ScotNepal: युकेको स्कटल्याण्डमा थानेश्वर गौतमको एकल साँझ भव्यताका साथ सम्पन्न
Loading...
युकेको स्कटल्याण्डमा थानेश्वर गौतमको एकल साँझ भव्यताका साथ सम्पन्न

बिजय डंगोल, स्कटल्याण्डको एडिनबर्ग - नेपालका ख्यातिप्राप्त गायक थानेश्वर गौतमको एकलसाँझ स्कटल्याण्डको राजधानी एडिनबर्गमा यहि 26 सेप्टेम्बर, 2016 मा भव्यताका साथ सम्पन्न भएको छ ।

दुई महिनादेखि बेलायतमा दर्जनौं कार्यक्रम सम्पन्न गरी स्कटल्याण्ड पुगेका गौतमलाई सम्मान समेत भएको छ । एकल साँझ कार्यक्रममा एडिनवर्ग र ग्लास्कोमा बसोबास गर्ने नेपालीहरुको सहभागिता रहेको थियो ।

नेपाली गजल गायनमा फरक प्रभाव जमाउँदै आएका गौतम विरलै प्रतिभा मध्येमा पर्छन । नेपाली शास्त्रीय गजलदेखि नेपाली लोकसंगीत, सालैजो, रोइला, पञ्चेबाजा जस्ता गीतले दर्शकलाई भरपूर मनोरञ्जन लिए ।

‘एउटा सपुत जन्मे हुन्थ्यो, देश उठाउने’ भन्ने देशभक्तिपूर्ण गीतबाट कार्यक्रम शुरु गरेका थिए । त्यसपछि उनको चर्चित गजल ‘गाजल लगाइनछ्यौ’, ‘स्याङजा गएँ, पाल्पा गएँ’, रोइला, सालैजो फ्लिमी गीत र पञ्चेबाजामा दर्शकहरु झुमेर नाचे । गोविन्दराम कँडेलको सञ्चालनमा भएको कार्यक्रममा स्कटल्याण्ड निवासी समाजसेवी तथा व्यवसायी धनबहादुर केसी, शशी चालिसे, नविन कँडेल, बिमल बस्नेत, चेतन सापकोटा, रेशम बूढाथोकीर डिलु गैरे ले विशेष सम्मान गर्नुभएको थियो ।

आफ्नो राष्ट्रको सर्जक अनि प्रतिभावान कलाकार जो हरेक खालको गीत गाउन सक्ने अचम्मको खुबी भएको प्यारो गायक लाई यसरी सम्मान गर्न पाउँदा खुसी लागेको स्कटल्याण्डबासीले बताउनुभयो ।

एउटा देशमा लामो समयसम्म सांगीतिक कार्यक्रम गर्ने गायक गौतम विरलै मध्येमा पर्छन् र बेलायतमा निकै रुचाइयका छन । उनलाई बेलायतमा रहेका नेपालीहरुले दसैंसम्म कार्यक्रमका लागि आग्रह गरेका छन र उनी आगामी हुने बेलायतका धेरै कार्यक्रम मा अग्रिम बूक भै सकेका छन ।



यो पनि हेर्नुहोस !!


Loading...
Recent Updates

, , ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers