ScotNepal: आजको राशिफल : बिहिबार, 22 Sep 2016 षष्ठी, कृष्ण पक्ष
Loading...
आजको राशिफल : बिहिबार, 22 Sep 2016 षष्ठी, कृष्ण पक्ष

मेष ( च, चू, चे, ला, ली, लू, ले, लो, अ, आ ) विभिन्न अवसर आए पनि काम समयमा सम्पादन नहुनाले पछि परिएला। सहयोगी तथा शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको मर्म ख्याल नगर्दा आफैंलाई समस्या आउन सक्छ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। अहिलेको लगानीले पछिलाई फाइदा दिलाउनेछ।
वृष ( ई, उ, ए, ऐ, ओ, व, वा, वो, वे, वौ, वं ) हिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। पहिलेको योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा पनि पछि परिने समय छ, मेहनत गर्नुहोला।
मिथुन ( क, का, की, कू, के, को, कौ, छ, ह, हा, छा ) केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। लगनशीलताले फाइदा हुनेछ। छर–छिमेकमा सम्बन्ध बिग्रन सक्छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनुका साथै वैदेशिक क्षेत्र लाभदायक बन्न सक्छ।
कर्कट ( हि, हू, हे, हो, डा, डी, डू, ड़, डे, डो ) मेहनतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले राम्रो आम्दानी दिलाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि राम्रै लाभ मिल्नेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। रोकिएको काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य प्राप्त हुनेछ भने घरको आवश्यकता पूरा हुनेछ। सञ्चित धन उपयोग गर्नुपर्दा सजग रहनुहोला।
शिंह ( म, मा, मी, मू, मे, मो, मौ, मं, ट, टा, टी़, टू, टो ) आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्लान्।
कन्या ( पा, प, पु, पं, प, पे, पो, पौ, टो ) समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धेरैले साथ दिनेछन्। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ।
तुला ( र, रा, री, रु, रे, रो, रं, ता, त, तू, ते, तो, ती ) तत्काल लाभ नभए पनि सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। फाइदा हुने काम प्राप्त हुन सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले पछिका लागि उत्साह जगाउनेछ।
वृश्चिक ( न, ना, नी, नु, ने, नो, नै, नं, या, यी, यू, य ) परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। समस्या दर्साउँदा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ।
धनु ( ये, यो, ध, धा, धी, धू, धे, फ, भा, भी, भू, भे ) अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। काममा वैधानिक प्रावधानले अप्ठ्यारो पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।
मकर ( भो, ज, जा, जी, जे, जो, जै, जं, ख, खी, खू, खो, ग, गा,गी ) अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ।
कुंभ ( गु, गे, गो, स, सा, सी, सु, से, सं, सो, सौ, द, दा ) नजिकका साथीभाइ टाढिए पनि समस्या दर्साउँदा साथ दिनेहरू फेला पर्नेछन्। तर अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताउन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइएला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यम लाभदायक रहनेछ। स्थायी सम्पत्ति जोड्ने समय छ।
मीन ( दि, दू, झं, थ, था, दे, दो, च, चा, ची ) पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि, व्यवसाय तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ।परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। प्रतिकूल सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। स्रोत : NEPCAL.COM
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers