ScotNepal: प्रचण्ड भारतका निकृष्ठ पहरेदार हुन् : पुर्व उपप्रम सीपी मैनाली
Loading...
प्रचण्ड भारतका निकृष्ठ पहरेदार हुन् : पुर्व उपप्रम सीपी मैनाली

येमाले महासचिव सीपी मैनाली नेपाली कम्यूनिष्ठ राजनीतिमा खरो र प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणप्रति आक्रमक देखिएका मैनालीसंग संविधान कार्यान्वयन र प्रधानमन्त्री दाहालको भारतभ्रमणका बारे कुराकानी ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई कसरी हेर्नु भएको छ ?
दाहालले नेपालको सार्वभौमसत्तालाई बेचेर आएका छन् । उनले आफ्नो सत्ता टिकाउन देशलाई धोखा दिएका छन् । उनी भारतबाट परिचालित मान्छे हुन ।
प्रधानमन्त्री जस्तो मान्छेलाई कसरी यो आरोप लगाउनु हुन्छ ?
यति मात्र होईन उनी त भारतका निकृष्ठ पहरेदार हुन । भारतले जेजे गर्न चाहेको छ , ती सबै उनी मार्फत गर्दैछ । नेपाललाई सिक्किमीकरण गर्ने प्रयासमा दाहाल छन् ।
दश वर्ष लामो जनयुद्ध लठेर आएको नेताले नेपाललाई कसरी सिक्किमीकरण गर्न सक्छ ?
माओवादी जनयुद्ध सुरुमा पवित्र भावनाले सुरु भए पनि पछि भारतकै इसारामा चलेको हो । यसका यथेष्ठ प्रमाणहरु सार्वजनिक भइसकेकै छन् । शान्ति प्रकृयामा आए पछि माओवादी र दाहाल भारतप्रति कति उदार छन् र उनीहरुका कारण नेपालले कस्तो मूल्य चुकाउदै छ , सबै छताछुल्लै नै छ ।
संविधान कार्यान्वयन के हुन्छ ?
संविधानका नाममा देशलाई सिक्किम बनाउने भारतीय रणनीति नयाँ होईन । भारतको त्यो चाल अहिले पनि छ । राज महेन्द्र , वीपी र वीरेन्द्रले देशलाई सिक्किम बनाउन बाट जोगाएका थिए ।दाहालले भारतको योजनालाई सफल पार्न प्रयत्न गर्दैछन् । संविधान कार्यान्वयन हुने नामा देश कस्तो हुने भन्ने चिन्ता बढी छ ।
यसको अर्थ संविधान कार्यान्वयन भयो, भने देशलाई घाटा छ ?
कांग्रेस , माओवादी र भारतले चाहे जसरी संविधान कार्यान्वयन हुने हो, भने देशलाई गम्भीर घाटा छ । संविधान हामीले कार्यान्वयन गर्ने कि विदेशीले भन्ने कुरा महत्वपूर्ण हुन आउँछ ।
संविधान संशोधन के हुन्छ ?
नेपालको तराई भागलाई भारतमा विलय गर्ने भारतीय पुरानो रणनीति विगत केही वर्ष देखि सार्वजनिक भएको छ । आधिकारिक रुपमा त्यो गोप्य योजना सार्वजनिक भएपछि देशलाई माया गर्ने मान्छेहरु सचेत हुन जरुरी छ । ‘र’का पूर्व उच्च कर्मचारीले भारतको आन्तरिक राजनीतिक किचलोका कारण नेपालको तराई भारतमा विलय गर्न नसकिएको खुलासा गरिरहदा भारतले बुँदागत रुपमा संविधान संशोधनको माग गरेको छ । भारतको निर्देशन माग्न प्रधानमन्त्री दाहाल दिल्लीपुगेर आएका छन् ।
संविधान यसै बनेको होईन । संविधान संशोधान गरेर देशलाई टुक्रयाउने कुचक्रलाई हामीले तोड्छौ ।
साभार इमेजखबर
९ असोज २०७३
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers