ScotNepal: ​इपिएल क्रिकेटः सुपर ओभरमा कलर्सले जगदम्बालाई हरायो
Loading...
​इपिएल क्रिकेटः सुपर ओभरमा कलर्सले जगदम्बालाई हरायो

काठमाडौं, १४असोज । एभरेष्ट प्रिमियर लिग (इपिएएल) क्रिकेटमा शुक्रबार भएको पहिलो खेल निकै रोमाञ्चक भएको छ । कलर्स एक्स फ्याक्टर्सले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको जगदम्बा राइनोजले ९ विकेट गुमाएर २० ओभरमा १ सय १२ रन नै बनाएपछि खेल बराबर भएर सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा जगदम्बाका लागि ब्याटिङ गर्न आएका सोमपाल कामीले अभिनास कर्णको पहिलो बलमा दुई रन, दोस्रो बलमा छक्का हाने । तेस्रो बल डट भयो र चौथो बलमा सोमपाल आउट भए । सौरभ खनाल र पवन सर्राफले सुभर ओभरमा राम्रो सट खेल्न नसक्दा जगदम्बाले १० रन मात्र बनायो । कलर्सका लागि सुपर ओभरमा सिद्धान्त लोहनीले सोमपालको पहिलो बलमा नै छक्का हाने । दोस्रो बलमा १ रन हानेर ज्ञानेन्द्रलाई स्ट्राइक दिएपछि ज्ञानेन्द्रले तेस्रो र पाँचौ बलमा दुई दुई रन बनाएर खेल आफ्नो पक्षमा पारे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कलर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको हो । ज्ञानेन्द्र मल्लले ४४ बलमा २९ रन, राजेश पुलामीले २९ बलमा २९ रन, योगेन्द्र सिंह कार्कीले १८ बलमा १६ रन साथै सिद्धान्त लोहनीले १३ बलमा १९ रन बनाए । जगदम्बाका सोमपाल कामी र निजामुद्धिन हलुवाईले तीन तीन विकेट लिए । साथै शक्ति गौचनले दुई विकेट लिए ।

१ सय १३ रनको लक्ष्य पछ्याएको जगदम्बाले पनि २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन नै बनाएको हो । महेश क्षेत्रीले २४ बलमा २२ रन, अमित श्रेष्ठले १७ बलमा १५ रन, सोमपालले १८ बलमा १९ रन साथै पवन सर्राफले १३ बलमा १९ रन बनाए । कलर्सका सञ्जम रेग्मीले चार, योगेन्द्र सिंह कार्कीले दुई साथै हरिशंकर शाह र अमर रौतेलाले एक एक विकेट लिए । शुक्रबार नै किर्तिपुर मैदानमा दोस्रो खेल विशाल वारियर्स र पञ्चकन्या तेजबिच भइरहेको छ ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers