ScotNepal: ‘यौनकाण्ड’ जसले प्रेम बानियाँलाई अमेरिका भगायो (भिडियाे सहित)
Loading...
‘यौनकाण्ड’ जसले प्रेम बानियाँलाई अमेरिका भगायो (भिडियाे सहित)

प्रकाशित मिति: शनिबार, आश्विन १५, २०७३
‘यौनकाण्ड’ जसले प्रेम बानियाँलाई अमेरिका भगायो असोज । टेलिभिजन पर्दामा एक पात्र सँधै उदाउँथे । ती हुन् प्रेम बानियाँ । राष्ट्रवादको खोक्रो शब्दहरुको जालमा उनी भन्थे ‘जय स्वाभिमान’ । टेलिभिजनको स्क्रिनबाट ठूलो स्वरमा स्वाभिमानी नारा वाचन गरिदिएपछि कतिपयले बानियाँलाई ‘भयंकर’ राष्ट्रवादी मानिँदै आएको थियो । तर, त्यही राष्ट्रवादको नारा बेचेर प्रेम बानियाँ संयुक्त राज्य अमेरिका हानिएपछि उनको राष्ट्रवाद उदाङ्गिएको छ ।

सामाजिक सञ्जालमा प्रेम बानियाँले उठाएको कदम सकारात्मक भन्नेहरुको जमात पनि छ । अर्को तिर उनलाई खाक्रो राष्ट्रवादी मान्नेहरु त थिए नै । तर, एउटा सत्य हो की राष्ट्रवादको खोक्रो नाराले स्थापीत बनेका प्रेम बानियाँ गुजारा चलाउँनकै लागि अमेरिका जानु पर्ने अवस्था भने पक्कै छैन । किन भने काठमाडौंका सडकहरुमा मकै पोल्ने आमाहरुले आफू मात्रै होइन लालाबालाको जीन्दगी पालेका छन् । एउटा चर्चित टेलिभिजन पत्रकार अमेरिका भासिनुमा कतिपयले राष्ट्र, राजनेता वा देशलाई दोष दिँदै आएका छन् । तर, मान्छेको भविष्य उसको नीजि कारणहरुमा निर्भर हुन्छ भन्ने तथ्यलाई कसैले भुल्नु हुँदैन । ठीक यस्तै प्रेम बानियाँका केही केही नीजि कारणहरु छन् । जसले उनलाई यो देश देखि विरक्त लाग्यो ।

दलित युवाको टाउकोमा पिसाब
केही वर्ष अघि सिन्धुपाल्चोकमा पत्रकार महासंघको कार्यक्रम थियो । कार्यक्रममा प्रेस युनियन नेपालका नेता पोषण केसी पनि सहभागी थिए । त्यतिबेला सिन्धुपाल्चोक कुल्चोकै स्थानीय भएका कारण प्रेम बानियाँ पनि त्यहाँ पुगेका थिए । बेलुका पत्रकारहरुबीच ‘जाँड पार्टी’ चल्यो । प्रेमले पनि पिए । उनी पिएक्कड नै थिए । बेस्सरी पिए । विश्वकर्मा थरका एक पत्रकार थिए उनीसँगै । ती भाइ जस्ता मान्छे प्रेम बानियाँ भनेपछि नतमस्तक नै थिए । टेलिभिजनका चर्चित पत्रकार थिए प्रेम । अलि बढी नै पिएपछि प्रेमले आफ्नो घमण्ड देखाउन थाले । ती ‘भाइ पत्रकारमाथि उनले एक ‘किक’ हाँने । किक प्रहारबाट ती पत्रकार त्यहीँ ढले । तर, प्रेमको रिस मरेको थिएन । ‘त कामी होस्’ भन्दै उनले ती विश्वकर्माको टाउकोमा पिसाब फेरिदिएका थिए । उक्त घटनापछि ति पीडितले प्रहरीमा उजुरी समेत दिए तर, पोषण केसीकै सक्रियतामा उक्त घटना थामथुम पारिएको थियो ।

जुम्लामा एक महिलामाथि दुव्र्यबहार
टेलिभिजनका औँलामा गनीने पत्रकार बनिसकेका प्रेम बानियाँ केही वर्ष अघि जुम्ला पुगेका थिए । त्यतिबेला केही अन्य महिला पत्रकारको टोली पनि सँगै सहभागी थिए । त्यतिबेला एक महिला पत्रकारको संवेदनशिल अंगमा सुम्सुम्याएपछि ती महिलाले अन्य पत्रकारलाई सो कुरा बताएकी थिइन् । सो घटना एकाएक बाहिर आएपछि बानियाले ती पत्रकार महिलालाई धम्काएको समेत पत्रकारबीच चर्चा हुने गर्छ ।

गर्व तुहाएको कथा
राजधानीमै बस्थे प्रेम बानिया, नजिकै एक युवती । बानेश्वर आसपास बस्ने गरेकी ती युवती र प्रेमबीचको आकर्षण बढ्यो । प्रेमले प्रेम गरेको भान पारे । ती युवतीले प्रेमलाई सबै कुरा सुम्पिन तयार भइन । उनीहरुबीचकै यौन सम्बन्धबाट तीन महिनाको गर्भ रहन गयो । ती पीडित युवतीले प्रेमसँग विवाह गर्न चाहेकी थिइन् तर प्रेमले अस्विकार गरेपछि गर्भपतन गराइयो । उनीहरुबीचको सम्बन्ध पनि राम्रो भएन । ती युवतीको विहे भयो । केही महिनासम्म त राम्रै थियो तर, जतिबेला ती युवतीको श्रीमानले उक्त घटना थाहा पाए त्यसपछि उनीहरुबीच पनि सम्बन्ध विच्छेद भएको छ । ती युवती अहिले पत्रकारीता क्षेत्रमै सक्रिय रहेकी छिन् ।

अमेरिकी संस्थाको सद्भावना दूत भएर के काे राष्ट्रवादकाे गफ ?
पश्चिमा मुलुकहरुले आफ्नो जालो विस्तारको लागि नेपालमा एनजीओ खडा गरेका छन् । ती एनजीओहरु पश्चिमाहरुको स्वार्थमा केन्द्रीत रहेका छन् । ती मध्ये एक हो, ह्याबिट्याट फर हुम्यानीटि । अमेरिकाको मेरिल्यान्ड मुख्य कार्यालय रहेको उक्त आइएन्जीओको सद्भावना दूतको रुपमा प्रेम बानियाले नियुक्ती पाएका थिए । सोही संस्थाबाट उनले मासिक भत्ता समेत बुझ्दै आएका थिए । - – दियोपोष्ट डटकमबाट



यो पनि हेर्नुहोस


Loading...
Recent Updates

, , ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers