ScotNepal: मेरो लिंग उत्तेजित हुँदैन
Loading...
मेरो लिंग उत्तेजित हुँदैन


- डा. राजेन्द्र भद्रा
असार १६, २०७३-
मेरो लिंग उत्तेजित हुँदैन, किन होला ? मेरी श्रीमती वा मलाई कुनै रोग लागेको त होइन ? यो समस्याको समाधान के होला ?

लिंग कसरी उत्तेजित हुन्छ ?
हामीले इन्द्रियहरूबाट सन्देश ग्रहण गर्छौं, जुन मस्तिष्कसम्म पुग्छ र चेतन रूपमा हामीले त्यो कुरा थाहा पाउँछौं । यौनसम्बन्धी कुरा पनि यसैगरी हाम्रो मस्तिष्कसम्म विभिन्न तरिकाले पुग्छ । विभिन्न अंगहरू (स्रोत) बाट सन्देश स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छ र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाह पाउँछौं । यौन उत्तेजना हुने किसिमका सन्देश प्राप्त भए व्यक्तिमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक–फरक हुनसक्छ । यसरी यौन उत्तेजित भएपछि लिंगका धमनीहरूबाट बढी मात्रामा रगत प्रवाह भै लिंगमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिंग कडा, मोटो र लामो हुन्छ । यसलाई नै हामी लिंग उत्तेजित भएको भन्छौं ।
किन उत्तेजित नभएको होला ?
चाहिएको बेला चाहेजस्तो गरेर लिंग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन् । लिंग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिंगलाई त्यही स्थितिमा राख्न नसक्ने समस्यालाई Impotence वा Erectile Dysfunction भनिन्छ ।
लिंग राम्रोसँग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक दुवै हुन सक्छन् । लिंगको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिंग उत्तेजित नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित गर्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिंग उत्तेजित नहुने समस्या गराउन सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसको कारण हुनसक्छ । पार्किन्सन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीले पनि यस्तो गराउन सक्छ । साह्रै थकाइ लागेकाले होस् वा अधिक मादक पदार्थको सेवन गरेकाले होस्, लिंग उत्तेजनामा नकारात्मक असर परेको हुन सक्छ । तपाईंले यस्तो कुनै कुराको प्रसङ्ग उल्लेख नगर्नु भएकाले त्यस्तो केही भएजस्तो लाग्दैन, तर तपाईं नै यसका बारेमा जानकार हुनुहुन्छ, विचार गर्नु होला कि कतै यीमध्ये कुनै भएको त छैन ?

त्यसै गरी तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग हुनु जस्ता कुरा पनि लिंग उत्तेजित नहुने कारण हुन सक्छन् ।

यसरी अनपेक्षित रूपमा लिंगको उत्तेजना नहुँदा निकै चासो र चिन्ता हुन्छ । तपाईंले आफूलाई वा श्रीमतीलाई रोग लागेको हो कि भन्ने जिज्ञासा राख्नुभएको छ । कतिपय पुरुषलाई मनभित्र आफ्नो यौनक्षमता प्रदशित गर्नुपर्ने दबाब हुन सक्छ । यस्तो भए तपाईंको समस्या अझ चर्को हुन सक्छ । यस्तो स्थितीलाई Peformance Anxiety भनिन्छ । मुख्य कुरा तनाव, चिन्ता वा भय कम गर्न सक्नुपर्छ । आत्मविश्वास बढाउने कार्यतर्फ लाग्नुपर्छ । तपाईंले आफ्नी श्रीमतीसँग कत्तिको कुराकानी गर्नुभएको छ थाहा भएन, तर श्रीमतीसँग लिंग उत्तेजित हुने गरेर यौनसम्पर्करहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ । दुवैले आफ्नै समस्या मानेर समाधान गर्ने प्रतिबद्धताका साथ प्रयास गरे समस्या समाधान गर्न सकिन्छ । समस्या कायम रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ जसले गर्दा समस्याको पहिचान र त्यसैअनुसारको उपचार गर्न सकियोस् ।

तपाईंले आफ्नो उमेर उल्लेख गर्नुभएको छैन । युवाअवस्थामा सामान्यत: यौन व्यग्रता उच्च हुन्छ । ४० पार गरेपछि लिंगको उत्तेजनामा कमी आउँछ ।

समाधान के होला ?

Peformance Anxiety अर्थात् कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ । जब कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै त्यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमता ह्रास आउन थाल्छ । कति जनाले त यौन क्रियाकलापवाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ । यस विषयमा सधंै चिन्ता गरिरहँदा वा चिन्ता गर्दिनँ भन्दा पनि (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौनकार्य सम्पादनमा सुधार आउँदैन । मनमा भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । आत्मविश्वास बढाउनुपर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ । कतिपय स्थितिमा औषधी पनि सेवन गर्नुपर्ने हुन्छ ।

महत्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ । भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ । सम्बन्धलाई नै रमाइलो राख्न के गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने हुन्छ । यसमा आफ्नी श्रीमती वा यौनसाथीको सहयोग तथा समझदारी उत्तिकै महत्वपूर्ण हुन्छ । श्रीमती अर्थात् यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत गर्छ । - कान्तिपुर साप्ताहिक बाट साभार : 

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers