ScotNepal: रेखालाई भिडले छोपेपछि ...
Loading...
रेखालाई भिडले छोपेपछि ...

पाँचथर- नायिका रेखा थापा फिदिम आउने भएपछि ठूलो संख्यामा दर्शक जम्मा भएका थिए। कार्यक्रमको मुख्य आर्कषकको रुपमा रेखालाई लिइएको थियो। स्थानीय कलाकारको प्रस्तुती चलिरहँदा दर्शको प्रतिक्षा रेखा र गायक कमल खत्रीको थियो।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र आयोजकलाई रेखालाई मञ्च छेउमा पुर्‍याउन निक्कै कठिन पर्यो। रेखालाई नजिकवाट हेर्ने, तश्विर खिच्नेको भिडले छोपेपछि सुरक्षा व्यवस्थापन गर्न कठिन भयो। महिला प्रहरी सहित कडा सुरक्षा व्यवस्थापन गर्नु पर्यो। मञ्च छेउमा रेखालाई केहि समय बस्ने व्यवस्था मिलाइएको थियो। यहाँ लागेको भिड हटाउन निक्कै कसरत गर्न पर्यो।

‘बनेको छ छाहाराले यो छाति मेरो’ भन्ने गीत गाँउदै मञ्चमा रेखा देखा परिन्। सानो उमेरमा विहे नगर्न सुझाव राखिन। महिलाहरुलाई सचेत रहन सुझाइन । अव रेखा थापालाई के देख्न चाहानु हुन्छ ? उनले यो प्रश्न गरिन । भिडवाट धेरै जवाफ हल्ला मिसिएर आयो । भोट दिनु हुन्छ है ? रेखाले यति भनिन्। उनलाई राजनीतिमा जाने संकेत दिएजस्तो वुझियो। रेखा थापाले केहि गीतमा नाच्छिन भन्ने दर्शकले अपेक्षा राखेका थिए । तर त्यो भएन । दर्शकको आग्रहपछि केहि छिन नाच्ने भनिन् । तर सवैलाई नाच्न लगाएर केहि मिनेट नाचिन ।

रेखाको पालो सकिएपछि कमल खत्री आए। उनी गल्ती मेरो होईन ढिला हुनु... भन्ने गीत गाँउदै देखा परे। उनले वोल्दैन तिम्रो तश्वि हेर्दा हेर्दै रात वित्यो... लगायतका गीत गाए। धेरै दर्शक देखेर हौसिएका खत्री अझै गीत गाउन चाहान्थे। अल्फा ओमेगा ट्रेनिङ सेन्टरले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा डेविट सकर, सुजन सकर, रुविना लिम्बू लगायतले प्रस्तुती राखेका थिए। - नागरिकन्युज बाट
Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers