ScotNepal: डक्टर्स आर्टिकल : ढाड दुखाइमा फिजियोथेरापी जरुरी, यस्तो हुनुको कारण
Loading...
डक्टर्स आर्टिकल : ढाड दुखाइमा फिजियोथेरापी जरुरी, यस्तो हुनुको कारण

काठमाडौ । आधुनिक युगमा उपलब्ध सुविधाका कारण हामीले हिँड्न छाडिसकेको छौँ । यसले हाम्रो मांसपेशीमा आवश्यक रक्तप्रवाह हुन पाउँदैन र अक्सिजनको पनि कमी हुन जान्छ । कुर्चीमा बसेर काम गर्दा, घरमा टीभी हेर्दा वा लामो समय एकै स्थानमा बस्दा सम्पूर्ण शरीरको भार ढाडमा पर्न जान्छ । लामो समय एउटै स्थितिमा रहँदा रक्तसञ्चार कम हुनाले शारीरिक प्रक्रियाका कारण शरीरमा बिषाक्त रसायन जम्मा हुन्छन् ।

यसले गर्दा मांसपेशी बिस्तारै कमजोर हुँदै जान्छ र तिनीहरूको काम गर्ने शक्ति क्षीण हुन्छ । त्यसपछि ढाड दुख्ने समस्या आउँछ । असहज बसाइ, बढी मोटोपन र अहिलेको व्यस्त जीवनशैलीमा कसरत अभाव ढाड दुखाईको मुख्य कारण हुन् । यसकारण ढाड दुख्नुको अर्थ ढाडको मांसपेशीका तन्तुहरू कमजोर हुनु हो ।

ढाडको दुखाई र मेरुदण्डको संरचना
स्पाइन पेन भन्नाले सर्भाइकल बोनदेखि लिएर पुच्छरको हड्डीसम्ममा आउने सम्पूर्ण समस्या भन्ने बुझिन्छ । स्पाइन एक्लो संरचना होइन, यसमा लिगामेन्ट, मसल, नर्भ, स्पाइनल कर्ड, जोर्नी, रगत आदि हुन्छन् । यी सबै एकअर्कासँग मिलेर बसेका हुन्छन् । स्पाइनल पेन हुनुमा जोर्नी, मांसपेशी, लिगामेन्ट र नशामा खराबी आउनु हो । धेरैमा नशा च्यापिएर मात्रै दुखाइ हुने गरेको भ्रम छ ।

स्पाइनल कर्ड वा मेरुदण्डको हड्डीमा शरीरको पूरा भार हुन्छ । यसले पेट गर्धन, छाती र नशाको सुरक्षा गर्छ । स्पाइनल भटिब्राबाट मिलेर बनेको हुन्छ । जुन टाउकोको तत्लो भागदेखि सुरु भएर पुच्छर हड्डीसम्म हुन्छ ।

स्पाइन कर्डका हड्डीको बीचमा जेलजस्तो नरम पदार्थ हुन्छ । जसलाई डिस्क भनिन्छ । यो डिस्क भटिभ्राको बीचमा एकअर्कासँग जोडिएको हुन्छ । यसले शक एब्जर्भरको काम गर्छ अर्थात् शरीरको माथिल्लो र तल्लो भागको प्रेसर सन्तुलित बनाउँछ ।
अगाडि–पछाडी वा दायाँ–बायाँ घुम्दा डिस्क फैलिन थाल्छ । असन्तुलित तरिकाले काम गर्दा पढ्ने, उठ्ने या झुक्दा डिस्कमा लगातार दबाब पर्न थाल्छ । जसकारण स्पाइनको नर्भमा भार पर्छ । पछि गएर यो नै कम्मर दुखाइको कारक तत्व बन्छ ।

स्लिप्ड डिस्क के हो ?
स्लिप्ड डिस्क कुनै रोग नभई शरीरका मांशपेशीको प्राविधिक खराबी हो । स्लिप्ड डिस्क भनेको जेल जस्तो पदार्थ हो, जुन बाहिर आउन थाल्छ कनेक्टिभ टिस्युज सर्कलबाट बाहिरतर्फ आएर स्पाइन कर्डमा दबाब दिन्छ, जसले स्पाइनल कर्डको बाटो साँघुरो बनाउँछ । यसलाई नशा च्यापिएको भनिन्छ । पाको उमेरमा गएर कहिलेकाहिँ यो जेलजस्तो तरल पदार्थ सुक्दै जान्छ अथवा अचानकको झट्का वा दबावका कारण झिल्ली फाट्ने हुन्छ । त्यसपछि यो तरल पदार्थ निस्केर नशामा दबाब दिन्छ र नशा च्यापिएर खुट्टा सुनिने वा दुख्ने समस्या सुरु हुन्छ

यस्तो हुनुको कारण
यसको मुख्य कारण गलत तरिकाले बस्नु र काम गर्नु हो । धेरै समय सुत्ने, झुकेर पढ्ने, कम्प्युटरअगाडि बसिरहने गर्नाले पनि यस्तो समस्या आउँछ । अनियमित दैनिकी, सुस्त जीवनशैली, शारीरिक गतिविधि अभाव, विलासी जीवनशैलीले पनि हाम्रो मांसपेशी कमजोर हुँदै जान्छ । यसैगरी अत्याधिक शारीरिक श्रम, लडेर, चिप्लेर तथा दुर्घटनामा चोट लागेर, धेरै समय ुसम्म ड्राइभिङ गर्ने गर्नाले पनि समस्या आउँछ ।
त्यस्तै जोर्नीको हड्डी मक्किदै जानु, जन्मजात कुनै संक्रमणले पनि दुखाइ हुन्छ । अहिले सामान्यतया ३० देखि ५० वर्षको उमेरमा कम्मरको तल्लो हिस्सामा स्लिप्ड डिस्कको समस्या हुन थालेको छ भने ४० देखि ६० वर्षको उमेरमा गर्धन सर्वाइकल वटिब्रामा समस्या भएको पाइन्छ ।

फिजियोथेरापी जरुरी
यस्ता समस्याको समाधानका लागि फिजियोथेरापी जरुरी हुन्छ । तर फिजियोथेरापी गराउँदा विशेषज्ञ र अनुभवी चिकित्सक रोज्न भने आवश्यक हुन्छ । हामीले ६ वर्षभन्दा बढी समयदेखि पीडामा रहेका बिरामीलाई फिजियोथेरापीबाट पीडामुक्त गरेका उदाहरण छन् ।
नेपालमा पनि यसका लागि अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सक उपलब्ध हुन थालेका छन् । ती थोरै मात्रामा छन् त्यसैले फिजियोथेरापी गर्ने ठाउँ रोज्नुअघि यसबारे भने सचेत हुनुपर्छ ।

फिजोथेरापीमा विभिन्न किसिमका उपचार पद्दति छन् । अनुभवी चिकित्सकले बिरामीको उपचार गर्दा उसको अवस्था हेरेर त्यही अनुसारका क्रियाकलापमा जोड दिन आवश्यक छ । स्पाइनमा हुने कतिपय समस्याको समाधानका लागि औषधिको प्रयोग गर्ने अवस्थामा भने जिवाणुका कारणले दुखाइ भएको भए मात्रै हो । किनभने पहिले ती जिवाणु मार्न आवश्यक हुन्छ । त्यसपछि मासंपेशी कमजोर भएर दुखाई भएको हो भने मजबुत पार्ने अभ्यासहरू गराउनुपर्छ । सुन्निएको, च्यापिएको लगायतका समस्या छन् भने त्यसअनुसारका उपचार पद्दति अपनाइने गरिन्छ ।

फिजियोथेरापीमा अहिले विभिन्न आधुनिक उपकरण प्रयोग गरिन्छ । तर उपकरणको प्रयोगमा दक्ष व्यक्ति आवश्यकता पर्दछ । अलिकति पनि असावधानी अपनाइयो भने त्यसबाट झन् नराम्रो असर पर्ने हुन्छ । औषधिको प्रयोग नगरिने भएकाले साइडइफेक्ट बिना समस्याबाट मुक्ति पाउन फिजियोथेरापी रोज्नुपर्छ ।

जोगिने उपाय
कुनै पनि काम गर्धनको कस्तो अवस्थाले अप्ठेरो महसुस गराइरहेको छ होस गर्नुपर्छ र मेरुदण्डमा निरन्तर दबाब पर्ने काम छ भने बिचबिचमा रेस्ट लिनु जरुरी छ ।
जीवनशैली तथा खानपान अनुसार नै स्वास्थ्य अवस्था निर्भर हुने भएकाले त्यसमा सुधार गर्दै लैजानपर्छ । हड्डी मजबुत पार्ने खाना खानुपर्छ । धुमपान तथा मद्यपान जस्ता पदार्थको सेवनले शरीरलाई कमजोर पार्ने भएकाले ध्यान दिनुपर्छ ।

मांसपेशी तथा हड्डीलाई मजबुत पार्न शारीरिक व्यायाम गर्नैपर्छ । कडा परिश्रम पर्ने काम गरेर शरीरका अंग दुख्ने होइनन्, गलत तरिकाले काम गरेर दुख्ने हो बस्ने, हिँड्ने तरिका मिलाउनुपर्छ । यदि यी कारणले दुखाई भएको थाहा भए फिजियोथेरापिस्टको सल्लाहअनुसार परिवर्तन गर्नुपर्छ । एकै ठाउँमा लगातार बसिरहँदा ढाड दुख्ने समस्या हुने गर्दछ । बेला–बेला उठ्ने र यताउति गर्ने गर्नुपर्छ ।


मष्कुलोस्क्यालेटल स्पेशलिष्ट डा. भगत एम्स फिजियोथेरापी रिह्याबिटेसन एण्ड पेन पोलिक्लिनिकमा कार्यरत छन् । :: (स्रोत साभार स्वास्थ्य खबर पत्रिका बाट)

-
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers