ScotNepal: ‘प्रचण्ड’को सचिवालय निकम्मा ! प्रकाश र सीताकै हालिमुहाली
Loading...
‘प्रचण्ड’को सचिवालय निकम्मा ! प्रकाश र सीताकै हालिमुहाली

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमणमा गएका बेला उनले साथमा पत्नी सीता दाहाल र छोरा प्रकाश दाहाललाई साथमा लिएर गएका थिए । हुन त उनको जम्बो टोलीमा १ सयभन्दा बढीको सहभागिता थियो । भ्रमणका बेला प्रकाश दाहाल र प्रचण्डका सहयोगी एवम् सल्लाहकारहरूले जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै अहिले ठूलो आलोचना हुन थालेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । भ्रमण टोलीमा गएर प्रचण्डकी पत्नी सीता, छोरा प्रकाश, चक्रपाणि खनाल ‘बलदेव’, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ललगायतको समूहले नयाँ दिल्लीमा भारतको ‘भात’ र ‘रक्सी’ खानेभन्दा अरु केही काम नगरेको आरोप लागेको छ । आफ्नै खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा नयाँदिल्ली पुगेका एक अनलाइनका पत्रकारका अनुसार प्रचण्डको सचिवालयका कर्मचारी र विशेष गरेर पत्नी र छोराका कारण ठूलो नेपाली टोलीको बेइज्जत भएको छ । उनले भने–‘प्रचण्डका सहयोगी, छोरा प्रकाश, रमेश मल्ल, गोविन्द आचार्यहरू सेल्फी लिन मात्रै व्यस्त देखिन्थे । कार्यक्रमको मर्यादा नै थाहा हुँदैन थियो । परराष्ट्रका कर्मचारीले उनीहरूलाई गनेकै देखिएन । त्यही कारण सीताले भेटघाटका बेला कुटनीतिक मर्यादा नै भुलेर उप्परखुट्टी लगाएकी थिइन ।’ प्रकाशलाई दोस्रो बरीयताको स्वकीय सचिव बनाएका प्रचण्डलाई नयाँदिल्लीमा छोराले कुनै पनि सहयोग गरेनन् । अगाडि पछाडि गरेर सेल्फी लिने, भिडियो बनाएर फेसबुकमा हाल्न भन्दा प्रकाशले कुनै काम नगरेको सहभागीहरूको भनाइ छ । प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीलाई प्रेसलाई कसरी सम्बोधन गर्ने रु नेपालका मिडियालाई कसरी समाचार दिने भन्ने भेउ नपाउँदा यस्तो अवस्था आएको आरोप छ । राम्रोसँग काम नगरेकै कारण प्रधानमन्त्री दाहालविरुद्ध गतल समाचार काठमाडौंसम्म आइपुगेका थिए । ती समाचारका कारण प्रचण्डले ठूलो आलोचना भोग्नु परेको छ । अहिले आएर प्रचण्डविरुद्ध आएका समाचारको खण्डन गर्न प्रेस सल्लाहकार आचार्य र सचिवालय व्यस्त छ । प्रचण्डका सहयोगीहरू सबै सेल्फी र दिल्लीलाई दिल दिन व्यस्त भएका कारण धेरै कुरा छताछुल्ल भएको जनाइएको छ । कमजोर सचिवालय हुँदाको नमिठो भोगाइ प्रचण्डले पाउँदा पनि सुधारको कुनै तयारी भएको छैन । माओवादी केन्द्रका नेताहरू पनि प्रचण्डको सचिवालयसँग खासै खुसी छैनन् ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers