ScotNepal: उत्तेजक भूमिकापछि किनारा लागेका नायिकाहरु
Loading...
उत्तेजक भूमिकापछि किनारा लागेका नायिकाहरु



“अंग प्रदर्शन गरेर चर्चा कमाउन खोज्न लालायित अधिकांश हिरोइन पलायन भएका छन्। फिल्मवृत्तमा बाँकी रहेका त्यस्ता केही हिरोइनको पनि ‘ भाउ’ छैन। भल्गर र ग्ल्यामरबीच भेद खुट्याउन नसक्ने हिरोइन ढिला- चाँडो पलायन हुन्छन् नै।”

pujana-pradhan-bed-sceneचार वर्षअगाडि दुलहीबाट सोझी युवतीको भूमिकामा फिल्मी यात्रा सुरु गरेकी हिरोइन हुन्, सुमिना घिमिरे। तर, यो फिल्मले उनलाई पर्याप्त चर्चा दिलाएन। रातारात हिट हुने लोभमा अंग प्रदर्शनको बाटो रोजिन्। स्टार, लभ फरेभर, नाइन ओ क्लक, अप्रिल फुल लगायत फिल्ममा छोटा लुगा लगाएर कामुक अवतारमा देखिने प्रयास गरिन्। दुर्भाग्य, यी फिल्मले नाम होइन, बदनामी दिलायो। गतिला ब्यानरले पत्याएनन्। छवि यति धूमिलियो कि अन्तत: बाध्य भएर फिल्मवृत्तबाट अलग्गिनु परेको छ। उनको पछिल्लो फिल्म मालाका निर्माता शिशिर राणाले सुमिनाले अब फिल्म नखेल्ने जानकारी दिए।
उत्तेजक भूमिकाका कारण करिअर डामाडोल भएकी सुमिना पहिलो हिरोइन भने होइनन्। खास गरी चपली हाइटको सफलतापछि यौनलाई प्राथमिकता दिई फिल्म निर्माण गर्ने क्रम ह्वात्तै बढ्यो। बोल्ड दृश्य दियो भने विनीता बरालजस्तै हिट भइन्छ भन्ने लहड चल्यो। तर, न त्यस्ता फिल्म व्यापारिक रूपमा सफल भए, न हिरोइनको करिअर उचाइमा पुग्यो। बरू सुमिनाजस्तै पलायन हुनुपर्‍यो। कतिसम्म भने विनीता स्वयं पनि फिल्मवृत्तबाट गुमनाम छिन्।
यस्ता अभागी हिरोइनको सूची लामो छ, पलपलमाकी सुजाता सिटौलादेखि बिन्दासकी सुषमा कार्कीसम्म यही सूचीमा अटाउँछन्। पारिवारिक फिल्म बनाउने निर्देशकका रूपमा कहलिएका नवल नेपाल कामुकताका नाममा उत्तेजक दृश्यलाई प्रश्रय दिने हिरोइनले फिल्म क्षेत्रबाट बाहिरिनुुपरेको बताउँछन्।
binita-baral-sushma-karkiचपली हाइटपछि विनीता अभिनीत फुलस्टप रिलिज भयो। संयोग कस्तो भने नामजस्तै यो फिल्मले उनको करिअरमा पूर्णविराम लगायो। अढाई वर्षयता उनी फिल्मविहीन छिन्। फिल्ममा भविष्य नदेखेरै होला, तरकारी खेतीमा लागिन्। पछिल्लो समय उनी उपन्यास लेखनमा व्यस्त रहेको खबर सार्वजनिक भएको छ। तर, फिल्मवृत्तमा उनको चर्चा लगभग शून्य छ।
विनीताजस्तै छोटै समयमा चर्चा कमाएर गुमनाम भएकी अर्की हिरोइन हुन्, सुजाता सिटौला। उकेश दाहाल निर्देशित फिल्म पलपलमामा उत्तेजक दृश्य दिएपछि सुजातातिर धेरैको ध्यान तानियो। तर, रिलिजपश्चात् चौतर्फी आलोचना खेपिन्। अरू कुनै निर्माता/निर्देशकले उनलाई लिने हिम्मत गरेनन्। उकेशकै अर्को फिल्म किन-किनमा कामुक अभिनय गरेका दुई हिरोइन अरुणिमा लामा र शशी खड्काको पनि अत्ताेपत्ताे छैन। अरुणिमाले यो फिल्ममा बेड सिन र चुम्बनका दृश्य मात्र होइन, ब्याकलेस न्युड दृश्य पनि खिचाइन्। निर्धक्क विकिनी लगाइन्। तर, फिल्मको बक्स अफिस कलेक्सनमा उनको जवानीको जादु चलेन। यसपछि उनी अरू फिल्ममा देखिएकी छैनन्। किन-किनमा हिरो राज तिमिल्सिनासँग अधर चुम्बन गरेकी शशी पनि गुमनाम छिन्। त्यसअगाडि फिल्म चन्द्रावतीको नग्न दृश्यले पनि उनको छवि धमिलिएको थियो।
निर्देशक उकेश स्क्रिप्ट मन नपरेर आफ्ना फिल्मका हिरोइनले अरू फिल्म नखेलेको दाबी गर्छन्। कतिपयमा व्यावसायिकता नभएकाले पनि पलायन भएको स्वीकार्छन्। उनले सुजाता आफ्नै व्यवसाय, शशी अध्ययन र अरुणिमा दक्षिण अफ्रिकामा व्यस्त भएको जानकारी दिए।
Arunima-Lama-Smita-Thapaliyaशशीजस्तै हिरो राजसँग अधर चुम्बन गरेर पलायन भएकी अर्की हिरोइन हुन्, सोनिया केसी। उनको अधर चुम्बनले सिलसिला र राजभाइ रिलिज हुनुअगाडि मात्र चर्चा बटुल्यो। राजभाइ आए/गएको पत्तो भएन। सफल मानिएको सिलसिलाबाट पनि उनको करिअरमा कुनै फाइदा पुगेन। हट फोटो सुटमार्फत फिल्ममा जम्ने उनको प्रयास फेल खायो। एकाध भोजपुरी फिल्ममा काम गरेकी सोनिया दुई वर्षयता बेखबर छिन्।
ब्याच नम्बर १६ मा अर्पण थापासँग चुम्बन गरेको दृश्य सार्वजनिक भएपछि सुषमा कार्की हट केक बनिन्। लगत्तै छोटा लुगा र उत्तेजक हाउभाउसहितको फोटो सुटले उनलाई थप चर्चा दिलायो। वक्षस्थलमा सूर्यको ट्याटु खोपाइन्। उनको यही कामुक अवतार बिन्दास र बिन्दास-२ मा देखियो। यो फिल्ममा उनले खुलेर चुम्बनका दृश्य र बेड सिन दिइन् । पारदर्शी लुगा लगाएर पानीमा रुझिन्। तर, बिन्दास-२ रिलिजपश्चात् ओरालो लागेको उनको करिअर अझै माथि उठ्न सकेको छैन्। अहिले उनको हातमा गतिलो ब्यानरको फिल्म छैन। म्युजिक भिडियोमै सीमित हुनुपरेको छ। बिन्दास-२ कै लागि अर्धनग्न फोटो खिचाएकी अनिशा गुरुङले पनि न सफलता पाइन्, न त प्रशंसा। आपत्तिजनक दृश्यलाई प्रश्रय दिएको भन्दै उनलाई सार्वजनिक स्थलमा बहिष्कार गर्नेसम्मका आवाज उठे।
Sumina-Ghimire-Jiya-kcअनिशाभन्दा चर्को आलोचना खेपेका थिए, एटीएमका तीन हिरोइन जिया केसी, सविना कार्की र सोनिया शर्माले। यसलाई नेपाली सिने इतिहासकै सबैभन्दा उत्तेजक फिल्म मानिन्छ। जुन फिल्म तीन हिरोइनको छाडा दृश्य र संवादले भरिएको छ। हिरो दिनेश थापालाई जियाले उन्मुक्त भएर आफ्नो स्तन समात्न दिइन् भने सविना र सोनियाले अत्यन्त भद्दा बेड सिन दिए। सुटिङका क्रममा सविना र जियाबीच दिनेशलाई अधर चुम्बन दिन हानथाप चलेको थियो। यसबाट पनि उनीहरूमा यौन दृश्यमा उदार हुँदैमा हिट भइन्छ भन्ने मानसिकता रहेको प्रस्ट हुन्छ। तर, परिणाम अनुकूल आएन। यो फिल्मले सविना र सोनियाको करिअरमा पूर्णविराम लगायो। तर, जियाले एटीएमपछि पनि बर्बाद, जिगोलो, रङ वेजस्ता फिल्ममा उत्तेजक दृश्य दिइन्। यी फिल्मले उनको बचेको धेरथोर इज्जत पनि पखालियो। त्यही बेला भुवन केसीसँगको सम्बन्धको विवादमा फसिन्। त्यसअगाडि उनको नाम निर्देशक दीपक श्रेष्ठसँग जोडिएको थियो। सम्बन्ध विवाद र भद्दा अभिनयले जियालाई पतनको बाटोमा पुर्‍याएको छ।
द लास्ट किसले पनि तीन हिरोइनलाई बदनाम गर्‍यो। बीबी फुयाँल निर्देशित फिल्ममा शोभिता सिम्खडा, बबी रोजा र स्मिता थपलियाका छाडा दृश्य र संवाद समेटिएको छ। फुयाँलले पोस्टरका लागि झन् नग्न र उत्तेजक फोटो सुट गराए। जसका कारण रिलिजअगाडि नै फिल्म र हिरोइन बदनामको सिकार भए। सेन्सर बोर्डले निकै दृश्य काटेपछि यसलाई रिलिज अनुमति दिएको थियो। तर, आफ्नै फिल्मको रिलिज शोभिता र बबीका लागि अभिशाप बन्यो। स्मितालाई चाहिँ फुयाँलले नै निर्देशन गरेको रोमान्सका उत्तेजक दृश्यले किनारा लगायो र अहिले पश्चात्ताप गरिरहेकी छन्। “राम्रै होला भनेर बेड सिन दिएँ,” स्मिता भन्छिन्, “तर, गर्न नहुने काम गरिएछ। अहिले आफैँलाई पछुताे लागेको छ।”
खेताला, लभ इज लाइफ, नाइट क्विनलगायत फिल्ममा उत्तेजक भूमिकामा देखिएकी मोनिका दाहाल, लभ यु म्यानकी प्रनिशा सिलवाल, अपि्रल फुल र जिगोलोकी महिमा सिलवाल, युजमा तातो दृश्य दिएकी सीमा केसीदेखि लकको ‘दे खाइदिन्छु सबै कुरा पैसा तिरेपछि…’ बोलको गीतमा भद्दा डान्स गर्ने सम्झना प्याकुरेलसम्म फिल्मवृत्तबाट पाखा लागिसकेका छन्। महिमा र मोनिकाका केही फिल्म रिलिज हुन बाँकी भए पनि कुनै चर्चा छैन।
Suvekshya-thapa-samjhana-pyakurelफिल्म मिस नेपालको पोस्टरका लागि स्तनलाई माछाले छोपेर उत्तेजक फोटो सुट गराउने शुभेच्छा थापाको हालत पनि त्यस्तै छ। विगतमा पनि नीलु रायमाझी, तुलसा सिलवाल, किरण डीसीजस्ता हिरोइनको छोटा लुगा लगाएर हिट हुने सपना पूरा भएको थिएन। एकाध फिल्मपश्चात् उनीहरू पनि गुमनाम बनेका थिए।
फिल्म भनेको ग्ल्यामरको दुनियाँ हो अनि नग्नता आफैँमा आपत्तिजनक हुँदैन। कलात्मक रूपमा प्रस्तुत गरियो भने नग्नता ग्ल्यामर बन्छ होइन भने भल्गर। तर, नेपालमा कलात्मक सोच भएका निर्देशक र हिरोइनको कमी छ। कलात्मक रूपमा देखाइयो र सस्तो प्रचारप्रसारमा प्रयोग गरिएन भने बेड सिन र चुम्बनका दृश्यले हिरोइनको करिअर उकास्छ भन्ने ऋचा शर्मा र निशा अधिकारीले प्रमाणित गरेका छन्। हाइवेमा ऋचाको नग्न दृश्य देख्न सकिन्छ भने निशाले धूँवा यो नशामा आर्यन सिग्देलसँग किस र बेड सिन दिएकी छन्। मायाज बार र मुखौटामा कामुक नृत्य गरेकी छन्। झोलामा गरिमा पन्तले पनि नग्न दृश्य दिएकी छन्। तर, न उनीहरूको आलोचना भयो, न करिअर बिग्रियो।
एटीएम मार्काका हिरोइनले गाली पाए र पलायन भए। किनभने, कथाको माग अनुसार लुगा खोल्न तयार हुने उनीहरूका लागि यही ग्ल्यामर थियो। निर्देशक नेपाल भन्छन्, “भल्गर र ग्ल्यामरबीच भेद खुट्याउन नसक्ने हिरोइन ढिला- चाँडो पलायन हुन्छन् नै।”
– ग्लामर्स नेपाल (नेपाल साप्ताहिकमा प्रकाशित गोकर्ण गौतमको लेख साभार गरिएको)
८ असोज २०७३
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers