ScotNepal: नेपालमा आइ नेपालीलाई अपहरण गर्दै भारत लाने भारतीय कुख्यात अपहरणकारी लाइ नेपाली पुलिसले गर्यो इन्काउन्टर,
Loading...
नेपालमा आइ नेपालीलाई अपहरण गर्दै भारत लाने भारतीय कुख्यात अपहरणकारी लाइ नेपाली पुलिसले गर्यो इन्काउन्टर,

केहि महिना अघि इनले ब्यापारी केडियाको अपहरण गरेका थिए

काठमाडौं २४ असोज | प्रहरीको इन्काउन्टरमा बीरगन्जमा आइतबार राति एकजना भारतीय अपराधी मारिएका छन् । पर्सा प्रहरीका अनुसार बाटोमा चेकजाँचमा खटिएका प्रहरी टोलीमाथि फायरिङ गरेर भाग्न खोजेका व्यक्ति प्रहरीको कारवाहीमा मारिएको हो ।


फोटो इमेज खबर बाट
प्रहरी स्रोतले मारिएका व्यक्ति केही महिना अगाडि भएको बीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न आरोपी सीमापारी समस्तीपुर घरभइ रक्सौल बस्दै अाएका दिलसाद आलम हुन् । पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले घटनाको पुष्टी गरेपनि मृतकको पहिचान बारे केही बताएका छैनन् ।
बीरगन्ज उपमहानगरपालिका को वडा नम्बर १९ भिस्वा टोलमा सडकमा चेकिङमा रहेका प्रहरीमाथि रक्सौल तर्फबाट आएको मोटरसाईकलमा सवारले फायरिङ गरेर भाग्न खोजेपछि जवाफी कारवाही गरिएको एसपी श्रेष्ठले बताए । मोटरसाइकलको पछाडि बसेकाले फायरिङ गरेको र उनीनै प्रहरी कारवाहीमा मारिएको उनले जानकारी दिए । मोटरसाइकल चालक भने भाग्न सफल भएका छन् । घटना राति करीब ८ बजेतिरको हो ।
व्यापारिक कामका सिलसिलामा बाराको गढीमाई पुगेर फर्किदै गरेका बेला गत जेठ १३ गते साँझ व्यापारी केडिया कलैया नगरपालिकाको पसाहा पुलबाट अपहरणमा परेका थिए । नेपाल र भारतका प्रहरीको विशेष सक्रियतामा केडिया सीमापारीबाट चार दिनपछि मुक्त भएका थिए । उक्त घटनामा आलम सहितको संलग्नता रहेको खुलेको थियो ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers