ScotNepal: कोठामै कोठी सञ्चालन गरेर पढ्दै गरेकी युवती भन्छिन ‘जसरी भए पनि पैसै कमाउनु त रैछ !’
Loading...
कोठामै कोठी सञ्चालन गरेर पढ्दै गरेकी युवती भन्छिन ‘जसरी भए पनि पैसै कमाउनु त रैछ !’

काठमाडौ / कलेजका मन मिल्ने साथीसंग सुनिताले एक दिन खुलेरै भनिन् ‘जसरी नि पैसै कमाउनु त रहेछ !’ उनी कहिलेकाँही मात्र कलेज आउन थालेकी र उनको लवाइखवाईमा एक्कासी परिवर्तन भएकाले साथीहरुले उनलाई र्याखर्याखी पारेपछि उनले खुलेर आफ्नो कुरा राखेकी थिइन् । राजधानीको आरआर कलेजमा ४ वर्षअघि मानविकि संकायको स्नातक तहमा भर्ना भएकी नुवाकोटकी सुनिता (नाम परिवर्तन) स्वभावत: एउटा पहाडबाट भर्खरै झरेकी सोझी किशोरी थिइन् । दोश्रो वर्ष सकिदासम्म उनी शायदै कहिले कक्षामा उपस्थित हुन सकिनन् होला । उनकी साथी मिरा भन्छिन् ‘महिनौ एउटै कुर्ता, सुरुवाल उसको ड्रेस हुन्थ्यो र ऊ अनुपस्थित भएको शायदै कुनै दिन थियो ।’ दोश्रो वर्षको परीक्षाको नतिजा पनि राम्रै आएको थियो सुनिताको ।

पहिलो दिन दिदीलाई डराई–डराई स्वीकृति दिएको उनले खुलाइन् । दुई/तीन ग्राहकको सामना गरेपछि उनी विरामी परेर थलिएको उनले बताइन् । १५ दिन अस्पताल भर्ना हुनु पर्यो । तर, घरमा बाबुआमालाई कुनै जानकारी नदिएको उनी बताउँछिन् । अस्पतालमा उनै दिदीले सहयोग गरिन । तर, तेश्रो वर्षको सुरुदेखि नै उनको अनुपस्थिती देखिन थाल्यो । सुरुमा २/३ दिन विराएर कक्षामा आउन थालेकी सुनिता ६ महिनापछि त कहिलेकाँही टुपुल्किन थालेकी थिइन् । सामान्य गाउँले पाराको कुर्ता, सुरुवालमा पनि उनको सुन्दरताले नचियाएको त हैन तर, अब बदलिएको उनको ‘गेटअप’ले उनलाई फक्रेको गुलाब झै पारेको थियो । भर्खर २१ औ बसन्त टेकेकी गहुँ गारो वर्णकी सुनिताको जिउडाल पनि चटक्क मिलेको बताउँछन् उनका साथीहरु ।

उनी अहिले ६/६ महिनामा नयाँ स्कुटी फेर्छिन । ‘फेसनमा उनको अनुशरण गर्न काठमाडौका धनाढ्य परिवारका केटीलाई हम्मे पर्छ’ उनकी साथी मिरा भन्छिन् ‘ महंगा कपडा र सबै थोक एउटै कलरको । स्वान्डिलदेखि चस्मासम्म मिलेको हुन्छ र दैनिक फेरिएको हुन्छ ।’ उनकी अर्की साथी कल्पना भन्छिन् तेश्रो वर्ष फेल भएकामा उसलाई कुनै पश्चताप छैन । ऊ भन्छे ‘ पैसै कमाउन त पढनु परेको नि । अरु नै थोक गर्दा कमाइन्छ भने किन पढनु पर्यो ।’ आफू अब पढाइलाई अघि नबढाउने सोचमा पुगेको सुनिता बताउँछिन् ।

सुनिताका बाबु आमा नुवाकोटकै दुर्गम गाउँमा कृषि पेशा गर्छन । आफैले मिहनेत गरेर खेती गर्दा मुस्किलले वर्ष दिन खान पुग्ने परिवार हो रे ! परिवारकी जेठी छोरीलाई उच्च शिक्षा दिलाउन सके दुई भाइबैनालाई पछि उच्च शिक्षा पढाउन सहयोग हुन्छ भनेर उनलाई काठमाडौको कलेजमा भर्ना गरिएको उनले बताइन् । बाबु आमाको इच्छा पुरा गर्न सुरुका दिनमा उनले भरमग्दुर प्रयत्न गरिन । बालाजुतिरको भाडाको कोठामा एक्लै बस्ने सुनितालाई बाबुआमा पठाएको पैसाले कोठा भाडा तिर्न र खान पनि मुस्किल पर्यो ।

यौन व्यवसायलाई पेशा नै बनाएको अहिले दुई वर्ष पुगेको बताउने सुनिता अहिलेसम्म जोडीपारी मिल्ने केटा ग्राहकका रुपमा नआएको बताउँछिन् । ‘हाम्रा ग्राहक सबैजसो ४० देखि ६० वर्ष उमेर समूहका हुने गरेका छन्’ सुनिता भन्छिन् ‘ आजकाल बजार जिस्क्याउनेमा पनि अधवैशेंनै हुन्छन् ।’ त्यो घरको पहिलोतल्लामा उनी बस्थिन भने भूईतल्लामा अर्कि एक दिदी । बस्न थालेको केही दिनमै ती दिदीसंग उनको चिनजान भएको थियो सुनिताले भनिन् । दिदी पनि एक्लै बस्ने भएकाले उनले सुनितालाई अलि माया गरेजस्तो गर्थिन । एक दिन सुनितालाई ज्वरो आएको थियो उनीसंग पैसा थिएन । उनले त्यै दिदीसंग सहयोग मागिन । ती दिदीले तत्काललाई सहयोग त दिइन, संगै भनिन् ‘कति दिन यसरी दुःख गर्छौ ? यौन पेशा गर, ग्राहक म खोजिदिन्छु ।’ सुरुमा उनलाई दिदीका कुराले साह्रै विझेको उनी बताउछिन् ।

तर, मनमनै सोचिन ‘सधै यसरी अभावमा बाच्नु भन्दा त कसैले थाहा नपाउने भए के विग्रन्छ र ?’ पहिलो दिन दिदीलाई डराई–डराई स्वीकृति दिएको उनले खुलाइन् । दुई/तीन ग्राहकको सामना गरेपछि उनी विरामी परेर थलिएको उनले बताइन् । १५ दिन अस्पताल भर्ना हुनु पर्यो । तर, घरमा बाबुआमालाई कुनै जानकारी नदिएको उनी बताउँछिन् । अस्पतालमा उनै दिदीले सहयोग गरिन ।

अहिले उनै दिदीसंगै बस्न थालेको उनी बताउँछिन । भन्छिन् ‘घर सरेका छौं । पुरै फ्ल्याट लिएका छौं, भाडामा । दिदी पनि सोही पेशा गर्छिन । उनको धेरै उपल्ला तहका व्यक्तिसंग चिनजान छ ।’ दिदीले ग्राहक खोजेर कोठामै बोलाउँछिन् । त्यो वापत उनले आधा रकम लिने गरेको सुनिता बताउँछिन् । ‘मसंग यौन संम्पर्क राख्न आउनेसंग दिदीले ३ हजार लिन्छिन् । मलाई १५ सय दिन्छिन् ।’ उनी बाहिर कसैसंग रात नविताएको बताउँदै कोठामा पनि बास बस्ने गरी कसैलाई नवोलाएको दावी गर्छिन् । ग्राहकहरु पनि हुनेखाने परिवारकै हुने गरेका छन् । कतिपय त कार लिएर आएका हुन्छन्, सुनिताको अनुभव छ ।

दुई वर्षमै लाउनखाने खर्च छाडेर ९ लाख बैंक व्यालेन्स गरेको बताउने सुनिता अझै ५/६ वर्ष यो पेशा गरेर काठमाडौंमा घर किनेर बस्ने विचारमा छिन् । ‘भर्खर २१ लागेकी छु । २७/२८ सम्म त तरुनीनै हुन्छु नि !’ उनी भन्छिन् ‘त्यसपछि विहेवारी वारे सोचौंला ।’
ती दिदीले श्रीमान् छोडेर यही पेशा गर्दै आएकी रहिछन् । अब हामी दुईजना आमाछोरीजस्ता भएका छौं । सुनिताका बाब्आमा कहिलेकाही भेटन आउने गरेको र उनी पनि बेलाबखत घर जाने गरेको बताउँछिन् । उनले घरकालाई आफूले एउटा प्राइभेट कम्पनीमा जागिर खाएको बताउने गरेकी छिन् ।

होटल वा ग्राहकसंग बाहिर जाँदा अरुले देख्ने वा प्रहरीले समात्ने डर हुन्छ । आफ्नै कोठामा डर नभएको उनले बताइन् । राजधानीमा आफूहरु जस्तो घर भाडा लिएर यौन व्यवसाय चलाउने धेरै भएको उनी बताउँछिन् । अब दिदीसंग छुट्टिने विचार गरेकी छन् उनले तर, बहाना खोज्दैछिन् ।‘अब त मैले नि मान्छे चिनिसकें’ उनी भन्छिन् ।

यौन व्यवसायलाई पेशा नै बनाएको अहिले दुई वर्ष पुगेको बताउने सुनिता अहिलेसम्म जोडीपारी मिल्ने केटा ग्राहकका रुपमा नआएको बताउँछिन् । ‘हाम्रा ग्राहक सबैजसो ४० देखि ६० वर्ष उमेर समूहका हुने गरेका छन्’ सुनिता भन्छिन् ‘ आजकाल बजार जिस्क्याउनेमा पनि अधवैशेंनै हुन्छन् ।’ दुई वर्षमै लाउनखाने खर्च छाडेर ९ लाख बैंक व्यालेन्स गरेको बताउने सुनिता अझै ५/६ वर्ष यो पेशा गरेर काठमाडौंमा घर किनेर बस्ने विचारमा छिन् । ‘भर्खर २१ लागेकी छु । २७/२८ सम्म त तरुनीनै हुन्छु नि !’ उनी भन्छिन् ‘त्यसपछि विहेवारी वारे सोचौंला ।’

- पुर्बेली न्युज बाट
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers