ScotNepal: आजको राशिफल : आइतबार, 16 Oct 2016 पूर्णिमा, शुक्ल पक्ष
Loading...
आजको राशिफल : आइतबार, 16 Oct 2016 पूर्णिमा, शुक्ल पक्ष

मेष ( च, चू, चे, ला, ली, लू, ले, लो, अ, आ ) सुरुमा आर्थिक अभावले सताउन सक्छ। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । ईर्ष्या गर्नेहरूले हार खानेछन् भने चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त होला। सुरूमा शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा मध्याह्नपछि दुःख पाइनेछ। अवसरले पछ्याए पनि अस्वस्थताले सताउन सक्छ।
वृष ( ई, उ, ए, ऐ, ओ, व, वा, वो, वे, वौ, वं ) मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर श्रमको मूल्य तत्काल प्राप्त नहुन सक्छ। गरेका कामबाट सामान्य लाभ मिल्नेछ। र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि मध्याह्नपछि ऋणमोचन हुने सम्भावना छ। लगनशील बन्दा दिगो काम प्रारम्भ हुन सक्छ।
मिथुन ( क, का, की, कू, के, को, कौ, छ, ह, हा, छा ) अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। पुरुषार्थी कामको यश अरूकै हातमा जान सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि मध्याह्नदेखि आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्।
कर्कट ( हि, हू, हे, हो, डा, डी, डू, ड़, डे, डो ) अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। कृषि र व्यापारमा पनि मनग्य फाइदा हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। मध्याह्नपछि पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
शिंह ( म, मा, मी, मू, मे, मो, मौ, मं, ट, टा, टी़, टू, टो ) कमजोर मानसिकताले पछि परिनेछ। समय संघर्षपूर्ण रहनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनुका साथै पुरुषार्थी काम सम्पादन हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
कन्या ( पा, प, पु, पं, प, पे, पो, पौ, टो ) मध्याह्नसम्म दिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। अपराह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको मूल्य थोरै मात्र प्राप्त होला।
तुला ( र, रा, री, रु, रे, रो, रं, ता, त, तू, ते, तो, ती ) बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काममा बाधा पुग्नेछ। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ।प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। लोकाचार तथा उपहारमा अनियन्त्रित खर्च बढ्नाले मन पिरोल्न सक्छ।
वृश्चिक ( न, ना, नी, नु, ने, नो, नै, नं, या, यी, यू, य ) हल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। तापनि मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नपछि बाधाहरू स्वत: हट्नेछन् भने आफनो क्षेत्रमा अधिकार जमाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ।
धनु ( ये, यो, ध, धा, धी, धू, धे, फ, भा, भी, भू, भे ) पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि अस्वस्थताले कमजोरी अनुभव हुनेछ। काममा ढिलासुस्ती होला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ।
मकर ( भो, ज, जा, जी, जे, जो, जै, जं, ख, खी, खू, खो, ग, गा,गी ) अरूको विश्वास गर्दा धोका पाइनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्। सोखले खर्च बढाउन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मध्याह्नदेखि विगतका कमजोरीलाई सुधार गर्ने मौका प्राप्त हुनेछ। पहिले ईर्ष्या गर्नेहरू सहयोगीका रूपमा देखा पर्नेछन्।
कुंभ ( गु, गे, गो, स, सा, सी, सु, से, सं, सो, सौ, द, दा ) धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। परिस्थितिले अलि निराश तुल्याउन सक्छ। तापनि खिन्न मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।
मीन ( दि, दू, झं, थ, था, दे, दो, च, चा, ची ) परिवारजनसँग आत्मीयता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। मेहनतले सम्मानित स्थान दिलाउला। मध्याह्नदेखि अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। बलजफ्ती गर्ने बानीले हानि पुर्याउन सक्छ। - स्रोत : nepcal.com
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers