ScotNepal: टीकापुर घटनाको मुद्दा फिर्ता प्रकरणको बिरोधमा सिंगो प्रहरी संगठन उभिएपछि गृहमन्त्री निधी पछाडि हटे
Loading...
टीकापुर घटनाको मुद्दा फिर्ता प्रकरणको बिरोधमा सिंगो प्रहरी संगठन उभिएपछि गृहमन्त्री निधी पछाडि हटे

काठमाडौँ, ८ असोज - टीकापुर मुद्दा फिर्ता प्रकरणको विरोधमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सिंगो प्रहरी संगठन उभिएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पछाडि हटेका छन्।

राजधानीमा शुक्रबार मन्त्री निधिले टीकापुर हत्यामा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने निर्णय नभइसकेकाले मुद्दा फिर्ता नलिने बताए। राजनीतिक सहमतिको बहानामा टीकापुर नरसंहारमा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने गृहमन्त्रीको तयारीको चौतर्फी आलोचना भइरहेका बेला उनले प्रहरी अधिकारीहरूसँग आफ्नो बचाउ गरेका हुन्।

गृहमन्त्रीले प्रहरीको मनोबल गिर्ने गरी कुनै घटनामा पनि मुद्दा फिर्ता नलिइने अनौपचारिक प्रतिबद्धता प्रहरी अधिकारीहरूसँग गरेका थिए।

आफू प्रधानमन्त्री बन्न पुष्पकमल दाहालले मधेस आन्दोलन र त्यसका परिणामलाई राजनीतिक घटनाक्रम भन्दै त्यस क्रममा लागेका झुटा मुद्दा फिर्ता गराउने सहमति मधेसी मोर्चासँग गरेका थिए। उनले पनि टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसमा संलग्न व्यक्तिको समेत मुद्दा फिर्ता हुने बताउँदै आएका थिए। - डिसी नेपाल
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers