ScotNepal: होशियार, पोर्नले बित्यास पार्ला हैं !
Loading...
होशियार, पोर्नले बित्यास पार्ला हैं !


अनलाइनमा पोर्न भिडियो हेर्ने गर्नुभएको छ ? तपाईंलाई लाग्ला– स्मार्टफोनमा पोर्न हेर्दा गोपनीयता भंग हुँदैन । यस्तो सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । विश्वमा हरेक दिन अर्बौं मान्छे इन्टरनेटको पहुँचमा हुन्छन् । 

सजिलो पहुँचकै कारण मानिसहरू पोर्नको लतमा फस्दै गएका छन् । आफ्नो स्मार्टफोनमा के हेरेँ भन्ने कुरा कसैलाई जानकारी हुँदैन भन्ने हामीलाई लाग्छ । त्यसैले हामी स्मार्टफोनमा पोर्न भिडियो हेर्न पुग्ने गर्छौं । जुन हाम्रा लागि खतराको संकेत रहेको विज्ञहरूको बुझाइ छ ।

यदि इन्टरनेट माफियाहरूले तपाईंको स्मार्टफोन वा कुनै अर्को डिभाइसबाट जानकारी हासिल गरे भने तपाईंका लागि महँगो साबित हुनसक्छ । पोर्न वेबसाइट क्लिक गर्नेबित्तिकै तपाईंले चलाउने इन्टरनेटको आईपी एड्रेस पनि दर्ता हुने गर्छ । त्यसैले पोर्न भिडियोमा लत बसाल्नु हानिकारक हुनसक्छ ।

क्रेडिट कार्डबाट प्रिमियम पोर्न भिडियो हेर्ने गर्नुभएको छ भने कार्डको विवरण हेरेर अरू जानकारी पनि हासिल गर्न सकिन्छ । इन्टरनेट ह्याकरहरूले यस्तै हर्कत गर्नका लागि यस्ता वेबसाइट ह्याक गर्छन् । त्यहाँबाट नियमित प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण निकालेर सताउने गर्छन् ।

यस्तो जानकारी सन् २०१५ मा लिक भएको थियो । जसमा धेरैजनाको व्यक्तिगत विवरण पनि ह्याक भएको थियो । ह्याकरहरूले ती प्रयोगकर्ताको इन्टरनेट आइपी एड्रेस, प्रयोग गरिएको क्रेडिट कार्डबाट पैसाको बार्गेनिङ गर्ने गरेको तथ्य सञ्चारमाध्यममा आएको थियो ।

पोर्न वेबसाइटहरू गोप्य तरिकाले हेर्ने गरिन्छ । तर, हामीले हेर्ने हरेक वेबसाइटबारे इन्टरनेट सेवाप्रदायक कम्पनी र ब्राउजिङ कम्पनीलाई भने हरेक क्षण जानकारी हुन्छ । केही गरी यसको जानकारी सार्वजनिक भए तपाईंको व्यक्तिगत विवरण पनि त्यसमा समावेश हुन्छ ।

गत वर्ष गरिएको एक तथ्यांकअनुसार भारतमा पुरुषभन्दा महिलाले बढी पोर्न भिडियो हेर्ने गर्छन् । विश्वमै पनि पोर्न हेर्नेमध्ये ३० प्रतिशत महिला हुने गर्छन् । तथ्यांकका अनुसार ब्राजिल र अर्जेन्टिनाका महिलाहरू पोर्न हेर्नेमा अगाडि छन् । तथ्यांकका अनुसार ५० प्रतिशतभन्दा बढीले पोर्न भिडियो स्मार्टफोनमा हेर्ने गर्छन् ।

जुन कम्पनीले तपाईंले गर्ने अनलाइन गतिविधिबारे जानकारी लिने गर्छन्, उनीहरूले तपाईंले पोर्न भिडियो हेरे÷नहेरेको पनि जानकारी लिइरहेका हुन्छन् ।

यस्ता भिडियो हेर्न चाहनेले केही कुराको ख्याल गर्नु जरुरी हुन्छ । तपाईंले ब्राउज गर्ने हरेक वेबसाटबाट ह्याकरहरूले तपाईंको एउटा प्रोफाइल बनाउने गर्छन् । त्यसैले केही सावधानी अपनाउनु आवश्यक छ ।

पोर्न साइटबाट कुनै पनि चिज डाउनलोड गर्नु हुँदैन । किनकि, त्यहाँ भाइरस हुने सम्भावना प्रबल हुन्छ, जुन तपाईंको डिभाइसमा आएर सुरक्षित भएर बस्न सक्छ । तपाईंका गोप्य फाइलहरू ट्रान्सफर गर्न ह्याकरलाई त्यसले मद्दत गर्छ । ह्याकरका लागि यो सजिलो तरिका पनि हो ।

यस्ता जानकारी केही गरी कम्प्युटरमा आए कम्प्युटरका जानकारी सँगै लाने गर्छन् । तपाईंको बैंक लग इनमा नाम र पासवर्ड फेला परे झनै खतरा हुनसक्छ । यस्ता भाइरसहरू तपाईंको स्मार्टफोन, ट्याबलेट वा ल्यापटपमा डाउनलोड हुनसक्छन् । त्यसैले डिभाइसमा एन्टिभाइरस हुन एकदमै जरुरी छ ।
- शुक्रबारबाट
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers