ScotNepal: भारत र पाकिस्तान बीच युद्द हुदा परमाणु बम जसले हाने पनि आफु लगाएत यसकारण छिमेकी देश पनि रहने छैनन्
Loading...
भारत र पाकिस्तान बीच युद्द हुदा परमाणु बम जसले हाने पनि आफु लगाएत यसकारण छिमेकी देश पनि रहने छैनन्

बमको रेडियसनको असरले मानिसहरु तडपाउने मात्र छैनन्, मानिसहरुको निकै दूखद मृत्यु हुनेछ -

नयाँ दिल्ली– भारत–पाकिस्तानवीच यदि युद्ध भयो र दुवै देशले आफुसँग भएका आधा मात्र परमाणु बमको बटन थिचे भने, भारत र पाकिस्तानमा एकै झट्कामा दुई करोड १० लाख मानिस मर्छन । यसको असर छिमेकी अरु देशमा मात्र होइन, आधा विश्वमा पर्नेछ ।

भारतीय मिडियाका अनुसार, -यो खवर भारतीय न्यूज च्यानल न्यूज २४ को वेवसाइटमा प्रकाशित छ ।
–भारत र पाकिस्तानसँग जति परमाणु बम छन्, उनीमा हरेक बम हिरोशमामा गिराएको १५ किलोटन बम बराबर छन् । यी बम जव जमिनमा गिर्छन, यसको गर्मी, आगो र रेडियशनबाट मानिसहरु मारिन्छन् । त्यसपछि बाचेका मानिसहरुका लागि पनि जीवत रहन त्यति सजिलो हुनेछैन । भोपाल ग्यास चुवाहटको ३० बर्षपछि पनि विरामी देखिएका छन् । परमाणु बमको असर त, धेरै रहन्छ ।

–बमको रेडियसनको असरले मानिसहरु तडपाउने मात्र छैनन्, मानिसहरुको निकै दूखद मृत्यु हुनेछ ।बैज्ञानिकको कुरा मान्ने हो भने यति धेरै रेडियशनबाट वायुमण्डलमा ओजोन बर्बाद हुन्छ । वायुमण्डलमा ओजन गायव हुने वा बर्बाद हुनुको अर्थ हुन्छ, हावामा त्यो ग्यास खत्तत हुनेछ, जसले मौसम बदलिदिन्छ । अर्थात आधी दुनियाँमा चिसो–तातो मौसमको सिलसिला बन्द हुनेछ । यस्तोमा चिसोले संसारका आधाभन्दा बढी रुख विरुबा मर्न सक्छन् ।

–वैज्ञानिकको भनाई छ कि, दुई देशका वीचमा एटम बमवाला युद्ध भयो भने सूरतमा २ करोड १० लाख मानिसको मृत्यु त पहिलो साता नै हुन्छ । मृत्युको यो तथ्याङ्क दोस्रो विश्व युद्धको तुलनामा आधा हुनेछ । यति मात्र होइन, मृत्युको यो आकडा भारतमा पछिल्लो नौ बर्षमा चरमपन्थी समूहबाट मारिएका मानिस प्रहरी र अन्य सुरक्षा बलको तुलनामा २ हजार २२१ गुणा धेरै हुनेछ । यसको मतलव यो हुन्छ कि अहिले विश्वमा चरमपन्थी समूहले जति मानवीय नोक्सान गरेका छन्, त्यो भन्दा दुई हजार गुणा धेरै हुनेछ ।

-हालात यस्तो हुनेछ कि, संसारको एउटा ठूलो इलाकामा रुख–विरुवा र बनस्पतीको नामो निशान मेटिनेछ । यसका कारण दुई अर्व लोग भोखमरीको थपेटमा पर्नेछन् । यो तथ्याङ्क भौतिक वैज्ञानिकहरुले २०१३ मा जारी गरेका थिए, किनभने उनीहरुले परमाणु युद्ध रोक्नका लागि अध्धयन गरेका थिए ।

श्रोत : रातोपाटी
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers