ScotNepal: टीकापुरमा प्रहरी मार्नेलाईसमेत छाड्ने तयारीपछि गृहमन्त्री–आईजी विवाद चर्कियो
Loading...
टीकापुरमा प्रहरी मार्नेलाईसमेत छाड्ने तयारीपछि गृहमन्त्री–आईजी विवाद चर्कियो

काठमाडौं, ७ असोज । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ ।

मधेस आन्दोलनका क्रममा टीकापुरमा दुई वर्षे बालक र ८ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाएकोमा नेपाल प्रहरी नेतृत्वले त्यसको चर्को प्रतिवाद र आलोचना गरेको छ ।


गृह र कानुन मन्त्रालय साथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पुर्‍याएपछि गृहमन्त्री अहिले अफ्ठेरोमा परेका छन् ।

मधेस आन्दोलनका क्रममा विभिन्न व्यक्तिमाथि लगाएको मुद्दा फिर्ता लिने लिखित सहमति भएपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।

त्यही समर्थनका आधारमा मोर्चाले झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको नाम सरकारलाई बुझाएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers