ScotNepal: टीकापुर घटनामा संलग्नलाई आममाफी नदिन एमाले अखिलको माग
Loading...
टीकापुर घटनामा संलग्नलाई आममाफी नदिन एमाले अखिलको माग

काठमाडौँ, १० असोज । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत वर्ष कैलालीको टीकापुरमा घटेको घटनामा संलग्न अपराधी तथा आरोपीलाई आम माफी नदिन माग गरेको छ । सङ्गठनले सरकारद्वारा सो घटनामा संलग्नलाई आममाफी दिने तयारी गरेकोमा सोको विरोधमा आज माइतीघरमा प्रदर्शन गरी सो माग गरेको हो । त्यसैगरी, उक्त घटनामा संलग्नलाई कारबाहीको माग गर्न २४ घन्टे अल्टिमेटम पनि दिइएको छ । सङ्गठनका अध्यक्ष नवीना लामाले सरकार सबैको अभिभावक भएकाले उक्त घटनाका पीडितलाई पीडा दिनेगरी निर्णय नगर्न आग्रह गर्दै यसले मुलुकमा दण्डहीनता मौलाउने बताईन् ।


सङ्गठनको सचिवालय सदस्य नारायण घर्तीका अनुसार मुलुकमा सामाजिक सद्भाव बिगार्न सुनियोजित तरिकाले घटाइएको सो जघन्य घटनाका अपराधीलाई सरकारले माफी दिएमा त्यसका विरुद्ध सङ्गठनले सशक्त कार्यक्रम गर्नेछ । गत वर्ष संविधान जारी हुन केही दिन अगाडि घटेको सो घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लगायतका प्रहरी तथा दुई वर्षीय बालकसहित धेरै मानिसको हत्या भएको थियो । रासस

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers