ScotNepal: प्रचण्डलाई ओलीको चुनौती- भारत भ्रमण र विशेष दूतको औचित्य के !
Loading...
प्रचण्डलाई ओलीको चुनौती- भारत भ्रमण र विशेष दूतको औचित्य के !

नेकपा एमालेका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री के पी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण औचित्यहिन भएको बताएका छन् ।

ललितपुरमा आयोजित कार्यक्रममा उनले मन्त्रिमण्डल बिस्तार नगर्दै भारत र चीनमा बिषेश दुत पठाउनु र कुनै एजेण्डा बिना भारत जानुको कुनै औचित्य नभएको बताए ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज देखि शुरु गरेको भारत भ्रमण र विशेष दुत पठाउने निर्णयको औचित्य पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

आक्रोशित मुद्रामा देखिएका ओलीले भने, “प्रधानमन्त्री निर्वाचित भएको एक महिनामै किन भारत जाँदै हुनुहुन्छ, सिङ्गडा खान ? सरकार बन्नासाथ विशेष दूत किन पठाउनु पर्यो ?”

एमाले अध्यक्ष ओलीले अरुको आबश्यकताका लागि सरकार ढाल्ने कदम माओबादीको अपराध भएको उनको आरोप थियो । कांग्रेस, माओबादी र मधेश केन्द्रित दलबीच भएको तीन बुँदे सम्झौता देशको एकता र अखण्डता खल्बल्याउने खालको कदम भएको टिप्पणी पनि उनले गरे ।

आधिकारिक संबिधानसभाले निर्माण गरेको र ९२ प्रतिशत सभासदले हस्ताक्षर गरेको संबिधान संशोधन हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले संविधान सबैले मान्न बाध्य हुनुपर्ने बताए ।

सो क्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरि एमाले प्रवेश गरेका ४३ जनालाई पार्टी प्रबेश गराएका थिए । - नेपालीहेडलाइन 
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers