ScotNepal: भारतबाट नेपालसम्म पेट्रोलियम पाइपलाइन बनाउन ४ हजार घर भत्काउनुपर्ने
Loading...
भारतबाट नेपालसम्म पेट्रोलियम पाइपलाइन बनाउन ४ हजार घर भत्काउनुपर्ने

काठमाडौं, ३ असोज । रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ । नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इन्जिनियरिङ सर्भेमा यस्तो अवस्था देखिएको छ ।

निगमका प्रवक्ता भानु खनालले प्राविधिक अध्ययनबाट अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज पथलैया सडक विस्तारका लागि ४ हजार घर तथा झुपडी भत्काउनुपर्ने देखिएको बताए । सडक विभागले वीरगञ्ज पथलैया सडक दुई लेनबाट ६ लेनको बनाउने योजना अगाडि बढाएको छ। सडक विस्तार योजना अगाडि नबढे पाइपलाइन निर्माण हुन नसम्ने निगमले जनाएको छ ।


‘वीरगन्जदेखि अमलेखगन्जसम्म मुख्य सडकको किनारै किनारमा पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउँछौ,’ उनले भने, ‘पाइपलाइनका लागि छुट्टै जग्गा भने चाहिँदैन । सडक विस्तारको जग्गा प्रयोग हुन्छ ।’

वीरगञ्ज अमलेखगञ्जभित्र साना ठूला गरी झन्डै १३ हजार रुख काट्नुपर्ने देखिएको छ । सडक विभागलाई रूख काट्न र घरहरू छिटो भत्काउन निर्देशन दिइसकेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers