ScotNepal: प्रचण्डको अग्निपरिक्षा ?
Loading...
प्रचण्डको अग्निपरिक्षा ?



प्रधानमन्त्री को रुप मा दोस्रो पटक भारत भ्रमण मा जादै छन् | प्रचण्ड को प्रथम पटक को भ्रमण मा त्यति महत्व न दिएता पनि दोस्रो पटक को भ्रमण मा जोरदार स्वागत गर्ने तैयार मा छ भारत | हुन् त् छिमेकी राष्ट्रको भ्रमण हुनु निश्चित रुप मा अति राम्रो कुरा हो तर जुन प्रकार ले नेपाल मा केहि महिना केहि वर्ष को अन्तरालमा प्रधानमन्त्री हरु परिवर्तन हुने परम्परा बसेको छ छ र प्रत्येक प्रधानमन्त्री ले सपथ ग्रहण पश्चात प्रथम पटक भारत भ्रमण गर्नु पर्ने अनिवार्य नियम ले नेपाल राष्ट्र भन्दा पनि भारत को एक प्रान्त का मुख्यमन्त्री ले केन्द्र(दिल्ली)मा राज्य बारे रिपोर्टिंग गरेको जस्तो देखियो | केहि महिना अगाडी प्रधानमन्त्री को रुप मा केपी ओली को भारत भ्रमण भएको नै थियो भने फेरी प्रचण्ड भ्रमण को आवस्यकता किन ? माओवादी केन्द्र तथा काँग्रेस बीच भएको भद्र सहमति अनुशार केहि महिना पश्चात शेर बहादुर प्रधानमन्त्री बन्ने छन् फेरी पनि भारत भ्रमण निश्चित नै छ यस्तो क्रियाकलाप लाई महा नौटंकी भन्नु उपयुक्त हुने कि न हुने ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज विश्व राजनीति को रंगमंच मा बिभिन्न कारनामा ले छाएका छन् | स्वतन्त्रता दिवस को उपलक्ष मा लाल किल्ला बाट बलुचिस्तान को मुद्दा उठाएर पाकिस्तान लाई घेरे का छन् भने वियतनाम संग सैन्य सामग्री बिक्रि गर्ने सम्झौता गरेर चीन को टाउको दुखाउने काम गरेका छन् | नेपाल को कुरा गर्ने हो भने मधेश तथा मधेशी मुद्दा उचालेर नेपालको संबिधान कार्यवनयनमा व्यवधान पुर्याउने कार्य गरेको छ जब कि भारत को विवादित प्रान्त कश्मिर जलीरहेको छ कश्मिर मा लागेको आगो निभाउन बिभिन्न प्रयाश गर्दा समेत अशान्ति यथावत छ रगत को खोलो बगेको छ हजारो कश्मिरी मारिएका छन् साथ साथै भारतीय सैनिक पनि बिभिन्न मुठभेडमा शहिद बनेका छन् ,भारत को उत्तर पुर्व राज्य मा भारत विरोधी वातावरण कायम छ ,नक्सल वादी आन्दोलन दबाउन भारत लाई हम्मे हम्मे परेको छ | भारत हमेशा शान्तिको पक्षधर रहेको तथा गान्धी पथ अनुसरणमा विस्वाश गर्ने देश भनिएता पनि छिमेकी हरु संगको कटुता ले भारत को दोहरो चरित्र उजागर हुन्छ | स्मरण रहोस सत्तासिन हुदा मोदीले भनेका थिए भारत सानो देश होस् ठुलो देश कसैलाई आँखा देखाएर होइन आँखा मा आँखा मिलाएर सौहार्दपूर्ण सम्बन्ध बनाउने वातवरण निर्माणका पक्षधर देश बन्न चाहन्छ तर आज भारत ठिक त्यसको विपरित दिशा मा हिडी रहेको सर्वविदित छ | त्यहि भारतहो जसले अनावस्यक रुप मा अन्तर्राष्ट्रिय नियम को प्रवाह न गर्दै नेपाल जस्तो सानो प्रलयकारी भूकम्प ले गम्भीर रुप मा क्षतिग्रस्त देश माथि अमानवीय नाकाबन्दी गरेर नेपाली को चित्त दुखाए को छ | आखिर प्रचण्ड भ्रमण प्रति भारत भब्य स्वागत गर्न किन आतुर छ.?भारत नेपाल संग को सम्बन्ध अझै सुद्रिड परिपक्व र स्थायी सम्बन्ध चाहन्छ किन ?मोदी समेत आज सम्म भारतमा जो पनि सत्तासिन भए उनीहरुले कहिले पनि नेपाल लाई एक सार्वभौम स्वतन्त्र राष्ट्र हो भनि कहिले पनि सम्झेनन | तर आज भारतीय नजरिया मा आएको परिवर्तन त्यसै होइन त्यसको मुख्य कारण हो | अमानवीय अघोसित नाकाबन्दी हुदा नेपाली ले देखाएको अदम्य सहस एवं धैर्य तथा तत्कालिन प्रधान मन्त्रि केपी ओली को अडिग अडान नै हो भन्दा उपयुक्त हुने छ |नाकाबन्दी को अन्त न भए सम्म भारत भ्रमण न गर्ने केपी ओली को कठोर अभिव्यक्ति पश्चात चमत्कारिक रुपमा नाकाबन्दी को अन्त भएको कुरा नेपाली जनता ले प्रत्यक्ष अनुभव गरेका छन् |

प्रचण्ड को भारत भ्रमण कति सार्थक हुने त्यो त् समय ले बताउने छ तर आज जुन लचकता भारत ले प्रकट गरेको छ त्यसको मुख्य कारण भारत ले सोच्दै न सोचेको स्थिति मा नेपाल मा भारत विरोधी भावना बढ्नु हो | भारत नेपाल संग सौहार्दपूर्ण प्रगाड सम्बन्ध निर्माण प्रति आग्रही हुनु मा भारत को अमानवीय नाकाबन्दी ले क्षतिग्रस्त बनेको भारत नेपाल सम्बन्ध तथा नेपालको प्रत्येक क्षेत्रमा अनावस्यक हस्तछेप ले उत्पन्न भएको कटुता मा सुधार तथा विगत मा गरेको गल्ति प्रति प्रायस्चित हो कि रणनीतिक परिवर्तन हो त्यस प्रति पनि प्रधानमन्त्रि प्रचण्ड चनाखो हुन् जरुरि छ | केपी ओली को दृढ अडान तथा चीन संग भएको ऐतिहाशिक पारवहन सम्झौता ले भारत को तन्द्रा भंग हुनु को साथै विगत को भन्दा नेपाल को महत्व चाही अवस्य बढेको हुनु पर्छ |जे होस् केपी ओलीका कारण प्रचण्ड को भ्रमण ऐतिहाशिक तथा फलदायी हुने अनुमान गर्न सकिन्छ |भारत अब कुनै पनि हालत मा नेपाल लाई नजरअन्दाज गर्ने छैन गर्नु हुदैन भन्ने भारत का बिभिन्न बुद्धिजीवी को विचार रुपी दवाबले भारत सरकार लाई नेपाल को नीति मा ठुलो फेरबदल हुने विस्वाश गर्न सकिन्छ | प्रचण्ड को भ्रमण भारत अति लचक भएको सुगम अवसर मा हुदै छ अब प्रचण्ड ले यस्तो अनुकुल स्थिति लाई कसरी उपयोग गर्ने छन् त्यो हेर्न बाकी छ |

बिभिन्न संचार माध्यम हरु मा प्रचण्डको भारत भ्रमण को सम्बन्धमा प्रेषित भएका टिका टिप्पणी सुझाव बहस इत्यादी मा एउटा कुरा अधिक चर्चा मा छ त्यो हो भारत संग जसरि भए पनि चिसिएको सम्बन्ध सुधार गर्न नेपाल ले लचकदार रवैय्या अपनाउनु पर्छ प्रश्न छ के नेपाल ले भारत संग समबन्ध बिगारेको हो त् ? भारत जस्तो विशाल देश संग नेपाल ले सम्बन्ध बिगार्ने दुस्साहस गर्न सक्छ त् ? भारत नेपाल बीच कटुता उत्पन्न को दोषी भारत को हेपाहा प्रवृति ,नेपाल एक स्वतन्त्र राष्ट्र भएता पनि भारत ले आफ्नो प्रान्त जस्तो व्यवहार गर्ने , नेपाल को प्रत्येक क्षेत्र मा आफ्नो अनुकुल बनाउन हस्त्क्षेप गर्ने इत्यादी कारण ले गर्दा भारत नेपाल बीच कटुता उत्पन्न भएको हो नेपाल सानो भन्दै मा अनाहक मा दोषी ठहराउन मिल्छ त् ? प्रचण्ड ले भ्रमणको क्रममा भारत सरकार लगाएत भारत का बुद्धिजीवी हरु संग भारत नेपाल समबन्ध सुधार हुनका लागि उल्लेखित कार्य हरु भारत ले बन्द गर्नु पर्ने संदेश प्रवाह गर्नअत्यन्त जरुरि हुन्छ |

प्रचण्ड ले मोदी संग केमेस्ट्री मिल्छ भन्ने आधार के हो थाहा भएन मोदी को पृष्ठभूमि हेर्ने हो भने उनि विशाल हिन्दु राष्ट्रको विचार बोक्ने संस्था आरएसएस का प्रचारक, प्रचण्ड को पृष्ठभूमि ठिक विपरित विशुद्ध बामपन्थी कसरी केमेस्ट्री मिल्ने हो बुझिएन यदि प्रचण्डको छ्द्म्वेशमा आरएसएस को एजेन्डा लुकेको छ भने केमेस्ट्री मिल्न सक्छ | कठिन समय मा खड्ग ओलीले पार लगाए अब सुगम समयमा भई रहेको प्रचण्ड को भारत भ्रमण केपी ओलीले नेपाल को स्वाभिमान उच्च बनाए जस्तै कार्य गर्न सक्ने हुन् भन्ने मा ढुक्क हुने स्थिति छैन | प्रचण्ड ले भारत भ्रमण अगाडी संबिधान संसोधन गरेर जाने भन्ने संदेश विशेष दुत विमलेन्द्र निधि मार्फत पठाएका थिए तर त्यो हुने सम्भावना लगभग समाप्त भएको छ त्यो पनि प्रचण्ड को ठुलो टाउको दुखाई छ जो भारतीय प्रधानमन्त्री ले प्रचण्ड संग अवस्य जिज्ञासा राख्ने छन् | भारत प्रचण्ड को अस्थिर व्यवहार सग रामरी परिचित छ तर भारतको यस मैन न हुने भनि अभिव्यक्ति दिने प्रचण्ड ले नै भारतले नरुचाएका केपी ओली लाई अपदस्थ गर्न मह्त्वपुर्व भूमिका खेलेको हुनाले प्रचण्ड कद बडाउन भारत ले कुनै कोर कसर बाकी राख्ने छैन | भारतीय प्रधनमन्त्री मोदी ले एउटा कार्यक्रम मा भन्नु भएको थियो म अहमदाबादि बानिया हुँ म कहिले पनि घाटाको सौदा गर्दिन अब प्रश्न छ के प्रचण्ड ले अहमदाबादि नरेद्र मोदी संग नेपाल हित मा फाइदा को सौदा गरेर फर्किने छन् त्?

प्रचण्ड को भारत भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपाली प्रधानमन्त्री प्रचण्ड दुवै का लागि ठुलो अवसर र ठुलो चुनौती पनि हो यदि मोदी ले भारत नेपाल बीच उत्पन्न भएको कटुता लाई सामान्यीकरण गर्न सफल भएनन् भने तत्कालिन रुपमा नभए पनि भविष्य मा यसले भारत लाई ठुलो असर गर्ने निश्चित छ त्यस्तै प्रधानमन्त्री प्रचण्ड ले यस्तो अनुकुल समय को सदुपयोग गर्दै नेपाल को स्वाभिमान कायम राख्दै राष्ट्र हित अनुकुल को कार्य गर्न सफल भए भने प्रचण्ड को राजनैतिक कद मा वृद्धि को साथै अस्त व्यस्त अस्थिर अवस्था मा पुगेको माओवादी केन्द्रले संजीवनी बुटी पाउने छ यदि सानो चुक अथवा भुल भए प्रचण्ड को राजनैतिक भविष्यमा ग्रहण त् लाग्ने नै छ साथ साथै माओवादी केन्द्र मा ठुलो पहिरो जाने सम्भावना लाई नकार्न सकिन्न |

अमरदीप मोक्तान डाडा खर्क दोलखा |
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers