ScotNepal: माग्ने बुढा भन्छन्, ‘डिप्रेसन होइन, कन्फिडेन्ट कम छ’ : के धुर्मुस छन् दोषी ?
Loading...
माग्ने बुढा भन्छन्, ‘डिप्रेसन होइन, कन्फिडेन्ट कम छ’ : के धुर्मुस छन् दोषी ?

डिप्रेसनको औषधी खाइरहेका भनिएका कलाकार केदार घिमिरे ‘माग्ने बुढाले’ मिडियामा आए जस्तो आफुलाई डिप्रेसन नभएको बताएका छन् । आफ्नो साखा सन्तानमा कसैलाई पनि डिप्रेसन नभएको बताउँदै उनले मिडियामा चाहिने भन्दा बढी खबर आएको बताए ।

शनिबार ‘छक्का पञ्जा’ टिमसँग चावहिलको गोपिकृष्ण हल पुगेका कलाकार घिमिरेले आफुलाई डिप्रेसन नभएको तर ‘कन्फिडेन्ट’ कम भने भएको बताए । उनले भने, ‘अहिले स्वास्थ्य अवस्था ठिक हुँदैछ । औषधी खाइरहेको छु ।’ यस्तै उनले मिडियामा आफ्नो स्वास्थ्यबारे धेरै जस्तो बढाई चढाई आएको बताए । उनले भने, ‘जे जे मन लाग्यो त्यही आएको छ । डिप्रेसन जस्तो लाग्दैन । तर कन्फिडेन्ड कम चाहिं भाको छ । भुइँचालो आयो जस्तो हुन्छ। हिड्दाखेरी ठुलो हर्न बजाउन हुँदैन ।’


यस्तै आफ्ना पुर्व जोडी धुर्मुसको असहयोगका कारण आफु बिरामी परेको भन्ने आरोप बारे उनले भने, ‘यस्तो होइन । सबैले आ आफ्नो कर्म गर्ने हो । म दोष कसैलाई पनि दिन्न ।’ उनले बिरामी निको भएर चाँडै अभिनयमा फर्कने पनि बताए । गोपिकृष्ण हलमा माग्ने बुढा पुग्दा दिपाश्री निरौलो, दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, वितरक गोपाल कायस्थले मिठो माया दर्शाए ।

-mazzakoonline.com
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers