ScotNepal: दिल्लीको जिबी रोडमा कोठी चलाउने नेपाली महिलालाई जेल सजाय, वेश्यालय सिल गर्न अदालतको आदेश !
Loading...
दिल्लीको जिबी रोडमा कोठी चलाउने नेपाली महिलालाई जेल सजाय, वेश्यालय सिल गर्न अदालतको आदेश !

काठमाडौं । भारतको दिल्लीस्थित एक अदालतले बेश्यावृत्तिका लागि चर्चित जीबी रोडको रेडलाइट एरियामा रहेको एक वेश्यालय तरुन्त बन्द गर्न आदेश दिएको छ । अदालतले वेश्यालय सञ्चालन गने एक नेपाली महिलालाई तीन वर्षको जेल सजाय समेत सुनाएको छ ।

अदालतले दिल्लीमा बस्दै आएकी ३६ वर्षीया कान्छी तामाङलाई तीन वर्ष जेल सजाय सुनाएको हो । नेपाली महिला कान्छीले जीबी रोडमा वेश्यालय चलाउँदै आएकी छन् । उनले बिभिन्न दलाल मार्फत नेपालबाट किशोरी र महिलाहरुलाई दिल्ली पुर्‍याउने र यौन धन्दामा लगाउने गरेको पाइएको छ ।

दिल्ली अदालतले कान्छी तामाङमाथि अनैतिक देहव्यापार कानुनको धारा ३ बमोजिम सजाय सुनाएको हो । वेश्यालय चलाउन वा आफ्नो घर डेरा परिसरलाई बेश्यालयका रुपमा प्रयोग गर्ने अनुमति दिनेमाथि भारतीय कानुनले ३ वर्ष सजायको व्यवस्था गरेको छ ।

कान्छी तामाङले जिबी रोडस्थित एक वेश्यालय कब्जा गरेर राखेको प्रहरीले जनाएको छ । अदालतले सो वेश्यालय तत्काल सिल गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

यसैबीच मानव बेचबिखन विरुद्ध क्रियाशिल शक्ति समूहले कान्छी तामाङको बारेमा अनुसन्धान भइरहेको र सो वेश्यालयमा रहेका नेपाली चेलीहरुको उद्दारको लागि पहल भइरहेको जनाएको छ ।

शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले मंगलबारमात्रै दिल्लीस्थित शक्ति समूहको टोलीलाई वेश्यालयबाट उद्दार गरिएकी किशोरी हस्तान्तरण भएको खबर आए पनि वेश्यालय कुन थियो भन्ने पुष्टि नभएको बताइन् ।

उनले भनिन्-अदालतले बन्द गर्ने आदेश दिएकै बेश्यालयबाट उद्दार भएको हुन सक्छ,हामी विस्तृतमा बुझ्दैछौं । पछिल्लो समयमा जिबी रोडबाट उद्दार भएका बहिनीहरु हामीसम्म आइपुगेका छैनन् ।

कोठी सञ्चालक अधिकांश नेपाली महिला

शक्ति समूहकै चरिमाया तामाङले दिल्ली लगायत भारतका बिभिन्न ठाउँमा नेपाली महिलाले नै कोठी सञ्चालन गरिरहेको बताइन् । कान्छी तामाङको बारेमा शक्ति समूहले आफ्नो च्यानलबाट बुझ्ने काम भइरहेको उनले बताइन् ।

कोठी चलाउनेहरुले नाम परिवर्तन गर्ने गरेकाले उनको बारेमा धेरै जानकारी नआएको चरिमायाको भनाइ छ । तर नेपाली चेलीहरुलाई लगेर बेश्यावृत्तिमा लगाउने अधिकांश कोठी सन्चालकहरु नेपाली महिलानै हुने गरेको चरिमायाको अनुभव छ ।

पछिल्लो समय भारतमै पनि परम्परागत कोठीको साटो फ्ल्याट लिएर युवतीहरुलाई राख्ने र ग्राहक समक्ष सप्लाई गर्ने प्रचलन देखिएको दनुवारले बताइन् । पहिले कोठी चलाउने नेपाली महिलाहरुले अहिले फ्ल्याट समेत लिएर धन्दा चलाउने गरेको पाइएको छ ।

स्रोत साभार / अनलाइन खबरबाट

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers