ScotNepal: बङ्लादेशमा डुङ्गा दुर्घटना १८ को मृत्यु
Loading...
बङ्लादेशमा डुङ्गा दुर्घटना १८ को मृत्यु

एजेन्सी । बङ्लादेशको बरीसाल जिल्लाको सोन्धामा अवस्थित एक नदीमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेृ व्यक्तिको सङ्ख्या १८ पुगेको छ ।


बङ्गलादेशको राजधानी ढाकाबाट १६९ किलोमिटर दक्षिणमा रहेको बरीसाल जिल्लामा भएको यस दुर्घटनामा अन्य ८ जना अझै बेपत्ता रहेका छन् । सुरु दिइएको समाचारमा यात्रुहरूले खचाखच भरिएको डुङ्गा पल्टिँदा ३० जना बेपत्ता भएको जनाइएको थियो । स्थानीय समयानुसार बुधबार बिहान ११ः३० मा यस डुङ्गा दुर्घटनामा बिहीबार ४ बालबालिकाको शव भेटिएपछि सो सङ्ख्या १८ पगेको जिल्ला प्रहरी प्रमुख एसएम आक्तारुजामानले सिन्ह्वा समाचार समितिलाई बताएको छ ।

दुई महिला, ६ बालबालिका र आठ पुरुषको शवलाई जलक्षेत्रबाट निकालिएको अधिकारीहरूले जानकारी दिएका छन् । बेपत्ता व्यक्तिको खोजीका लागि उद्धारकार्य जारी रहेको छ । सो डुङ्गामा क्षमताभन्दा बढी ७० देखि ८० जनासम्म यात्रु रहेका हुनाले दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ । बङ्लादेशमा बारम्बार यस्ता दुर्घटना भइरहेको पाइन्छ । क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गराउने कारणले गर्दा हरेक बर्ष सयौँको मृत्यु हुने गरेको छ । गत वर्ष फेब्रुअरीमा भएको डुङ्गा दुर्घटनामा ६९ जनाको मृत्यु भएको थियो ।

-
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers