ScotNepal: फेला पर्यो स्वर्गको ढोका, ९ सय ९९ सिँढी चढेपछि पुगिने
Loading...
फेला पर्यो स्वर्गको ढोका, ९ सय ९९ सिँढी चढेपछि पुगिने

एजेन्सीको सहयोगमा, दुनियामा को मानिस होला जसलाई स्वर्ग पुग्ने चाहना नहोला ? तर स्वर्गको अनुभव गर्न चाहने कोहीपनि मानिसलाई मर्ने इच्छा चाहीँ हुँदैन ।

अर्थात् जिउँदै स्वर्ग पुग्न पाए हुन्थ्यो भन्ने कल्पना हुन्छ सबैको । तर नमरी स्वर्ग देखिन्न भन्ने उखान अनुसार जिउँदै स्वर्ग पुग्न नसकिने यथार्थले मन अमिलो बनाउँछ । तर दुखी हुने कारण छैन । किनकी जिउँदै स्वर्ग जाने ढोका चीनमा पत्ता लागेको छ । उक्त स्वर्गको ढोकामा पुग्नका लागि ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ ।

वास्तवमा चीनमा एउटा पहाडमा झण्डै ५ हजार फिटको उचाइमा एक गुफा छ । जुन दुनियाको सबैभन्दा अग्लोे गुफा हो । उक्त गुफालाई स्वर्गको ढोका पनि भनिन्छ ।

सन् २५३ मा पहाडको केही भाग खसेपछि उक्त गुफाको निर्माण भएको बताइन्छ । यो गुफाको लम्बाइ १९६ फिट तथा उचाई ४३१ फिट तथा चौडाई १८७ फिट छ । पहाडको धेरै उचाइमा रहेका कारण यो गुफा प्रायः बादलले ढाकिएको हुन्छ । सोही कारण पनि यसलाई स्वर्गको ढोका भनिन्छ ।


उक्त गुफामा जानका लागि केवल कार चढ्नुपर्छ । दुनियाको सबैभन्दा लामो तथा सबैभन्दा उचाइमा रहेको उक्त केवल कारको लम्बाई २४ हजार ४५९ फिट छ । यो केबलकार गिनिज बुकमा दर्ज छ ।

केबलकार तथा त्यसपछि थोरै सडकमार्गबाट ओर्लिसकेपछि गुफासम्म पुग्नका लागि ९ सय ९९ वटा सिँढी उक्लिनुपर्छ । ताओ दर्शनका अनुसार ९९९ सिँढी सर्वोच्च नम्बर हो र सम्राटको प्रतिक हो ।

बिसौँ शताब्दीमा तियानमेन पहाडमा एक झरना पनि थियो जुन केवल १५ मिनेटका लागि मात्र देखा पर्दथ्यो र त्यसपछि दिनभरका लागि हराउँथ्यो । झरनाको पानी १५ सय फिटबाट सिधै तल र्झदथ्यो । तर अहिले उक्त झरनाको नामोनिसान छैन ।

स्वर्गको ढोका तथा यस्तो अद्भुत झरनाको इतिहास रहेको उक्त पहाडमा ठूलो परिमाणमा खजाना लुकाइएको विश्वास गरिन्छ । खजाना खोज्ने कोसिस धेरैले गरे तर कसैले पनि फेला पार्न सकेका छैनन् अहिलेसम्म ।   - अनलाइनखबर बाट साभार : 

२०७३ असोज १६ गते ११:४२ मा प्रकाशित
#चीन#स्वर्गको ढोका
Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers