ScotNepal: पत्ता लाग्यो यौन सन्तुष्टिबारे नयाँ तथ्य, जान्नुस् र आनन्द लिनुस्
Loading...
पत्ता लाग्यो यौन सन्तुष्टिबारे नयाँ तथ्य, जान्नुस् र आनन्द लिनुस्

एजेन्सी । गाँस, बास र कपास मानव जीवनका अति आवश्यक तत्व हुन् ।त्यसमा यौन पनि थपिएको छ । जसका बारेमा विभिन्न खोज तथा अनुसन्धान भइरहेका छन् । यसक्रममा भर्खरै सकिएको एउटा अनुसन्धानले यौन स्वास्थ्यबारे नयाँ तथ्य पत्ता लगाएको छ । उसो त यौन स्वास्थ्यमा सन्तुष्टि अति आवश्यक छ । खासमा यौन भनेको सन्तुष्टि नै हो । बच्चा जन्माउने प्रक्रिया त निश्चित उमेरमा मात्र हुन्छ । तर, सन्तुष्टिका लागि जीवनभर यौन सम्बन्ध राख्ने गरिन्छ । यसक्रममा सन्तुष्टिका लागि महिला र पुरुषको मनसँगै शरीरको जोश पनि आवश्यक हुन्छ । त्यो जोश एउटा निश्चित समयमा हुने गर्दछ । त्यो समय नै अहिलेको अनुसन्धानमा पत्ता लागेको हो । विज्ञहरुको अनुसन्धान रिपार्ट अनुसार राति तथा बिहान होइन यौन सम्पर्कका लागि अपरान्ह तीन बजेको समय सबैभन्दा उत्तम हुन्छ । बेलायती हर्मोन विशेषज्ञ एलिसा भिट्टीका अनुसार महिला र पुरुषका लागि सहवासको सबैभन्दा उत्तम समय भनेको दिउसोको ३ बजे हो । यद्यपी यो समयमा धेरै मानिस आफ्नो घर वा कार्यालयको काममा व्यस्त हुन्छौँ र धेरैका लागि यो समयमा सहवास गर्नु सम्भव नहुन पनि सक्छ । तथापि यदि मौका मिल्ने हो र पर्याप्त योजना तथा तयारी गर्न सक्ने हो भने दिउसो तिन बजेको समयमा गरिने सहवास सबैभन्दा आनन्ददायी तथा उत्तम हुने विज्ञको भनाई छ । उनका अनुसार दिउसोको यो समयमा महिलाको जिउ सर्वाधिक फुर्तिलो तथा सशक्त बनेको हुन्छ र कोर्टिसोल हर्मोनको मात्रा पनि उच्च हुन्छ । त्यस्तै पुरुषमा भने ओस्ट्रोजेन हर्मोनको मात्रा उच्च हुन्छ । त्यसैले ३ बजेको समय सहवासमा सन्तुष्टिको लागि सबैभन्दा उपयुक्त समय हो । हुनत पुरुषमा बिहानको समयमा टेस्टेस्टेरोन हर्मोनको मात्रा सबैभन्दा उच्च हुने भएकाले बिहानको सम्भोग उनीहरुका लागि सबैभन्दा उपयुक्त हुनसक्छ । तथापि महिला पार्टनरको पनि आनन्द वा दुबैजनाको सक्रियता तथा यौनसुखलाई ध्यान दिने हो भने दिउसोको सम्भोग जत्तिको उत्तम केहीपनि हुन सक्दैन । विज्ञका अनुसार हप्ताका अन्य दिनमा कामकाजका कारण दिउसो सहवास गर्न सम्भव नहुने भएपनि कम्तिमा विदाको दिन दिउसो ३ बजेको समय निकालेर सहवासमा संलग्न भएर चरम यौन आनन्दको अनुभुति गर्न सकिनेछ ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers