ScotNepal: संसद भवनमै ओलीले यसरी दिए प्रधानमन्त्री प्रचण्ड लाई ठूलो धक्का,भारत गएर ‘यही हो सुधारेको हो कि अरु केही छ ?’
Loading...
संसद भवनमै ओलीले यसरी दिए प्रधानमन्त्री प्रचण्ड लाई ठूलो धक्का,भारत गएर ‘यही हो सुधारेको हो कि अरु केही छ ?’

भारतसँगको सम्बन्धमा के सप्रियो ?

काठमाडौं ११ असोज । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री भएलगत्तै प्रचण्डले नेपालभारत सम्बन्ध सुध्रियो भनेर रमाइलो उद्घोष गरेको बताए ।

प्रधानमन्त्रीले भारत भ्रमणमा सम्बन्ध सुधार भएको भनेको भन्दै उनले भने, ‘मैले खोजें के-के सप्रिएछ ? तर, केही देखिएन ।’
प्रधानमन्त्रीले भारत भ्रमणपछि संसदलाई जानकारी नदिएपनि बाहिर नेपालभारत सम्वन्ध सप्रिएको भनेको भन्दै एमाले अध्यक्ष ओलीले भने, के सप्रियो ? यो यो सप्रियो भनेर भन्नुपर्छ ।’
उनले अघि भने, ‘नाकाबन्दी थियो र खुल्यो कि ? कुनै सन्धि सम्झौता हुन सकेको थिएन भयो कि ? कुनै परियोजना अड्किएको थियो, अघि बढ्यो कि ? बताउनु भए हुन्थ्यो ।’
एमाले अध्यक्ष ओलीले व्यंग्य गर्दै सम्वन्ध सुधार भएको प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यमा सम्झिएको बताए । संयुक्त वक्तव्यको १० नम्बर बुँदामा संविधानको विषय उल्लेख भएको भन्दै उनले भने, ‘यो नेपालको आन्तरिक विषय हो । तर, साझा विषय जसरी उल्लेख भएको छ । र, बाहृय चासो र भूमिका आमन्त्रण गरिएको छ ।
यो आपत्तिजनक रहेको भन्दै उनले अघि भने, ‘सप्रिएको भनेको यही हो । अझ भारतीय चासो र भूमिकालाई आमन्त्रण गरेकालाई सप्रिएको भनेको हो भने झन् आपत्तिजनक छ ।’
संयुक्त वक्तव्यका विभिन्न बुँदा आपत्तिजनक रहेको भन्दै उनले संसदमा प्रश्न गरे, ‘यही हो सुधारेको हो कि अरु केही छ ?’
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers