ScotNepal: छोरी भएर जन्मेकै कारण बुवाले छोडेर गएपछि
Loading...
छोरी भएर जन्मेकै कारण बुवाले छोडेर गएपछि

बिनिता कार्की -
जिन्दगी एक भोगाई रहेछ । जस्तो अवस्थाबाट गुज्रियो मान्छे त्यस्तै बन्दो रहेछ । मैले पनि जिन्दगीलाई भोगेँ सायद । जिन्दगीको भोगाइले मलाई सानैबाट धेरै कुरा सिकायो । अभाव भोक र दुःखसँग संघर्ष गर्न सिकायो मेरो जिन्दगीले ।
अभाव, भोक र दुःखसँग आफ्नो बालापन काट्नु मेरो बाध्यता थियो । सायद त्यही बाध्यताले बलियो बनायो । त्यही अन्धकार भूमरीले जस्तोसुकै परिस्थितिमा बाँच्न सिकायो । त्यही बेदनाले परिपक्व बनायो । बाल्यकालको त्यही दुःखले म अहिले जुन ठाउँमा छु त्यो ठाउँमा पुर्‍यायो ।
नेपाली समाज, छोरामा अडिएको बुबाआमाको आश अनि सास । म पनि छोराको आशमा जन्मिएकी परिवारकी कान्छी छोरी । म अघि मेरी आमातर्फ दुई दिदी र बुबाको दोश्री श्रीमतीबाट पनि दुई छोरी जन्मिसकेका थिए । म यी चार पछिका कान्छी छोरीको रुपमा जन्मिएँ । बुबा आमा लगायत आफन्तले समेत छोराको अपेक्षा गरेका रहेछन् । म पाचौँ छोरीको रुपमा जन्मेपछि बुबा दुःखी हुनुभयो रे । म छोरी भएकै कारण हाम्रो परिवारलाई बाराको पुख्र्यौली घरमा छोडेर आफू कान्छी श्रीमतीको साथ हेटौँडा बस्न थाल्नुभयो । मेरी आमा अशिक्षित हुनुहुन्थ्यो र पनि हामीलाई पढाउन पछि पर्नुभएन । म कक्षा १ मा भर्ना भएको वर्ष मेरी जेठी दिदीले एसएलसी दिनुभएको थियो । मलाई कखरा सिकाउने मेरी दिदीकै कारणले म अध्ययनमा अब्बल हुँदै गएँ । एसएलसीमा उतीर्ण संख्या नै कम हुने विद्यालयबाट म प्रथम श्रेणीमा पास हुन पुगेँ ।
एसएलसी पास गरेपछि बुबालाई फोन गरेर सुनाएँ । उहाँ खुसी हुनुभयो । अब उच्च शिक्षाका लागि बुबाकोमा बस्ने पक्का भयो । मेरो अबको पढाई हेटौंडामा हुने भयो बुबाको साथमा बसेर । ११ कक्षाको नतिजा उत्कृष्ट आएकोले क्याम्पसले मलाई पूर्ण छात्रवृत्ति दियो । मैले पूर्ण छात्रवृत्ति पाएँ । म हेटौंडमा बुबाको साथमा बसेको सानी आमालाई पटक्कै मन परेको थिएन । त्यसैले उहाँहरु माथि बोझ नबन्ने सोंचले म छुट्टै बस्ने निर्णय गरेँ ।
१२ पास गरेपछि भने म गाउँ गएँ आमाको साथमा । मलाई पढ्ने रहर मरेकै थिएन । तर स्नातक पढ्न सक्ने अवस्था पनि थिएन । हेटौँडाका साथीहरुले कुनै काम खोज्न र पढ्न सल्लाह दिए ।
म पाँचसय रुपैयाँ बोकेर हेटौँडा गएँ । काम नपाए सम्म गाउँकै एक जना दाइकोमा बसेँ । कामको खोजीमा भौतारिनु दैनिकी बन्यो । करिब १ महिनाको प्रयासपछि मैले हेटौँडाको एउटा मिडिया कम्पनीमा बजार प्रतिनिधीको रुपमा काम गर्न थालेँ र स्नातक भर्ना पनि भएँ । कोठा खोजेर एक्लै बस्न थालेँ ।
मेरी दुई वटा दिदीको बिहे भईसकेको थियो । गाउँमा आमा मात्र बस्नुहुन्थ्यो । मैले आफ्नो पढाई खर्च आफैले जुटाउनु पथ्र्यो । काम र अध्ययन दुवैलाई उत्तिकै प्राथमिकतामा राखेँ । स्नातक पनि नियमित रुपमै पास गरेँ । साहित्यमा रुची थियो, त्यसैले स्नातक पढ्दै गर्दा आफ्नो गजल संग्रह निकाल्न पनि सफल भएँ । २० स्रष्टाका २०/२० गजल रहेको गजल संग्रह ‘कैफियत’मा मेरो गजल पनि समावेस भयो । यसरी साहित्यिक यात्राले पनि केही गति लिएको थियो ।
स्नातक दोस्रो वर्षमा हुँदा एनटिभी प्लसमा एउटा वादविवाद कार्यक्रम आएको देखेँ । प्रतियोगितामा २०१३ को लागि आवेदन खुलेको थाहा पाएँ र सहभागी पनि भएँ । छनौट चरणदेखि प्रतिस्पर्धा, क्वाटर फाईनल, सेमिफाईनल हुँदै अन्तमा प्रतियोगिताको स्नातक तहको विजेताको उपाधी नै जितेँ।

यो जित मेरो जिन्दगीकै ठूलो सफलता बन्न पुग्यो ।
स्नातक तहको पढाइ सकिसकेको थियो । अबको पढाई भने काठमाडौंबाट नै पूरा गर्ने रहर थियो । काठमाडौंमा काम गर्दै कुनै राम्रो विषयमा स्नात्तकोत्तर गर्ने मेरो सपनालाई सन्तोष साहले पूरा गरिदिनुभयो । सन्तोष साह जसले एनटिभि प्लसमा वादविवाद प्रतियोगिता गराउनु भएको थियो र टुडेज युथएशियाका संस्थापक हुनुहुन्थ्यो । उहाँले मलाई आफ्नो संस्थामा काम गर्न बोलाउनु भयो । टेलिभिजन कार्यक्रम सम्बन्धि केही ज्ञान नभएको मैले बिस्तारै त्यहाँ धेरै कुरा सिक्न पाएँ । नेपाल्स् टप सेभेन डिवेटर्स कार्यक्रमको २०१३ को विजेता म, सोही कार्यक्रममा २०१५ को निर्देशक भएर २ वर्ष काम गरेँ । त्यो अवसरका लागि म सन्तोष साह सर प्रति सँधै कृतज्ञ छु । हाल म एक अन्तर्राष्ट्रिय संस्थामा कार्यरत छु । क्राईसिस म्यानेजमेन्ट विषयमा स्नात्तकोत्तर गर्दैछु । म वि डु नामक एक अन्तर्राष्ट्रिय संस्थाको राईजिङ स्टार पनि हो । सो संस्थाले राईजिङ स्टारको रुपमा छनोट भएका युवतीहरुलाई उज्ज्वल भविष्यको लागि मार्ग देखाउँछ र सहयोग पनि गर्छ । मैले युनडिपी एशियाले आयोजना गरेको चेन्ज मेकर्स वर्कशपमा बैङ्कक जाने अवसर पनि पाएँ । दिगो विकास प्राप्तिका लागि युवाहरुको भूमिका अपरिहार्य हुन्छ भन्ने ज्ञान सिकेर आएँ र त्यसका लागि युवा परिचालनमा लाग्ने अठोट लिएकी छु ।
अहिले मेरी आमालाई म छोरा नभएकोमा कुनै गुनासो छैन । बुबा पनि खुसी हुनुहुन्छ । उहाँ र मेरा आफन्तहरु मेरो सफलतामा गर्व गर्नुहुन्छ । गाउँमै एउटा नमुना छोरी भएकी छु ।
अबको मेरो लक्ष्य भनेको समाजमा रहेका मेरी आमा जस्तै असहाय र अशिक्षित महिलालाई सिपमुलक शिक्षा दिएर आत्मनिर्भर बनाउनु हो । विभिन्न संघसंस्था महिला सशक्तिकरणका नारा मात्र लगाउँछन् । महिला सशक्तिकरणको नारा हैन काम र परिश्रमले ल्याउनु पर्छ भन्ने मेरो मान्यता छ ।
हामी साथीहरु मिलेर एउटा सामाजिक संस्था पनि दर्ता गरेका छौँ । केही वर्ष अनुभव बटुलेर यो संस्था मार्फत दुर्गम गाउँका युवा र महिलालाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने अठोटका साथ आफ्नो पढाइलाई निरन्तर दिईरहेको छु । अहिले अध्ययन र कामलाई नै प्राथमिकतामा राखेकी छु । कतिपय अवस्थामा हामीलाई भाषाले पनि अफ्ठ्यारो पार्ने गरेको छ । अन्तर्राष्ट्रिय भाषाको रुपमा अंग्रेजी भाषा भएकोले अंग्रजी भाषा जानेकाले राम्रो काम पाईंदोरहेछ भन्ने मेरो बुझाई छ । म त एउटा सामान्य परिवारको सामान्य सरकारी विद्यालय पढेको मान्छे, अंग्रेजी भाषा कै कारण आज म यो अवस्थामा आई पुगेकी छु ।
व्यक्तिगत विकासको लागि स्वतन्त्रता पनि अपरिहार्य छ । मेरो उमेरका साथीहरु धेरैजसो विवाहित छन् । कोही दवावले त कोही रहरले । महिलाका लागि अवसरहरु खोलेर मात्र हुँदैन । त्यो अवसरका लागि सक्षम हुने वातावरण घर परिवारबाट सिर्जित हुनुपर्छ । निजी र सरकारी विद्यालय बीचको असमान खाडल पुरिनु पर्छ । घोकन्ते शिक्षाभन्दा माटो सुहाउँदो व्यवहारिक शिक्षा नीति लागु हुनुपर्छ । यदि योजनावद्ध ढंगले अघि बढ्ने हो भने देशमै रोजगारीका प्रशस्त अवसर खुल्छन् । अनि कुनै पनि युवाको गन्तव्य विदेश बन्दैन । स्वदेशमै समृद्धि फुलाउन सकिन्छ ।

सिहोर्वा ५ बारा
हालः काठमाडौं
- उज्य्यालो अनलाइन बाट 
Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers