ScotNepal: थाई प्रेमिका 'बाइबाइ', हिमानी 'हाइहाइ' (भिडियो सहित)
Loading...
थाई प्रेमिका 'बाइबाइ', हिमानी 'हाइहाइ' (भिडियो सहित)

पारस–हिमानी पुनर्मिलन गराउन धीरेन्द्रका छोरीहरु सक्रिय


पूर्वयुवराज्ञी हिमानीले केही वर्षअघि आफू बिरामी हुँदा पति पारस शाहले प्रेमपूर्वक हात समाउँदै सहयोग गरिरहेको तस्विर १२ बैशाख, ०७० का दिन फेसबुकमा सार्वजनिक गर्दै क्याप्सन लेखेकी थिइन्, ‘खुसी र दुःखहरू सँगसँगै हिँड्छन् र जीवनलाई पूर्ण बनाउँछन्।’ उनै हिमानीले आफ्नो ४०औं जन्मदिनको सन्दर्भमा शुक्रबार राति सोल्टी होटलको अति विशिष्ट कक्षमा आयोजित रात्री पार्टीमा झन्डैझन्डै पारपाचुकेको मोडमा पुगेका आफ्ना पति पारस शाहसँग हात समातेर नाचेपछि त्यहाँ उपस्थित पूर्वशाही परिवारका सदस्य र उनका आफन्तहरुले तीन वर्षअघिको त्यही तस्विर र उनै शब्दको स्मरण गरे।


एउटा नृत्यमुखी हिन्दी गीत नै निथार्ने गरी पूर्वयुवराज र पूर्वयुवराज्ञीको जोडी नाचेपछि त्यहाँ उपस्थित सबैले ताली बजाए। र, उनीहरुको चिसो सम्बन्धमा प्रवेश गर्दै गरेको न्यानोपनको स्वागत गरे।
हिमानीको खुशीका लागि खासगरी पूर्वराजा ज्ञानेन्द्रको सल्लाहमा राखिएको त्यो रात्री भोज तथा रमाइलो कार्यक्रममा अत्यन्तै निकटका आफन्तहरु मात्र डाकिएको थियो। यद्यपि त्यसको मूल उद्देश्य नै पारस र हिमानीको सम्बन्ध सुधारिएको सन्देश प्रवाह गर्नु रहेको बताइएको छ।

थाइल्यान्डबाट नेपाल फर्केयता पारस सुनाकोठीस्थित महलमा धीरेन्द्रकी माइली छोरी शिताष्मासँगै बस्दैं आएका छन्। पछिल्ला दिनमा अधिकांश समय अनौपचारिक भेटघाट, घुमघाम र दुर्व्यसनीबाट बाहिर निस्कनका लागि योग र अभ्यासजस्ता अनुष्ठानमा प्रयासरत भनिएका पारसलाई हिमानी आफैँले भेटेर सो रात्री भोजमा निम्त्याएको स्रोतहरुको दाबी छ।

कसरी नजिकिँदै छन् पारस र हिमानी?

पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध बिग्रनुमा दुई वटा मूल कारण थिए। पहिलो, पारसको अत्याधिक मदिरा प्रेम तथा उत्तेजनापूर्ण हर्कतहरु र अर्को, उनकी थाई प्रेमिका कन्निका चाइसन। पारस नेपालमा रहँदा अलिक बढी नै मदिराको लतमा डुबे र कुलिन मर्यादा विपरितका व्यवहार तथा हर्कतका कारण विवादमा फस्न थालेपछि स्वयं हिमानी मात्र होइन उनका बाबुआमा पनि उनीबाट दिक्क थिए। झन्, उनी बैंककमा त्यहीँकी एक केटीसँग ‘लिभिङ टुगेदर’ सुरु गरेपछिका चार वर्ष उनको र हिमानीको सम्बन्ध नातामा मात्रै सिमित थियो।



एक दशक भन्दा अघिको पारस–हिमानी जोडी

तर, पछिल्ला दिनमा थाई प्रेमिका कन्निका चाइसनसँग पारसको सम्बन्ध बिग्रदै गयो। पारसलाई बैंककमै सघाइरहने एक नेपालीका अनुसार उनीहरुको सम्बन्ध के कारणले बिग्रियो भन्ने भेउ पाउन नसकिए पनि त्यसले यता हिमानीसँगको सम्बन्ध पुनः स्भाविक बन्ने ढोका भने खोलेको छ।

पूर्वयुवराज पारस शाहकी थाई प्रेमिका कन्निका चाइसनले अघिल्लो भदौमा आफ्नो फेसबुकमा पूर्वयुवराज्ञी हिमानीलाई गाली गरिएको शब्दले भरिएको एउटा तस्विर पोस्ट गरेपछि दुईबीचको सम्बन्ध बिग्रेको कुरा सार्वजनिक भएको थियो। त्यसो त फेसबुक मार्फत नै कन्निकाले कहिले पारसलाई आफ्नै श्रीमान दाबी गर्ने र कहिले उनको नेपालमा यसअघि बिहे भएको थाहा नपाएको बताउँदै आएकी थिइन्। कतिपय सन्दर्भमा पारसले कन्निकाका कुरालाई फेसबुक मार्फत् नै खण्डन गरे पनि। कन्निकाले आफ्नो चरित्रहत्या गरेको गुनासो गर्दै पारसले एक पटक फेसबुकमा लेखेका थिए, ‘जोसँग म चार वर्षसम्म सँगै बसेँ, उसलाई मेरो परिवार छ भन्ने थाहा थिएन? खासमा राजनीतिक रूपले अभिप्रेरित भएर मेरो चरित्रहत्या गर्न खोजिएको हो।’

कसले मिलाउँदै छन् पारस र हिमानीलाई?

थाइल्यान्ड छोडेपछि पारस अझै पनि आफ्ना आमाबाबु र श्रीमती बस्ने निर्मल निवासमा बस्दैनन्। उनी आफ्नी बहिनीहरूसँग रहने गरेका छन्। उनी कहिले काका स्व‍. धीरेन्द्रका छोरीहरूको स्वामित्व रहेको जीवनकुञ्जमा बस्छन् भने कहिले सुनाकोठीस्थित महलमा धीरेन्द्रकी माइली छोरी शिताष्माको परिवारसँग बस्छन्। उनको आनीबानी सुधार्न अहिले धीरेन्द्रका छोरीहरुले गर्नुसम्म प्रयत्न गरिरहेका छन्। पछिल्ला दिनमा उनी पहिलेजस्तो डिस्को जाँदैनन्। बरू अहिले उनले आफ्ना स्कुले जीवनका साथीहरु भेट्दै हिँडिरहेका छन्। अघिल्लो महिना मात्र केही साथीहरुसहित उनी पोखरा घुमघाममा पुगेका थिए।



धीरेन्द्रका तीन छोरीहरु जसले पारस र हिमानीको सम्बन्ध सुधारका लागि प्रयास गरिरहेका छन् त्यसमा पूर्वराजा ज्ञानेन्द्रको पनि चाहना लुकेको छ। उनी चाहन्छन्, छोराका कारण आफ्नो परिवारको बदनामी नहोस्। त्यसैले धीरेन्द्रको निधनपछि आफूले नै अभिभावकको भूमिका निर्वाह गरिरहेका ज्ञानेन्द्रले धीरेन्द्रका छोरीहरुलाई पारस र हिमानीको सम्बन्ध सुधार्न आग्रह गरेका हुन्।

धीरेन्द्रका छोरीहरु हिमानीको चाहनामा खुलेको हिमानी ट्रस्टका हर्ताकर्ता हुन्। र, उनीहरुको सम्बन्ध हिमानीसँग पनि त्यत्तिकै निकट र विश्वासशिलो रहेको बताइन्छ।
प्रकाशित १६ असोज २०७३,
साभार : नेपालखबर 
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers