ScotNepal: आजको राशिफल : सोमबार, 10 Oct 2016 नवमी, शुक्ल पक्ष
Loading...
आजको राशिफल : सोमबार, 10 Oct 2016 नवमी, शुक्ल पक्ष

मेष ( च, चू, चे, ला, ली, लू, ले, लो, अ, आ ) रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।
वृष ( ई, उ, ए, ऐ, ओ, व, वा, वो, वे, वौ, वं ) अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूले धोका दिन सक्छन्। आफ्ना काममाथि अरूको निगरानी हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ।
मिथुन ( क, का, की, कू, के, को, कौ, छ, ह, हा, छा ) सानातिना घरेलु काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। अध्ययनमा समय दिन नसकिएला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। लेनदेन तथा हिसाबकिताबमा पनि होसियार रहनुहोला।
कर्कट ( हि, हू, हे, हो, डा, डी, डू, ड़, डे, डो ) वातावरण रमाइलो रहे पनि परिस्थितिले निराश तुल्याउन सक्छ। अरूको विश्वासमा पर्दा धोका पाइएला। मन खिन्न भए पनि कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। पतिपत्नीमै अविश्वास बढ्न सक्छ। यात्रा रमाइलो हुनेछ तर धनमालमा होस पुर्याउनुहोला। मेहनत गर्दा आयआर्जन राम्रै हुनेछ। भौतिक साधन जुटाउन सकिनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ।
शिंह ( म, मा, मी, मू, मे, मो, मौ, मं, ट, टा, टी़, टू, टो ) बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
कन्या ( पा, प, पु, पं, प, पे, पो, पौ, टो ) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। पहिलेका सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोरी महसुस हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। गुरुजनको मार्गदर्शन लाभदायक रहनेछ। प्रयत्न गर्दा लक्ष्यनजिक पुग्न सकिनेछ।
तुला ( र, रा, री, रु, रे, रो, रं, ता, त, तू, ते, तो, ती ) आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्छ। श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
वृश्चिक ( न, ना, नी, नु, ने, नो, नै, नं, या, यी, यू, य ) हिम्मतले काम लिँदा फाइदा हुनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। पहिलेको मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सफल भइनेछ।
धनु ( ये, यो, ध, धा, धी, धू, धे, फ, भा, भी, भू, भे ) मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन्। बोलीको भरमा काम सम्पादन हुनेछ।
मकर ( भो, ज, जा, जी, जे, जो, जै, जं, ख, खी, खू, खो, ग, गा,गी ) पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कुंभ ( गु, गे, गो, स, सा, सी, सु, से, सं, सो, सौ, द, दा ) समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
मीन ( दि, दू, झं, थ, था, दे, दो, च, चा, ची ) कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। - source : nepcal.com
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers