ScotNepal: ठगी, कागजात कीर्ते र पोर्चुगलबाट नेपाली फर्कने हल्ला मात्र
Loading...
ठगी, कागजात कीर्ते र पोर्चुगलबाट नेपाली फर्कने हल्ला मात्र



सन्तोष थापा

नेपालबाट दुई महिना अगाडि पोर्चुगल गएका तीन युवा नेपाली फिर्ता हुने समाचारको आयोजक युरोपियन संस्थाले खण्डन गरेको छ । आयोजक युरोपियन संस्थाले नेपालीहरु कागजात कीर्ते गरी नक्कली कलाकार बनि युरोप छिरेको भन्ने समाचार हल्ला मात्र भएको बताएको छ ।

संस्थाले ति नेपालीहरुले समाचारमा भने जस्तो कुनै नराम्रो कृयाकलाप नगरेको उल्लेख गरेको छ । साथै संस्थाले पोर्चुगलको गृह, राजदुताबास र अन्य सम्बन्धित सरकारी निकायलाई पछिल्लो हल्लालाई आधार नमान्न अनुरोध गरिसकेको बताएको छ । यस्तै नेपाली प्रति सम्मान रहेको उल्लेख गरेको छ ।

उता धादिङबाट काठमाडौंमा आई पर्यटन व्यवसायी ( टुर एन्ड ट्राभल) गर्दै आएका राम कुमार तामाङ ( कुमार लामा) ले पनि आफ्नो बारेमा आएको समाचारले आफु आश्चर्यमा परेको बताएका छन् । समाचारमा लेखिए अनुसार नभई धादिङका जगत थापा, दोलखाका जगत श्रेष्ठ, स्याङ्जाका अनिल कोइराला आफ्ना असल मित्र भएको र उनिहरु व्यवहारिक ईमान्दार भएको उनले बताए ।

आफुले समाचारमा आएको हल्लाको बारेमा आयोजकलाई समेत जानकारी गराएको बताए । अहिले सम्म आफुले ठगी होइेन व्यवसायमा इमान्दारिता गर्दै आएको बताउदै आफु सहयोगी र समाजसेवा भावनाको मान्छे समेत भएको कुमारले उल्लेख गरे ।

नेपालका कलाकार, संघसस्थासँग आफ्नो राम्रो व्यवहार रहेको साथै उनिहरुलाई आफुले सदैव सम्मान गरेको उनले बताए । यस्तै आफुले कसैलाई वैदशिक रोजगारमा पठाउन त टाढाको कुरा त्यस्ता संस्थासँग आफ्नो सम्बन्ध समेत केही नरहेको संगीतमा समेत रुची राख्ने कुमारले प्रष्ट पारे । साथै आफुले सधैं परिवार, समाजबाट इमन्दारिता, इज्जतको पाठ सिकेकोले आफ्नो व्यवसायमा पनि ईमान्दारिता, सम्मानसँग चलेको कुमारले उल्लेख गरे ।

यस्तै काठमाडौंका पर्यटन व्यवसायीहरुका अनुसार कुमार लामा कुनै पनि नराम्रो गतिबिधीमा नभई इमान्दार, मिहिनेती युवा व्यवसायी भएको बताए । उनिहरुले व्यवसायमा सामान्य लेनदेन भएपनि समाचारमा आए जस्तो अहिले सम्म कुमारले ठगी गर्दै हिंडेको छैन् ।

उता धादिङका जगत थापा, दोलखाका जगत श्रेष्ठ, स्याङ्जाका अनिल कोइरालाले पनि समाचारमा आएको विषयले आफुहरु आश्चर्यमा परेको बताएका छन् । साथै कुमार आफुहरुको मित्र रहेको र त्यस्तो नराम्रो कृयाकलाप थाहा नभएको बताएका छन् । आफुहरु बिच कुनै समस्या नरहेको उनिहरुले बताए ।

पोर्चुगलको वास्तविकता

युरोपेली संघको सदस्य भएको नाताले युरो मुद्रा चल्ने पोर्चुगल क्याथोलिक क्रिस्चियन बाहुल्य लोकतान्त्रिक मुलुक हो। सन् १९९६ देखि पोर्चुगलमा नेपालीको बसोबास सुरु भएको हो। ब्राजिल, मोजाम्बिक, भारतको गोवा, अंगोलालगायत विभिन्न मुलुकको औपनिवेशिक राज्य भए पनि आर्थिक रूपमा कमजोर भएकाले विदेशी कामदार र लगानी भित्र्याउने खुला बजार नीतिअन्तर्गत प्रवासीहरूका लागि ढोका खोलिएको हो।

राणा खलक र सम्भ्रान्त नेपालीहरूको पहुँच पुग्ने युरोप आउजाउ २०४७ सालको क्रान्तिपछि नेपालीका निम्ति सहज बन्न पुगेको हो। जर्मनी, बेल्जियम, डेनमार्कजस्ता धनी मुलुकमा पढ्न, घुम्न र तालिममा आउने नेपाली स्थायी रूपमा बस्न पोर्चुगल आउने क्रम बढेपछि नेपालीको बसाइ बाक्लिन थालेको हो।

१२ वर्षे द्वन्द्वकालमा नेपालीहरू युरोप प्रवेश क्रम ह्वात्तै बढेपछि कानूनी रूपमा वैध हुन पोर्चुगल भित्रिनेहरूको संख्या पनि बढेको हो।

पोर्चुगलका महावाणिज्यदूतका अनुसार तुलनात्मक रूपमा अन्य देशका भन्दा नेपालीहरू काममा मिहिनेत गर्ने, अपराध कर्ममा संलग्न नहुने भएकाले नेपालीहरू पोर्चुगिज समाजमा असल मानिसका रूपमा परिचित छन्। विभिन्न व्यवसायमा संलग्न भएर पनि नेपालको परिचय बढेको छ। राजधानी लिस्बनमा रेस्टुरेन्ट व्यवसायमा लाग्नेहरूले नेपालको चिनारी बढाएका छन्। त्यसबाहेक नेपालको हस्तकला, वास्तुकला र पहाडिया कागजले पनि हाम्रो उत्पादनसँगै देशलाई चिनाएको छ।

कानुनी रूपमा पोर्चुगलमा वैध हुने तरिका उति साह्रो गाह्रो छैन। युरोपेली संघका २७ देशमध्ये कुनै एक देशमा वैधानिक रूपमा प्रवेश गरेको भिसा र पोर्चुगल प्रवेश गरेको जल, स्थल वा हवाई साधनको टिकट हुन जरुरी छ। आउनेबित्तिकै कर कार्यालयमा दर्ता भएपछि काम खोज्न सकिन्छ। ६ महिनासम्म कर तिरेपछि सामाजिक सुरक्षाको कर विवरण भरेर वैध हुन पाउँ भनी निवेदन दिन सकिन्छ।

गृह मन्त्रालयले आवश्यक जाँचबुझ गरेपछि, नेपालमा अपराध नगरेको प्रहरी सिफारिस पत्र र कर कार्यालयले प्रमाणित गरेको कागज भएपछि बस्ने अनि काम गर्ने कागज पाइन्छ। यो कागजले नेपाल आउन-जान, युरोपेली संघका अन्य मुलुकमा घुम्न र यही व्यापार व्यवसाय गर्न खुला हुन्छ।

विभिन्न म्यानपावरहरूमार्फत् आउने प्रक्रिया भने फरक छ। विभिन्न कम्पनीहरूलाई कामदार आवश्यक परेको पोर्चुगिज सरकारबाट प्रमाणित गरेर नेपालका म्यानपावरहरूसँग समन्वय गरी नेपाली कामदार मगाउने क्रम बढिरहेको छ। यसरी नेपालमै भिसा र आवासीय कार्ड बुझेर आउनेहरू धेरैजसो खेतीपातीमा संलग्न छन्।

- तस्बिरमा युवा व्यवसायी कुमार लामा ।

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers