ScotNepal: बिश्वमै अहिलेसम्मकै ठूलो साइबर आक्रमण, याहुका ५० करोड प्रयोगकर्ताको विवरण चोरी भएको खुलासा
Loading...
बिश्वमै अहिलेसम्मकै ठूलो साइबर आक्रमण, याहुका ५० करोड प्रयोगकर्ताको विवरण चोरी भएको खुलासा

एजेन्सी । याहुले सन् २०१४ मा आफ्ना ५० करोड प्रयोगकर्ताहरुको विवरण ह्याकरहरुले चोरी भएको बताएको छ । साइबर चोरीको इतिहासमा यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।


कम्पनीका अनुसार ह्याकरहरुले याहु प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरी गरेका छन् जसमा उनीहरुको नाम, इमेल ठेगाना र सेक्युरिटीका लागि सोधिने प्रश्न र त्यसको उत्तर रहेका छन् । उक्त आक्रमणलाई ‘राज्यद्वारा प्रायोजित’ बताउँदै त्यसमा क्रेडिट कार्डको विवरण भने चोरी नभएको कम्पनीले दाबी गरेको छ । गत जुलाईमा याहुलाई अमेरिकाको टेलिकम कम्पनी भेरिजोनले ४.८ बिलियन डलरमा खरिद गरेको थियो । एफबिआईले पनि उक्त घटनाको अनुसन्धान गरिरहेको पुष्टि गरेको छ । गत अगस्तमा आफूलाई ‘पिस’ नाम बताउने एक ह्याकरले २० करोड याहु प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण बेच्न खोजेपछि यो मामिला बाहिर आएको थियो ।

याहुले बिहिबार वक्तव्य जारी गर्दै यो घटना आफूहरुले पूर्वानुमान गरेभन्दा धेरै ठूलो भएको बताएको छ । चोरी भएको विवरणमा टेलिफोन नम्बर, जन्म मिति र पासवर्ड पनि रहेको याहुले बताएको छ । याहुले आफ्ना प्रयोगकर्ताहरुलाई सन् २०१४ देखि पासवर्ड नबदलिएको भए त्यसलाई तत्काल बदल्न सुझाव दिएको छ ।

यस्तो चोरी पहिले पनि नभएको भने होइन । यसअघि माइस्पेसको ३५.९ करोड प्रयोगकर्ताको विवरण चोरी भएको थियो भने लिंक्डइनका पनि १६.४ करोड प्रयोगकर्ताको विवरण ह्याकरहरुले चोरी गरेका थिए ।

-
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers