ScotNepal: ”आमाले बच्चा खाँदिनन्, देवीले बलि माग्दीनन् ”
Loading...
”आमाले बच्चा खाँदिनन्, देवीले बलि माग्दीनन् ”

प्रकाश पौडेल । सबै मानिसहरुसँग मन हुन्छ । करुणा, प्रेममय आत्म हुन्छ, जसले गर्दा अरुको कष्ट देख्दा असह्य हुन्छ । श्रेष्ठ मानिस आफुले पालेको वा जिवित देखिरहेको जनवारलाई मारको देख्दा अथावा देख्नु परेमा उसलाईअसह्य पिडा हुन्छ । किनकी मानिसहरुलाई जनवारहरुलाई देखिराख्दा उनिहरु प्रति एक खालको माया ममताको भाव सृजना हुन्छ । तर उनीहरुको मर्ने बेलाको चित्कार सुनेर पनि पनि फेरी तिनकै मासु खान कदापि पनि सक्दैन तर पनि निर्दयी भएर आफुले मामता प्रदा गरको प्राणिको हत्या गर्दछन र मासु खान्छन । प्रकृतिले सबै जिव जन्तुलाई विभिन्न खालको स्वरुप प्रदान गरेको छ जसले गर्दा प्रकृतिमा सवैको आ–आफ्नो असतित्व रहेको छ ।


मानिसहरु देवि देवताहरु सँग आफ्ना इच्छा हुरु पुरा गरिदिउन भनि,देवि देवाताहरुलाई खुसी पार्न बलि दिने अंधविश्वासी भाकल गर्दछन्, । ति निर्दोश जनवारहरुलाई मारेर मानिसहरु बली दिने गर्दछन् । जनवारहरु मारेर तिनिहरुकै रगतमा टेकेर मन्दिरमा प्रवेश गरि तिनीहरुको मासु देवी देवतालाई चढाउनु भनेको आमालाई उनकै सन्तानको मासु बलि चढाए जस्तौ हो र यो अत्यान्तै ठुले भुल हो । कुनै पनि धर्ममा देवि देवताहरुले निर्दोश जनवारको बलि लिने कुरा लेखेको नै छैन र देवि देवाताहरुले बलि मागेका छैनन् जसको फल स्वरुप हमिले धर्म गर्ने नाममा ठुलो माहा पाप गरि रहेका छौ । कुनै घरमा बच्चा र बाख्राको पाठो वा पाठि एकै दिन जन्मन्छन् र बाख्रोको पाठो ठुलो भए पछि घरमा बच्चाको आमालाई पौष्टिक तत्वका लागि मासुका परिकार खुवाने वाहाना वा बच्चा जन्मिएको र हुर्किदै गएको उपलक्षमा आफन्तहरुलाई भेला गर्दा बच्चा सँग सँगै जन्मिएको त्यो बाख्रो पाठोलाई आफ्नो स्वार्थ पुरा गर्न हामि मारकाट गर्न पछाडि पर्दैनो । तर हामिलाई थाहा हुदैनकी त्यो कति ठुलो भुल र निर्दयी कुरा हो भन्ने । हाम्रो कपडामा रगत लाग्यो भने त्यहाँ कहिल्यै नमेटिने दाग लाग्छ र कापडा सफा हुदँैन तर पनि मानिसहरु उहि रगद खान्छन भने के त्यो मानिसको चित्त निर्मल र सफा होला त ? हामिले मरेको लासलाई छोए पछि नुहाएर सुद्ध भए पछि मात्र घर भित्र पस्दछौ, खाना खान्छौ र आरुलाई छुन्छौ फेरि त्यहि मरेको जनवारको लासको मासु खान्छौ ।


सुँगुरले फोहोर गर्छ, दिसा पिसाव खान्छ फेरी हामि सुगरको मासु स्वादीस्ट हुन्छ भनि त्यसैलाई खान्छौ । जुन गोरुले हामिले खाने अन्न उत्पादन गर्न खेतवारी जोत्छ फेरी हामिले त्यासलाई मारेर त्यसकै मासु खान्छौ । जुन भैसी जसले हामिलाई साझँ विहान दुध दिन्छ, जुन गाई जसले हामिलाई दुध दिन्छ र हामि साक्ष्त लक्ष्मी र गौरी भनि पुजा अर्चना गर्दछौ तर फेरी हामि धर्मकर्मलाई, साँझ विहान खानेको लागि दुघ दिने गाई भैसीलाई विर्सिएर त्यसैलाई मारेर त्यसको मासु खान्छौ । धिक्कार छ हामिलाई संंसारको सवै भन्दा सर्व श्रेष्ठ प्राणि भनि आफैले आफुलाई त्यसको उपमा दिन । जनवारहरुको पनि मानिसहरुको जस्तै आत्मा र समझ हुन्छ तसर्थ प्राणिहरुको दया माया गनुनै संसारको ठुलो र माहत्वपुर्ण धर्म हो । धर्मको नाममा बलि दिने गतल प्रचार गरि प्राणि हिंसा बन्द गर्नु पर्दछ। देश विदेशमा भैरहेको विभिन्न खालेको हिंसाको सुरुवात जनवारको मारकाट बाट भएको हो तसर्थ हामिले प्राणि हत्याबाट टाढा बस्न जरुरी छ । भगवान बुद्धको “ बाँच र बाँच्न देउ” भन्ने उपदेशको अनुशरण गर्न पर्दछ । अन्त्यमा के बुझ्न सकिन्छ भने प्राणीहरुलाई बचाँउनु धर्म र मार्नु महापाप हो । त्यसैले ”आमाले बच्चा खाँदिनन्, देवीले बलि माग्दीनन् ” भन्ने नारका साथ प्राणि हिंसा अन्त्यको माहा अभियानमा जुट्न जरुरी छ । काटमार बन्द गर्नु नै सबैभन्दा ठुलो धर्म हो ।  - ताजा खबर
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers