ScotNepal: गिरान्चौरमा यस्ता घर बनाएर बिदा भयो, नेपाली सेना
Loading...
गिरान्चौरमा यस्ता घर बनाएर बिदा भयो, नेपाली सेना

बिहिबार, १३ असोज २०७३
धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्तीमा श्रमदान गर्न आएको नेपाली सेनाको टोली बिदा भएको छ । नेपाली सेनाको टोलीले ५५ दिन बस्ती निर्माणमा श्रमदान गरेर आज बिदा भएको हो । सेनाको टोलीले श्रमदानका स्वरुप ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको छ । नेपाली सेनाले श्रमदानका लागि २६ बाहिनी अड्डा अन्र्तगतको गोरखबहादुर गण चौतारा, विष्णुदल गण धुलीखेल, विरदल गण भक्तपुर र सत्रुभञ्जन गुल्म मेलम्चीका जवान खटाएको थियो ।
पूर्वनिर्धारीत योजना अनुरुप समयमा नै आफ्नो काम सम्पन्न गरेर गिरान्चौरबाट बिदा भएको उपसेनानी अजयकुमार लिंगथेपले जानकारी दिएका छन् । ५५ दिनमा नेपाली सेनाका ५० जवान दैनिक रुपमा खटेर ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेका हुन् । नेपाली सेनाले बस्ती निर्माणमा गरेको श्रम सहयोगप्रति फाउण्डेशनले आभार व्यक्त गरेको छ ।
भूकम्प पिडितहरु छाप्रोमा बस्दै गर्दा एकिकृत बस्ती बनाउने हाम्रो आँटलाई पुरा गर्न नेपाली सेनाले खेलेको भूमिकाप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अत्यन्तै खुशि व्यक्त गरेका छन् । “सेनाको टोलीले ६ वटा घर र सामुदायिक भवन निर्माण गरिदिने वचन दिएको थियो, त्यो निर्धारीत समयमा नै पुरा भएको छ । अन्य बाँकी घर निर्माण पनि अन्तिम चरण पुगिसकेको छ,” कट्टेलले भने । सैनिक श्रीमति संघले १४ लाख रुपैँया आर्थिक सहायता गर्नु र नेपाली सेनाले हामीले गरेको डिजाइन अनुसारका घर बनाएर सहयोग गर्नु गौरवको कुरा रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।
नेपाली सेनाको टोलीले बनाएको ६ वटा घर यस्ता छन् ।
- Gazzabko Online
Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers