भावुक भइन् ।
बुबा मन्त्री हुँदा
शान्ति प्रक्रियामा आइसकेपछि बिजयाको परिवारको संख्या बढ्यो । उनले नयाँ बहिनी पाइन् । बहिनी गर्भमा हुँदा आमाको स्वास्थ्यमा समस्या देखियो । सात महिनामै अप्रेशन गरे बहिनीलाई जन्माइयो ।
युद्धमा छँदा भन्दा शान्ति प्रक्रियामा आएपछिका पीडा घतलाग्दा छन् । युद्धको बेला उनी अबोध थिइन्, अहिले परिवारको पीडा बुझ्न सक्छिन् । ‘आमाको स्वास्थ्य स्थितिले सबैभन्दा बढी पिरोल्छ ।’ गहभरी आँशु राख्दै उनले मनको बह पोखिन् ।
पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा बुबा दलजीत मन्त्री बने । उनी मन्त्री बन्नुपनि संयोगको खेल रहेछ । आमा बिरामी नभएको भए बुबा सेना समायोजनमा जाने पक्कापक्की थियो । आमा एक्कासी बिरामी भएपछि आइसियूमा राखियो, भोलिपल्ट सेना समायोजनको टुंगो लाग्यो ।
युद्धको जग्जगीमा सेना देख्यो कि भागाभाग गर्ने बिजयाको जीबनमा भिन्दै दृश्य देखिन्छ । उनको जीबनसाथी सेना छन्, बुबाको सुरक्षामा सेना तैनाथ छ । सेना र सुरक्षाकर्मीको कडा पहरामा रहेको मन्त्री निवासमा उनीहरु बस्छन् । यसलाई बिजया स्वभाविक मान्छिन्, ‘हिजो हामी आआफ्नो ठाऊँबाट देशकै लागि भनेर लडेका थियौँ । बुझाइ मात्र फरक थियो । उद्देश्य एउटै रहेछ ।’
बिजयले जीबनलाई दुःखसुखको मिलनका रुपमा अर्थाइन् । ‘बुबा मन्त्री हुनुहुन्छ, सुखको कुरा । आमा बिरामी हुनुहुन्छ दुःखको कुरा । जीबन भनेकै दुःख र सुखको लुकामारी रहेछ ।’ युवावयमा प्रवेशमात्रै गरेकी बिजयाले जीबनको सार सुनाइन् ।
-नेपालीटुल बाट
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers