ScotNepal: प्रेममा फसेका दिदि-भाइ २० पानाको सुसाइड नोट सहित आत्महत्या!
Loading...
प्रेममा फसेका दिदि-भाइ २० पानाको सुसाइड नोट सहित आत्महत्या!

इन्डोर (एजेन्सी) । एक-दोस्रासंग प्रेममा परेका दिदि-भाइले भारतको इन्डोरस्थित एक होटलमा आत्महत्या गरेका छन् । दुवै जना पछिल्लो १५ दिनदेखि परिवारबाट बेपत्ता बनेका थिए ।

 बेपत्ता भएपछी पुलिसले उनीहरुको खोजि गर्दै थियो । प्रहरी अनुसन्धानकै क्रममा बिहिबार दिउँसो दुवै जनाको लास होटलको कोठामा प्राप्त भएको हो । उक्त कोठामा २० पेज लामो सुसाइड नोट समेत फेला परेको थियो । जसमा ४ पन्ना रोहितले लेखेको र ८ पन्ना मीनाक्षीले लेखेको बाँकी ८ पेज दुवै मिलेर लेखेका थिए जसमा उनीहरु दुवै जनाको पुरै प्रेम कहानी लेखिएको छ ।

प्रहरीको अनुसार भारत स्थित हरदा गाउँको चरवामा बस्ने १९ वर्षीय रोहित र खंडवाको सुरगाउँकी २५ वर्षीया मीनाक्षीले एक-दोस्रालाई दिदि-भाई बताउंदै इन्डोरको रेडिसन चौराहेस्थित होटल स्काइमा बसेका थिए । उनीहरु १५ दिनदेखि बेपत्ता भएपछी प्रहरीले खोजि कार्य तिब्र पारेको थियो । यही क्रममा खजराना टीआई सीबी सिंहले बिहिबार करिव साढे १२ बजे होटल स्काइमा उनीहरु रूम नंबर २०२ मा बसेको तर उनीहरु बसेको कोठाको ढोका भने नखुलेको बताएका थिए । पछी ढोका तोड्दा दुवै जना ओछ्यानमा एक-दोस्रालाई अँगालोमा बेरिएको अवस्थामा मृत फेला परेका थिए । दुवै जनाले बिष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

रोहितले यस्तो लेखेका थिए..

 बुबाको लागि :> तपाइँ एकदम राम्रो हुनुहुन्छ । मलाई तपाइँले हर-पल साथ दिनुभयो । मेरी कारण तपाइँलाई टेन्सन भयो यसै कारण म मर्दैछु । आई लव यू पापा…

आमाको लागि :> दिनहुँ तपाइँको फोटो हेर्ने गर्छु । यदी मेरो याद आइराखे मेरो फोटो आफ्नै साथमा राख्नुहोला । अब म तपाइको सपनामा आउँला जसरी पहिले बिपनामा आउने गरेको थिएँ । नरुनुहोला ……

भाइको लागि :> राहुल तिमिले आफुलाई भन्दा बढी मलाई राम्रो सम्झेउ तर म गलत सावित भएँ । परिवारको समग्र जिम्मेवारी सम्हालेर बस । आमा-बुबाको ख्याल राख । मेरो सबै कपडा तिमीलेनै लगाउ एकदम राम्रो देखिनेछ । (सास)

मीनाक्षीले यस्तो लेखेकी थिईन्
बुबाको लागि :> मलाई थाहा छ बुबा मान्छेले के भन्छन्, तर पनि बुबा मलाई हुन सक्छ भने माफ गर्नुहोला । तपाइँ आफ्नो ख्याल राख्नुहोला, कम्मरको दुखाइको लागि समयमै दवाई खाइराख्नुहोला । अरु केहि पनि लेख्न सक्दिन किनकी तपाइँको लागि जे लेखेपनि कम हुन्छ । सरी पापा.. बाई …..

आमाको लागि :> मम्मी तपाइँ एकदम काम गर्नुहुन्छ अनि थाक्नु हुन्छ । बुबासंग झगड़ा नगर्नुहोला । तपाइँ दुवै जनाको झगडा भई रह्यो भने मलाई नराम्रो लाग्छ । मम्मी मेरो सबै सामानहरु अन्जुलाई दिनुहोला । तपाइँ सदा खुशी रहनुहोला । आई लव यू मम्मी ….

आफ्नै लागि :> म जे कुरा लेखि रहेको छु शायद कसैलाई पनि राम्रो लाग्दैन । म आफ्नो काकीको छोरासंग प्रेममा फसेको छु । यो कुरा घरकालाई बताए भने मलाई रोहित मिल्नेछैन, यसैले बिना कसैको दबावमा आफ्नो ज्यान दिन खोजेकि छु । (सास)

रोहित र मीनाक्षी होइन (रोमी) हौँ हामी

२० पानाको सुसाइड नोटमा रोहित र मीनाक्षी (नातामा दिदि-भाइ) ले दुवैको नामको अघिल्लो अक्षर जोडेर आफ्नो प्रेमको नाम रोमी राखेका छन् । यो कुरा बताउनको लागि दुवै जनाले सुसाइड नोटमा दुवै जनाको तस्वीरमा आफ्नो प्रेमको नाम रोहितको ‘रो’ र मिनाक्षीको ‘मी’ स्पष्ट देखाएका छन् । उनीहरुले लेखेको सुसाइड नोटमा भेटेदेखी आत्महत्या गर्ने बेलासम्मको पुरै कहानी लेखिएको छ ।

हाम्रो भेट देवासमा काकीको छोरीको बिहेको बेला भएको थियो । त्यहाँ हामी दुइले एक-अर्काको मोबाइल नम्बर आदानप्रदान गरेका थियौं अनि दैनिक म्यासेज आदान-प्रदान गर्न थाल्यौं । मैले मीनाक्षीलाई प्रेम प्रस्ताव राखें तव उनले पनि स्वीकार गरिन । ३ नोभेम्बरमा हाम्रो तेस्रो भेट भयो । यो पटक ४ दिन संगै रहने मौका मिल्यो अनि बिबाहको विचार बनायौं । फेरी दैनिक एक-दोस्रोलाई सयौं म्यासेज गर्न थाल्यौं । १५ जूनमा मिनाक्षी बीएको फर्म भर्नको लागि मुंडीबाट खन्डवा आइन अनि दिनको सवा ४ बजे दुवै जना भाग्यौं । त्यहाँबाट भागेर हामी इन्डोर आयौं अनि एक होटलमा ३ दिन संगै बस्यौं ।

पुलिसलाई चुनौती दिएर भाग्यौं

इन्डोर आउनु भन्दा ८ दिन पहिले कोठा भाडामा लियौं । गृहस्थी बसाउने उध्यस्यले म भाडा-कुडा लिन बजार निस्किएको बेला मेरी प्यारी मीनाक्षीको दाइले मलाई पक्रे । त्यहाँबाट मलाई मुंडी लिएर गए। त्यहाँबाट फेरी इन्डोर ल्याए तब मलाई उनीहरुले चंदननगरको राजनगर ल्याए तर त्यहाबाट प्रहरीलाई समेत छक्याएर भाग्न सफल भएँ । त्यसपछि हामी दुवै जना मिलेर होटल स्काइमा आयौं । मर्नुभन्दा पहिले मिठाई खायौं अनि मनले चाहेको खानेकुरा खायौं

होटल स्काइको संचालक दर्शन पारीखले बताए अनुसार दुवै जना दिदि-भाइ (प्रेमी-प्रेमिका) गत मंगलवार राती करिव १ बजे होटलमा आएका थिए । त्यहाँ मीनाक्षीले रोहितलाई आफ्नो भाई बताएर उनीहरु परीक्षा दिनको लागि आएको जानकारी गराइन् । रातको समय दुवै जना होटलको बाहिर हात समाएर घुमे अनि मनले चाहेको खाना (मस्का पनीर, जलेबी, मिल्क केक) खाए ।

२० पेज लामो सुसाइड नोटमा रोहित र मीनाक्षीले आफ्नो प्रेम कहानीको साथै आफ्नो आफ्नो परिवारको बारेमा पनि धेरै कुरा लेखेका छन् । (सासस)
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers