ScotNepal: विशिष्टलाई राज्यकोषबाट दिइदै आएको उपचार खर्च रोक्न लागिपरेका गगनलाई संसदले दियो साथ,अब भीआईपीले उपचार खर्च नपाउने
Loading...
विशिष्टलाई राज्यकोषबाट दिइदै आएको उपचार खर्च रोक्न लागिपरेका गगनलाई संसदले दियो साथ,अब भीआईपीले उपचार खर्च नपाउने

काठमाडौं,२९ भदौ । शीर्ष नेता र पूर्व विशिष्टले राज्यकोषबाट पाउने उपचार खर्च रोक्न लागिपरेका स्वास्थ्यमन्त्री गगन थापालाई व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले साथ दिएको छ ।


बुधबार बसेको समितिको बैठकले पूर्व विशिष्ट पदाधिकारीहरुलाई जथाभावी स्वास्थ्य उपचार खर्च नबाँड्न सरकारलाई निर्देशन दिएको छ । यो निर्देशनसँगै स्वास्थ्यमन्त्री थापा आफ्नो अभियानमा सफल हुने देखिएका छन् । यसअघि थापाले पूर्व उपप्रधानमन्त्री डा. तुलसी गिरीलाई उपचार खर्च दिने भनेर क्याविनेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले लगेको प्रस्तावलाई अस्वीकार गरी रोकेका थिए । उनले सबै नेपाली जनता विशिष्ट भन्दै राज्यकोषबाट उपचार खर्च दिन नहुने बताउँदै आएका छन् । साथै सबै विशिष्टहरुले स्वदेशमै उपचार गर्नुपर्नेमा उनको जोड छ ।समितिको सिंहदरबारमा बुधबार बसेको बैठकले उपचार खर्चका नाममा राज्यकोषबाट विशिष्टलाई जथाभावी पैसा नबाड्न सरकारलाई निर्देशन दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार समितिले हरेक नागरिकको स्वास्थ्य बिमा गर्न पनि सरकारलाई निर्देशन दिएको छ । यसैगरी समिति सदस्यहरुले सबै सांसदहरुलाई सरकारी अस्पतालमै उपचार गर्न आग्रह गरेका छन् । यसैगरी समितिले सरकारलाई विशिष्ट व्यक्तिहरुलाई रकम दिँदा एकद्वार प्रणालीबाट मात्रै दिन निर्देशन दिएको छ । अहिले विभिन्न मन्त्रालयले आफू खुशी उपचार खर्च दिँदै आएकोमा अबदेखि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयको रायमा मन्त्रिपरिषद्बाट निर्णय गराउन निर्देशन दिएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा र विभिन्न मन्त्रालयका सचिवहरु समेत सहभागी बैठकमा स्वास्थ्य मन्त्री थापाले नेपालीहरुले स्वास्थ्य प्राप्त गर्ने विधेयक सम्बन्धि ड्राफ्ट तयार भइरहेको जानकारी गराए ।

यो पनि हेर्नुहोस

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers