ScotNepal: सरिताको समाजसेवा
Loading...
सरिताको समाजसेवा

- नरेन्द्र रौले

फाल्गुन ३०, २०७२-
सामाजिक सञ्जालको सदुपयोग कसरी गर्ने ? यसको जवाफ ढिकुरपोखरी–६, पाउँदुरकोट, कास्कीकी सरिता गुरुङसँग सोध्नुपर्छ जसले सामाजिक सञ्जालबाट झन्डै ४० लाख रुपैयाँभन्दा बढी संकलन गरेर रोगसँग लडिरहेका र अभावमा बाँचिरहेकाहरूलाई मद्दत गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर चलाउँदै सरिता अहिले पनि हरेक दिन ७ घण्टा बिताउँछिन् । उनको फेसबुक र मोबाइलमा म्यासेजको ओइरो लाग्थ्यो । ‘दिनमा ५०–६० भन्दा बढी म्यासेज आउँथे ।’ गुरुङले भनिन्, ‘कसरी सहयोग गरौं ? कस्तो सहयोग गरौं भनेर सोधिरहन्थे ।’

भाचोक, कास्की घर भएकी बुद्धिमाया गुरुङ मृगौला पीडित थिइन् । उनका जेठाजुले सहयोगको अपिल गर्दै फेसबुकमा फोटो र स्टाटस राखे । डायलोसिस गर्ने पैसा नपुगेर उनले सहयोगको याचना गरेको त्यही तस्बिरमा सरिताको आँखा पर्‍यो । उनको मन चसक्क भयो । केही न केही त गर्नैपर्छ भन्ने लाग्यो । विस्तृतमा सबै कुरा बुझेपछि सरिताले आफ्नो फेसबुकमा बुद्धिमायाको तस्बिरसँगै समाचार राखिन् । उनी त्यति बेला छक्क परिन्, जब यति लेखेको भरमा संसारभर छरिएका नेपालीहरूबाट १० लाख रुपैयाँ जुट्यो ।

सरिता अझ भावुक त त्यति बेला भइन जब दिल्लीमा उपचाररत डा. चित्रप्रसाद वाग्लेले उनलाई फोन गरे । डा. वाग्लेले भनेका थिए— तपार्इंको सहयोगले केही पलका लागि भए पनि बाँच्ने साहस थपिएको छ । हामी छिट्टै भेटौंला । धेरै–धेरै धन्यवाद, तर दुर्भाग्य सरिताले ९५ हजार रुपैयाँ सहयोग गरेका डा. वाग्ले फेरि कहिल्यै फर्केर आएनन् । उनको देहान्त भयो । ‘त्यो दु:खद खबरले मर्माहत बनायो ।’

ब्लड क्यान्सरले पीडित पोखराका रितिश श्रेष्ठका लागि सरिताकै पहलमा ४५ हजार रुपैयाँ उठ्यो, तर उपचारकै क्रममा उनको निधन भयो । ठूलो रकम सहयोग जुटाएर पनि बुद्धिमाया तामाङ, डा. चित्रप्रसाद वाग्ले, रितिश श्रेष्ठले ज्यान गुमाउँदा सरितालाई नमीठो लाग्यो । ‘नयाँ जीवन पाऊन् भन्ने लक्ष्यले काम गरियो तर लक्ष्यकन साथ पूर्णता नपाउँदा एकदमै दु:ख लाग्यो ।’ उनले सुनाइन् ।

पत्रपत्रिका पढ्दा होस् वा सामाजिक सञ्जालमा सहयोगको अपिल गर्दै पोस्ट गरिएका स्टाटस हुन्, सरिताका आँखा सुरुमा त्यही ठोक्किन्छन् । तिनलाई फोन गरेर, आफन्तहरूसँग विस्तृत जानकारी लिएर उनी अभियान चलाउँछिन् । केही अघि दोलखा, चरिकोटका भूकम्पपीडितहरूका लागि ५० हजार रुपैयाँबराबरको सहयोग जुटाउन सफल भइन् । त्यस्तै चरिकोटको भीमेश्वर बहिरा प्राविमा आबास थिएन । २५ जना बस्न मिल्ने गल्र्स होस्टलका लागि २० लाख रुपैयाँ जुट्यो ।

सरिताको अभियानमा साथ दिनेहरू हङकङ, बेलायत, अमेरिका, युरोप तथा खाडी मुलुकमा बस्ने नेपालीहरू हुन् । ६ वर्षको अवधिमा उनले थुपै्र अनुभव बटुलिसकेकी छिन् । ‘दु:ख भोगेकाहरूले वचन पूरा गर्दा रहेछन् ।’ उनले भनिन्, ‘सम्पन्न र उच्च वर्गलाई अरूका दु:ख, अभावले नछुने रहेछ ।’ समाज परिवर्तन गर्न, अरूलाई सहयोग पुर्‍याउन सामाजिक सञ्जालले ठूलो भूमिका खेलेको सरिता बताउँछिन् ।

सही समय र सही ठाउँमा मेहनत गर्ने हो भने समाज र राष्ट्रलाई सहयोग गर्न ठूलो टेवा पुग्ने उनको धारणा छ । ‘सरकारलाई दोष दिनुभन्दा हामी आफंै सक्रिय भएर अघि बढ्नु उपयुक्त हुन्छ ।’ सरिता भन्छिन्, ‘परिवर्तन आफैंबाट गर्नुपर्छ ।

लामो समयदेखि काठमाडौंमा बसोबास गरिरहेकी सरिता यतिबेला पोखरालाई कर्मथलो बनाइरहेकी छिन् । पोखराको सौन्दर्यले उनलाई आकर्षित गर्छ, तर राजधानीजस्तो सरल जीवन भने यहाँ छैन । उनी पोखराको वातावरणमा त्यति भिज्न सकिरहेकी छैनन्, तर प्रयास भने गर्दैछिन् । काठमाडौं उनलाई झयाउँकीरीको देशजस्तो लाग्छ । होहल्ला बढी भए पनि आनन्ददायक लाग्छ । पोखरालाई भने एकान्तप्रेमीहरूका लागि उपयुक्त ठाउँ मान्छिन् ।

सरिता फुर्सदमा गाउँ डुल्छिन् । साथमा क्यामेरा भए उनलाई अरू कसैको जरुरत पर्दैन, फोटोग्राफीमै रमाउँछिन् । पोखराको पार्दीस्थित फेवातालको किनारमा गफिरहँदा उनले आफ्नो अनुभूति सुनाइन्, ‘रारा बेहुलीले पहिरिन नपाएको गहनाजस्तो लाग्यो ।’ सरिता सामान्य पहिरनमा भेटिन्छिन् । उनलाई टि–सर्ट, पाइन्टमा हिंड्न सजिलो लाग्छ । गुरुङ पोसाक छिट्को गुन्यू, चौबन्दी चोलो, टिकिश, नीलो पटुकी, घलेक तथा क्रमु लगाउन उनी विशेष रुचाउँछिन् । सेलरोटी र मासुको झोल भनेपछि उनी हुरुक्कै हुन्छिन् ।

सरिता सबै खालका संगीत सुन्न रुचाउँछिन् । संगीतको कुनै भाषा हुँदैन । नबुझे पनि अरू भाषाका गीत, संगीत सुनेर मनोरन्जन लिने उनको बानी छ । चलचित्र हेर्ने बानी कमै छ । पछिल्लो समय उनले चलचित्र कबड्डी–कबड्डी हेरिन् । उनको सबैभन्दा बढी खर्च मोबाइलमा हुन्छ । बिहान ६ बजे सुरु हुने उनको दैनिकीले राति १० बजे विश्राम पाउँछ । निदाउनु अघि उनी पुस्तकसँग हराइरहेकी हुन्छिन् ।


प्रकाशित: फाल्गुन ३०, २०७२  - कान्तिपुर साप्ताहिक बाट साभार : 
Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers