ScotNepal: रावणले देखेका स्त्रीका आठ अवगुण, जान्नुहोस के–के हुन् ..
Loading...
रावणले देखेका स्त्रीका आठ अवगुण, जान्नुहोस के–के हुन् ..

हिन्दु धर्मका अनुसार रावण एक खलनायकका रुपमा चिनिन्छन् । रावणले अर्काकी पत्नीलाई अपहरण गरेर बन्दी बनाउने जस्तो भूल गरेका थिए । धेरैले रावणका अवगुणका बारेमा मात्र चर्चा गर्छन र उनका गुणहरुको बारेमा चर्चा हुँदैनन । तर, रावण एक महापण्डित थिए । उनको समयमा सारा जगतमा रावण जत्तिकै ज्ञानी कोही थिएनन । भलै यो कुरा धेरै कमैलाई मात्र थाहा थियो । रावणको तपस्यामा बहुतै शक्ति थियो । रावणले आफ्नो कर्तव्य निष्ठापूर्वक पालना गर्दथे । तिनै महापण्डित रावणले स्त्रीहरुका विभिन्न आठवटा अवगुणको बारेमा बताएका थिए । आउनुहोस जानौं के–के हुन् रामचरित मानसमा उल्लेख भएका रावणले बताए अनुसार स्त्रीका आठ अवगुणहरु :
१.पहिलो अवगुण : रावणले बताए अनुसार स्त्रीहरुमा ‘बहुतै ज्यादा साहस’ हुनु पहिलो अवगुण हो । साहस हुनु राम्रो कुरा हो तर, महिलाहरु आफूमा रहेको साहसको प्रायः गलत स्थानमा प्रयोग गर्छन ।
२. दोश्रो अवगुण : रावणका अनुसार महिलाहरुको दोश्रो अवगुण महिलाहरुमा रहेको ‘निरन्तर झुठ बोल्ने बानी’ हो । यस्तो पनि होइन कि महिलाहरु हरेक क्षण झुठ बोल्छन । तर, उनीहरु विभिन्न कुरा लुकाउन धेरैजसो झुठको सहारा लिन्छन ।
३. तेश्रो अवगुण : रावणका अनुसार महिलाको तेश्रो अवगुण ‘पुरुषको तुलनामा एकदमै बढी चन्चल हुनु’ हो । रावणले भनेका छन्, महिलाहरुको मन लामो समयसम्म एउटै विषयमा रहँदैन । केही समयमा नै महिलाहरु आफैले बोलेको कुरामा अडिन सक्दैंनन । जसको कारणले परिस्थिति अस्थिर हुन्छ र विभिन्न समस्या उत्पन्न हुन्छन ।

४.चौंथो अवगुण : रावणले महिलाको चौथो अवगुण ‘महिलाहरुको माया रच्ने अवगुण’ भनेका छन् । उनका अनुसार महिलामा रहेको एक कला हो । यो बाट आफ्नो स्वार्थका लागि महिलाहरु जान्दछन कि कुन समयमा के गर्नुपर्छ भनेर ।
५. पाँचौ अवगुण : रावणका अनुसार महिलाहरुको पाँचौं अवगुण उनीहरु एकदमै डरछेरुवा हुनु हो । उनका अनुसार महिलाहरु एकदमै छिटो डराउँछन । अचानक स्थिति परिवर्तन भयो भने अगाडि के हुने हो भन्ने डर महिलामा हुने गर्छ ।
६. छैठो अवगुण : रावणले बताए अनुसार ‘मूर्खता’ महिलाहरुको छैठौं अवगुण हो । महिलाहरु भलै एकदमै जेज दिमाग र बुद्धिमान हुन्छन । तर, उनीहरुमा कतिपय अविवेकका अवगुणहरु हुन्छन । जसका कारण बिना सोच समझ महिलाहरु निर्णय लिन्छन र ठूलो समस्यामा पर्छन ।
७. सातौ अवगुण : ‘निर्दयता’ रावणले भने अनुसरा महिलाहरुमा रहेको सातौं अवगुण हो । महिलाहरु दया पक्कै गर्छन । तर, जुन कुरामा उनीहरुलाई दया आउँदैन । त्यसमा उनहिरु भविष्यमा पनि कहिल्यै दया देखाउँदैनन । यसलाई उनीहरुको हठ नै मान्नुपर्छ ।
८ .आठौं अवगुण : ‘अपवत्रितता’ माफ गर्नुहोला, यो कुराले पक्कै पनि तपाईलाई दुख लाग्यो होला । तर, रावणका अनुसार महिलाहरु अपवित्र हुने गर्दछन । उनीहरुमा सर–सफाईको अभाव रहने पनि रावणले बताएको रामचरित मानसमा उल्लेख छ ।
एजेन्सी

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers