ScotNepal: विदेशबाट घर फर्कदै हुनुहुन्छ, कति वटा फोन ल्याउन पाइन्छ ? जानी राख्नुहोस्
Loading...
विदेशबाट घर फर्कदै हुनुहुन्छ, कति वटा फोन ल्याउन पाइन्छ ? जानी राख्नुहोस्

काठमाडौं / नेपालीहरुको महान चाड दशैं तथा तिहारमा विदेशबाट घर फर्कने यात्रुहरुको चाप दिन प्रतिदिन बढ्दो छ ।रोजगारीका लागि विदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने चलन पनि बढ्दो छ । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्ने गर्छन् । परिवारका सदस्य र साथीभाइको आग्रह मान्ने हो भने नेपाल फर्कदा साथमा चारदेखि पाँचवटासम्म मोबाइल लिएर आउनुपर्छ । कतिपयले भने व्यापार गर्ने लक्ष्य समेत राखेर मोबाइल ल्याउँछन् ।

तर, उनीहरुलाई नेपालको भन्सार नियम कानुन थाहा नहुँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको भन्सार कक्षमा आइपुगेपछि समस्यामा पर्छ । त्यतिमात्रै होइन, विदेशमा खरिद गर्दाको भन्दा बढी मूल्य भन्सारमा बुझाउन बाध्य हुन्छन् । झिटी गुन्डा सम्बन्धि ऐन नियमले भने विदेशबाट नेपाल फर्कनेहरुलाई आफूले प्रयोग गरेको एक सेट मोबाइल ल्याउन मात्र छुट दिन्छ । त्यसमा विदेशबाट आउनेहरुलाई आफूले प्रयोग गरेको पुरानो मोबाइल सेट बाहेक एउटा नयाँ सेट पनि विना शूल्य ल्याउन दिने गरेको विमानस्थल भन्सार विभागका प्रमुख योगेेन्द कुमार गौचनले जानकारी दिए ।

त्यस बाहेकको हकमा भने विदेशबाट आउनेहरुले व्यवाहरिक रुपमा ल्याउने केही मोबाइल सेटको लागत मूल्यको आधारमा भन्सार शूल्य तथा जरिवाना लाग्ने उनले बताए । ‘विदेशबाट नेपाल फर्कने यात्रुले २० हजारको मोबाइल सेट भन्सारले दिने सुविधाभन्दा बढी ल्याएमा ४० प्रतिशत भन्सार शूल्क र ४० प्रतिशत नै जरिवाना गरी ८० प्रतिशत रकम बुझाउन पर्ने हुन्छ’, गौचनले भने, ‘तर अशोभाविक रुपमा व्यापार गर्न कै लागि मोबाइल ल्याउनहरुको मोबाइल भने जफत गर्दै कारबाही हुन्छ ।’

- पुर्बेलीन्युज बाट
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers