ScotNepal: कस्ता हतियार छन् पाकिस्तानसंग ?
Loading...
कस्ता हतियार छन् पाकिस्तानसंग ?

उरी घट्नाबाट निकै तनावग्रस्त बनेको भारत पाकिस्तान सम्वन्ध बिग्रदै गएको छ। भारतले पाकिस्तानमा गरेको भनिएको ‘सर्जिकल अपरेसन’पछि तनावको उचाईले युद्दको रुप लिएको आँकलन गर्न थालिएको छ। युद्द भइहाले पाकिस्तानसंग भारतलाई रोक्न सामर्थ्य छ ?

दुबै देश आणविक सम्पन्न त छन् तर त्यतिमात्रै युद्दका लागि पर्याप्त नहुन सक्छ। शुरुमै आणविक युद्द भइहाल्ने अनुमान गरिएको छैन् तर तनावले गति लिँदा यसको आशिंक प्रयोगलाई इन्कार गर्न सकिन्न।

भारतीय मिडियाले पाकिस्तानलाई जनगणना गर्ने पैसा समेत नभएको देश भनेर होच्याउने गरेका छन्। सन १९९८ यता पाकिस्तानले जनगणना गरेको पनि छैन्। तर यसैका आधारमा पाकिस्तान सैन्य हिसावले कमजोर छ भनेर मान्ने अवस्था देखिन्न्।

आणविक हतियारमा पाकिस्तान भारत भन्दा अगाडी छ। पाकिस्तनासंग करिब १२० आणविक हतियार रहेको अनुमान छ। यसै भरि भारतसंग मात्र ११० वटा आणविक हतियार रहेको बताइन्छ।


पाकिस्तानको परमाणु बम बनाउने क्रम जारी छ। अमेरिकी थिंक ट्याङक काउन्सिल अफ फरेन पोलिसी रिलेसन्सका अनुसार सन २०२० सम्म पाकिस्तानसंग अहिले भएको भन्दा दोब्बर आणविक हतियार हुनेछन्।

सत्तरीको दशकमा पाकिस्तानले आणविक हतियार बनाउन शुरु गरेको थियो। तत्कालिन प्रधानमन्त्री जुल्फीकर अलि भुट्टो भन्थे- ‘हामी घाँसको रोटी खाउँला तर आणविक हतियार जरुर बनाउनेछौ।’ आज पाकिस्तानसंग आणविक हतियारको भरमार छ ।
पाकिस्तानसँग भएका मिसाइल





नसर: पाकिस्तानसंग जमिनबाट जमिनबाट हमला गर्ने छोटो रेञ्जको मिसाइल हो नसर। यो मिसाइल परमाणु हतियार बोक्न सक्षम त छ नै एकैपटक एउटा भन्दा बढि मिसाइल छोड्न समेत सक्छ । यसको परीक्षण पाकिस्तानले सन २०११ मा गरेको थियो। ६० देखी १०० किलोमिटर दुरीको यो मिसाइल भारतीय सिमा नजिकबाट प्रहार गरेर सोही क्षेत्रमा ठुलो क्षति पुर्याउन सक्षम छ।

गजनाभी: यो हाइपरसोनिक मिसाइलले जमिनबाट ४ सय किलोमिटरसम्म प्रहार गर्न सक्दछ। यो मिसाइल पाकिस्तानी आर्मीसंग सन २००४ देखी नै उपलब्ध छ।

गौरी: गौरी जमिनबाट जमिनसम्म प्रहार गर्ने मिडियम रेञ्जको ब्यालेस्टिक मिसाइल हो। यसले ७ सय देखि १५ सय किलोमिटरसम्म प्रहार गर्न सक्दछ। पाकिस्तानले गौरी-२ नामक मिसाइल पनि परीक्षण गरिसकेको छ जसले २३ सय किलोमिटरसम्म प्रहार गर्न सक्दछ।

शाहीन ३: शाहीन-३ पाकिस्तानसंग भएको सबै भन्दा घातक मिसाइल हो। यसले पुरै भारतभरि निसाना लगाउन सक्छ। यसले २७ सय ५० किलोमिटरको दुरी तय गर्न सक्दछ।

भारतसंग पनि विध्वशंसक मिसाइल कुनै कमि छैन्। भारतसंग ५ हजार किलोमिटर सम्म प्रहार गर्ने सक्ने अग्नी-५ नामक मिसाइल छ। तर पाकिस्तानको तुलनामा भारतसंग छोटो दुरीका मिसाइल भने छैनन्। छोरी दुरीका मिसाइल युद्दमा निकै उपयोगी हुन्छन।

तर भारतसंग पनडुब्बीबाट प्रहार गर्न सकिने के सिरिजका अत्याधुनिक मिसाइल छन्। सैन्य संख्यामा भने पाकिस्तान भारत भन्दा धेरै पछाडी छ। भारतसंग १३ लाख सैनिक छन् भने पाकिस्तानसंग ६ लाख ५० हजार सैनिक छन्।

यसैगरि भारतसंग २९२ वटा रकेट लञ्चर र पाकिस्तानसंग १३४ वटा छन् । यसैगरि भारतसंग ६ हजार ट्याङक छन्। पाकिस्तानसंग मात्र ३ हजार ट्याङक भएको अनुमान छ।

वायु सैनिक संख्यामा पनि भारत अगाडी छ। भारतसंग १ लाख ४५ हजार वायु सैनिक छन् भने पाकिस्तानसंग ४५ हजारको हाराहारीमा वायु सैनिक रहेको बताइन्छ। भारतसंग २ हजार लडाकु विमान छन् जुन संख्या पाकिस्तान भन्दा दोब्बर हो। पाकिस्तानसंग ९ सय लडाकु विमान भएको बताइन्छ। समुन्द्रमा भारतसंग २ सय युद्दपोत छन भने १५ पनडुब्बि छन् । पाकिस्तानसंग ७० युद्दपोत र ८ पनडुब्बि छन्। - नेपालीहेडलाइन 
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers