ScotNepal: प्रचण्डकी बुहारी बिना र परराष्ट्र मन्त्रीकी पत्नी बिनाको कब्जामा मन्त्रालय
Loading...
प्रचण्डकी बुहारी बिना र परराष्ट्र मन्त्रीकी पत्नी बिनाको कब्जामा मन्त्रालय

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी बुहारी बिना मगर दाहाल र परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतकी पत्नी बिना बुढाथोकी महतको अलि धेरै चर्तिकला बढ्न थालेको छ । बुहारी बिनाले बालुवाटार कब्जा गरेकी छिन् भने पत्नी बिना परराष्ट्र मन्त्रालयतिर बरालिने गरेकी छिन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । प्रकाश दाहालकी कान्छी पत्नी बिना मगर दाहालले आफू निकटका नेता तथा कार्यकर्ता र व्यापारीलाई मात्रै बालुवाटारमा इन्ट्री दिएको माओवादी केन्द्रका एक नेताले बताए ।
‘बिना मगर र प्रकाश दाहालको बालुवाटारमा एकछत्र कब्जा छ । उनीहरूले नचाहँदासम्म प्रधानमन्त्री प्रचण्डसँग भेट्नै पाइँदैन’, ती नेताले भने–‘जनयुद्धमा आफ्नो ज्यान र परिवारको सुख छाडेर लागियो । अहिले आफ्नै पार्टीका अध्यक्षलाई भेट्न पाइँदैन । योभन्दा ठूलो कष्ट अरु के हुन्छ ?’


वीना बुढाथोकी महतपति प्रकाशको निर्देशन र खटन पटन पनि पत्नी बिनाले मान्दिनन् । बिनाले ससुरा प्रचण्डलाई रिझाएर सासु सीता दाहाललाई पनि पछाडि पारेकी छिन् । वीनाको यो गतिविधि सीता दाहाललाई खासै मन परेको छैन । बिनाले अहिले धमाधम पैसा उठाउने धन्दा पनि थालेको आरोप माओवादी केन्द्रका नेताहरूले लगाएका छन् । उता, परराष्ट्र मन्त्रीकी पत्नी बिना बुढाथोकी महतले भारत जाने पत्रकार, नेता र कर्मचारी तथा आसेपासेहरूको सूची तयार पारेको खुलासा भएको छ । महतले आफूलाई सहयोग गर्नेहरूलाई मात्रै भ्रमण दलमा पारेको स्रोतको भनाइ छ । बिना र डा.महतका प्रेस सल्लाहकार एकराज पाठक परराष्ट्र मन्त्रालयमा अलि धेरै हाबी भएका छन् । बिना र पाठकले मिलेर फाइलहरूको अनुगमन गरेर के कति आउँछ हिसाब किताब गर्ने गरेको स्रोतको भनाइ छ । हुन त परराष्ट्रमन्त्री डा.महतको प्रेस सल्लाहकारमा बिनाकै दबाबमा पाठकलाई नियुक्त गरिएको हो । बिना र पाठकवीच परिवार नियोजन र एनजिओमार्फत घनिष्ठता भएको थियो ।

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers