ScotNepal: लोकमान् हटाउन घेराबन्दी गर्ने हरु दुध जस्तै पवित्र एवं चोखो हुन् त् ?
Loading...
लोकमान् हटाउन घेराबन्दी गर्ने हरु दुध जस्तै पवित्र एवं चोखो हुन् त् ?

अख्तियार प्रमुख माथि महाभियोग ले नेपाली जनमानस मा तरंग उत्पन्न गरेको छ | अख्तियार प्रमुख ले पदिय आचरण विपरित कार्य गरेको भनि एमाले र माओवादी केन्द्र का संसद द्वारा महाभियोग दर्ता गरेको फलस्वरूप लोकमान सिङ्ग कार्की हाल का लागि निलम्बित भएका छन् | महाभियोग प्रस्ताव पारित गर्न अहिले रहेका संसद संख्या ५९५ मध्ये चाहिने संख्या ३९७ हो तर जुन प्रकार ले राजनीतक दल लगाएत अदृश्य समुह लोकमान विरुद्ध गोलबन्द भएर लागेका छन् महाभियोग प्रस्ताव पारित हुने सम्भावना प्रबल छ तर प्रश्न छ केहि घटनाक्रम पश्चात जुन प्रकार ले केहि राजनैतिक दल लोकमान लाई हटाउन उद्धत देखिएका छन् त्यो चाही सहि हो त् ? अख्तियार दुरुपयोग अनुशन्धान आयोग ले नेता तथा राजनैतिक दल ले जस्तो सुकै ठुलो भ्रस्टाचार गरेता पनि मौन दर्शक भएको भए लोकमान विरुद्ध राजनैतिक दल खनिने थिएनन् | वास्तव मा भन्ने हो भने लोकमान को नियुक्ति नै मापदण्ड विपरित थियो कुनै पनि कोण बाट लोकमान अख्तियार प्रमुख हुनका लागि उपयुक्त थिएनन् |लोकमान को विगतको पृष्ठभूमि का कारण अख्तियार प्रमुख मा नाम प्रस्तावित हुदा नेपाली जनमानस मा ठुलो चर्चा एवं राजनिक दल प्रति क्रोध ब्याप्त थियो |

लोकमान को नियुक्ति देखि निलम्बन सम्म को परिस्थिति मा फरक के छ भने त्यस बेला अख्तियार प्रमुखमा मापदण्ड न पुगेका अख्तियार द्वारा आरोपित लोकमान सिंह कार्की को नाम प्रस्ताव गर्ने माओवादी केन्द्र नै लोकमान लाइ हटाउन जोर सोर ले अग्रपंक्ति मा उभ्भिए को देखिन्छ | अख्तियार प्रमुख हुन् का लागि चाहिने मापदण्ड न पुगेका लोकमान प्रति त्यस बेला प्रमुख राजनैतिक दल ले नियुक्ति प्रति किन सहमति व्यक्त गरे सोचनीय विषय छ |लोकमान सिङ्ग ले गरेका सबै कार्य सहि छन् विवादमुक्त छन् भन्ने कुरा होइन शक्ति को दम्भ ले चुर लोकमानले संबिधान कानुन उल्लङ्घन गर्ने कार्य गरेका छन् साथै एउटा कुरा पनि के सत्य हो भने लोकमान को कार्यकालले अख्तियारको शक्ति मा वृद्धि साबित गरेको छ जस्तो सुकै ठुलो पद मा रहेका भ्रस्टचारी हरु को मुटु कम्पन गर्ने अख्तियार नै रहेछ भन्ने कुरा प्रमाणित भएको छ |अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रस्टाचारी हरु मा एउटा त्रास बनाएको थियो भ्रस्टचारी हरु भ्रस्टाचार न गर नत्र भने अख्तियार ले कठोर दण्ड दिने छ भन्ने शब्द को भय बनेको थियो |

स्मरण रहोस राजनैतिक दल को मनमानी का अगाडी भारत मा पनि चुनाव आयोग को कुनै महत्व थियेन खुले आम चुनाव अचार संहिता को उल्लङ्घन हुने गर्दथ्यो तर टि एन शेशन मुख्य चुनाव आयुक्त मा नियुक्ति भए पश्चात चुनाव आयोग बलियो भयो पूर्ण रुप मा न भएता पनि केहि हद सम्म राजनैतिक दल हरु को उदण्डता मा अंकुश लाग्ने कार्य भयो जो आज सम्म जारी छ भन्नु को अर्थ यदि लोकमान ले गलत गरेका छन् भने अवस्य दण्डित हुनु पर्छ तर जुन प्रकार ले राजनैतिक दल लगाएत केहि समुह लोकमान लाइ अपदस्थ गर्न कमर कसेका छन् त्यसले अख्तियार राजनैतिक दल भन्दा माथि हुनु हुदैन, राजनैतिक दल विरुद्ध अख्तियार ले कदम उठाउनु हुदैन भन्ने निरङ्कुश सोचाई प्रस्ट हुन्छ | भ्रस्टचारी नेता, निजामती सेवक जो सुकै होस् उनीहरु यदि कुनै संस्था संग भयातुर छन् अथवा थिए भने त्यो एकमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै हो भन्दा गलत हुने छैन |

काही लोकमान लाइ हटाउनको पछाडी भ्रस्टाचार मा लिप्त नेता निजामती सेवक लगायत राज्य का प्रमुख पद मा रहेका हरु अख्तियार आरोपित भएको कारण दोषमुक्त हुन् का लागि गोलबन्द भएर रचिएको प्रपन्च त् होइन ? नेपाल मा जब सम्म राम्रो कार्य गर्ने लाइ सम्मान र नराम्रो कार्य गर्ने लाइ दण्ड को भय हुदैन तब सम्म नेपाल मा कानुनी साशन स्थापित हुन् सक्दैन | नेपाल मा संबिधान र कानुन को उल्लंघन गर्ने मात्र लोकमान मात्रै हुन् त् ? नेपाल का प्रमुख राजनिक दल का अख्तियार बाहेक का उच्च संबैधानिक पद मा रहेका हरु सत् प्रतिशत चोखो हुन् त् ? लोकमान लाइ हटाउन संसद मात्र होइन सबै तर्फ बाट घेराबन्दी गर्न खोज्ने हरु पवित्र गंगाजल ले नुहाएका पुण्य आत्मामा पर्दछन त्? नेपाल को दुर्दशा को असली कारक तत्व को प्रथम पंक्ति मा ठुला नेता , राज्य का प्रमुख अंग मा रहेका निजामती सेवक तथा छ्द्म्वेश मा रहेका तथाकथित गनमान्य व्यक्ति हरु हुन् |महेन्द्र पी लामा ले आफ्नो एक लेख मा लेखेका छन् कि नेपाल को विकाश न हुनु मा कुनै पनि संस्था संस्थागत न हुनु पनि एक मुख्य कारण हो| आज अख्तियार प्रमुख मा लोकमान छन् भोलि कुनै अन्य व्यक्ति आउलान त्यो प्रमुख ले स्वतन्त्रतापुर्वक कार्य गर्नु पाउने कि न पाउने त्यो मुख्य विषय हो ?


नेपाल मा अद्भुत तथा दुर्भाग्यपूर्ण कुरा के छ भने राम्रो कार्य गर्ने राष्ट्रभक्त राजनिक दल नेता बहिस्कृत हुने कर्तव्यनिस्ठ निजामती सेवक पछाडी को बेञ्च मा बस्ने विद्यार्थी हुनु पर्ने , पूर्वाग्रह रहित न्याय गर्ने न्यायाधिश न्याय गर्ने महत्वपूर्ण स्थान मा पुग्नै न पाउने | संबैधानिक उच्च पद मा बस्ने लोकमान होस् चाहे कुनै पनि व्यक्ति किन नहोस संबिधान संबिधान कानुन को असहनीय छ | दोष गरेको छ भने दण्ड को भागीदार हुनु नै पर्छ तब मात्रै कानुनी राज्य स्थापित हुन् सक्छ | अख्तियार प्रमुख ले यदि संबिधान कनुन को उल्लङ्घन गरेको हो भने निश्चित रुप मा उन्मुक्ति पाउनु हुदैन तर अख्तियार द्वारा आरोप तय गरेको माओवादी लडाकु सिविर मा भएको रकम हिन मिना ,कनकमणि दिक्षित द्वारा गरिएको कानुन विपरित को कार्य लगाएत लाइ ढाक छोप गर्न का लागि लोकमान लाइ हटाउन खोजिए को हो भने त्यो दुर्भाग्य हुने छ | अख्तियार को अख्तियारी लाई कम्जोर बनाउन लोकमान लाई समयावधी भन्दा अगाडी हटाउन नियतवश खोजिएको हो भने नेपाल कहिले पनि न सुध्रने निश्चित छ |

अमरदीप मोक्तान डाडा खर्क ,दोलखा
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers