ScotNepal: कथा – बाकस
Loading...
कथा – बाकस

तपाईको नाममा एउटा बाकस आउदै छ । हाम्रा मान्छेले एकदुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भरपाई पठाइदिनुहोला । सरलाले फोनमा भद्र आवाज सुनी । कहाबाट आएको हो? त्यसमा के छ? उसमा एकैपटक थुप्रै जिज्ञासा जन्मिए पनि केवल दुईओटा प्रश्न गर्न सकी ।

बाकस तपाईको श्रीमानले काम गर्नुभएको दुबईको कम्पनीबाट आएको हो । भोलि काठमाडौ आइपुग्छ । बन्द अथवा आन्दोलन-हडताल केही भएन र बाटो क्लियर भयो भने पर्सी तपाईको घरमै आइपुग्छ । हामी त्यही प्रयासमा छौ । भद्र आवाजबाट सरलाले पहिलो प्रश्नको उत्तर पाई ।
दोस्रो प्रश्नको उत्तर पाइन । पहिलो प्रश्नको उत्तर नै यति लामो थियो कि दोस्रोको उत्तर आयो आएन भन्ने सरलाले थाहा पाइन । भद्र आवाजले पहिलोको उत्तर दिएर दोस्रोको जानीजानी नदिएको हो अथवा पहिलोको दिद दिदै दोस्रोको उत्तर दिन उसले स्वयम् भुलेको हो । यो थाहा पाइन सरलाले ।


पहिले कहिल्यै यस्तो भएन । कारण थियो, पति सुबोधको फोन आउने समयको पुर्वजानकारी उसलाई हुन्थ्यो । अघिल्लोपटक फोन गर्दा पछिल्लोपटक गर्ने फोनको मिति, बार र समय भन्थे सुबोध । त्यसपछि फोन आउने दिन र समयको प्रतीक्षामा सरला मात्र होइन, घरका सारा सदस्य बस्थे ।

सुबोधको फोनको प्रतीक्षा सबैभन्दा बढी सरलालाई हुन्थ्यो । सरलापछि उसकी आमा मनदेवीलाई । बाबु तिर्थबहादुरलाई पनि छोराको फोनको प्रतीक्षा नहुने होइन । छोरासग फोनका कुरा गर्ने उसको पालो सबभन्दा पहिले आउथ्यो । बाबुपछि आमाको । आमापछि सरलाको । बाबु र आमासग कुरा गरेर उब्रेको जति समय सुबोध सरलासंग कुरा गर्नमा बिताउथ्यो ।

सुबोधसंग कुरो गरिरह“दा सरलामा मीठो रोमाञ्चको सञ्चार हुन्थ्यो । चुम्बकमा फलाम टासिएकी हुन्थी । पटकपटक एक वर्षो छोराले रिसिभर खोस्न खोज्दा ऊ दह्रो गरी समात्थी । उसलाई लाग्थ्यो, छोराले रिसिभर होइन उसको सुबोधलाई ऊबाट खोस्न खोजेको हो । अरू जुनसुकै कुरामा भागबण्डा गर्न रुचाउने सरला सुबोधमा एकाधिपत्य चाहन्थी । सुबोधको भागबण्डा उसलाई कुनै पनि र्सतमा मञ्जुर थिएन । सुबोधउपर केवल एकल अधिकार स्थापित गर्न चाहन्थी । सुबोधलाई आफूबाट छिन्न खोज्ने जोसुकै भए पनि उसका लागि मञ्जुर थिएन । त्यो चाहे छोरा होस् अथवा सासूससुरा । छोरा भए, पर धकेलेर भए पनि सुबोधउपरको एकाधिकारलाई कायम राख्थी । तर सासूससुरा भए उसलाई सकस पथ्र्यो । त्यही निहुमा बेलाबेला ठाकठुक पथ्र्यो । यो कुरा बुझेका सासूससुरा अब सुबोधको लगाम हाम्रो हातमा छैन’ भनी छोराबुहारीसंग निश्चित दूरी कायम राख्थे । यसरी दुवैको सीमारेखा आफसेआफ निर्धारण भयो । आ-आफ्नो सिमारेखा बुझेका सासूससुरा अलग्गिएपछि सरला सुबोधसग निर्धक्क कुरा गर्थी ।

सरलाको आकाश छयँङ्ग हुन्थ्यो । कही कतै कालो बादलको टुक्राटाक्री त के धर्र्सोसम्म हुदैनथ्यो । विशाल आकाशमा सरला निर्धक्क विचरण गर्थी । सुबोध निर्धक्क विचरण गथ्र्यो । दुवैको विचरणमा उतारचढाव र आरोहअवरोहहरू आउथे । उतारचढाव र आरोहअवरोहहरू अरू विषयमा भए सहज समाधान हुन्थ्यो । तर यौन विषयमा पुगेपछि पोखरीबाट बाहिर निस्कन दुवैलाई समस्या पथ्र्यो ।

सरला सुबोधलाई छिटो स्वदेश फर्किन अनुरोध गर्थी । मन भए पनि परिबन्धले गर्दा तत्काल फर्किन नसक्ने विवशता सुबोध प्रकट गथ्र्यो । तर हर पल हर क्षण सरलासगै एकाकार भएर रहेको विश्वास दिलाउथ्यो, ‘चराजस्तो उडेर अहिले आउन मन छ । तर के गर्नु आएर मात्र नहुने । अजिङ्गरले बेरेजस्तो बेरोजगारीले सताउछ । केही दिन धैर्य गर । चाडै आउछु । म सधै तिमीसगै हुन्छु । जहिले सपनामा तिमीलाई देख्छु ।
अ होला कस्तो ठीक्क पार्न जानेको लोग्नेमान्छेको जात न हो । स्वास्नीको कुरा के बुझथ्यो र र? सरला अविश्वास प्रकट गर्थी । आउन सक्तैनन् भन्ने जानीजानी छिटो आउन जिद्दी गर्थी । त्यही लुकेको हुन्थ्यो रहस्य । त्यसको उत्खनन सुबोधका लागि सरल भए पनि समाधान जटिल थियो । त्यही जटिलता सरलाका अगाडि राख्थ्यो ।

अ होला वा पाइछ होला नि राम्री-राम्री, अनि …. तीर हान्न चुक्तैनथी सरला ।
सरलाले वाक्य पूरा गर्न पर्दैनथ्यो । कुरो बुझथ्यो सुबोध । सरलाले पनि कुरो नबुझेकी कहां हो र तर भौतिक नभए पनि ध्वनिक सन्तुष्टि गुमाउन चाहदिनथी । सुबोधसग गरिएका तिनै वार्तालापको मीठो सम्झनामा उसले अर्को फोनको प्रतीक्ष गर्नुपथ्र्यो । सुबोधसग गरिएका तिनै संवाद प्रतीक्षाका समयका आह्लादकारी साथी हुन्थे । ती संवाद कहिले गुनासा प्रकटमा केन्द्रित हुन्थे भने कहिले एक-अर्कालाई अनुरोध गर्नमा । कहिले उपदेश दिनमा केन्द्रित हुन्थे भने कहिले एक-अर्काका बारेमा जानकारी दिन । जसरी होस् जे गरेर होस् तिनका जहाज खुला आकाशमा उडेको उडेकै हुन्थ्यो ।

सासूससुराहरू मनमनै भुट्भुटिएर यताउति हिडिरहन्थे । सुबोध र सरलाको जहाज जमिनमा उत्रिने नाम लिदैनथ्यो । हुने भए र मिल्ने भए सासूससुराले सरलाको हातको रिसिभर खोसेर याकी गाला ‘चडयँम-चडयँम’ चड्काउथे । तर अप्रत्यक्षमा जस्तोसुकै हुरीबतास चले पनि प्रत्यक्षमा दुवै शान्त देखिन्थे । शान्त समुद्रजस्तै । तिनको अनुहारलाई हेरेर भन्न सकिन्नथ्यो समुद्रभित्र तीव्र वेगमा सामुद्रिक धार हुडलिएर बगिरहेको छ । कसैले अनुमान गर्न नसकिने सामुद्रिक ज्वालामुखीका तावामा ती भकभक उम्लिरहेका हुन्थे ।

सुबोधसग फोनमा कुरा गर्न पाउदा सरला सारा संसार बिर्सन्थी । सासूससुरा मात्र होइन छोराको समेत हेक्का हुदैनथ्यो । यो कुरो बुझेका सासूससुरा नातिलाई आफूसगै लग्थे । उसैको अनुहारमा सुबोधलाई देख्थे । केटाकेटीमा सुबोधलाई खेलाएको सम्झना ताजा पार्न नातिलाई खेलाउथे । नाति होइन केटाकेटी अवस्थाको सुबोध आफ्नो काखमा छ भन्ने भ्रममा ती सुबोधको अनुपलब्धताको क्षतिपुर्ति गर्थे । यो एउटा विधि थियो सन्तुलित बाच्ने । नखल्बलिई संयमित बाच्ने सरला र सुबोधको भण्डार रित्तिने आश गर्नु बेकार थियो । सासू र ससुरा दुवैले पटकपटक घाटीमा नअड्केको खकार सफा गर्न जबरजस्ती खोकिसक्दा पनि सरला र सुबोध उडिरहन चाहन्थे । सासूससुराले आकाशबाट जमिनमा ओराल्न नसकेका सरला र सुबोधलाई समयले ल्यान्डिङ गियर बदल्न बाध्य पाथ्र्यो । नचाहदा-नचाहादै दुवै जमिनमा ओर्लिन्थे । त्यति बेलासम्म दुवैको अप्राप्ति सन्तुष्टिको चरणसम्म पुगिसकेको हुन्थ्यो । त्यसैको सहारामा दुवै बाकी दिन बाच्थे । चाडै फोनमा भेट्ने वाचासहित रिसिभर राख्थे । सुबोधका बारेमा त थाहा भएन तर रिसिभर राखेको धेरै बेरसम्म सरला मोहनी लागेजस्ती हुन्थी । एकोहोरिन्थी । सुबोधसग फोनमा कुरा गरेको हयाङओभर निकै समय रहन्थ्यो । त्यस हयाङओभरले पनि उसलाई सुबोधसग सगै बसेजस्तो आनन्द दिन्थ्यो । त्यही आनन्दमा निमग्न हुन्थी सरला ।

त्यही निमग्नतालाई बेलाबेला उग्राइरहन्थी सरला । फुर्सतका समय कटनीको गतिलो माध्यम थियो निमग्नता । छिमेकीहरू झटारो हानेर जिस्क्याउथे पनि । तर झटारो पनि उसका लागि आङ सिरिङ्ग पार्ने मीठो र्स्पर्श हुन्थ्यो । मीठो र्स्पर्शको आशमा बसेकी बेला भद्र आवाजले फोनमा बाकस आउदै गरेको खबर सुनायो । फोन कहाबाट आयो? भनी सोध्ने शुद्धिसम्म रहेन । सुबोधको नामसग उसले बिर्सने गरेकी थुपै्र विषयमध्ये त्यो पनि पर्यो । यस कुराको होस उसलाई फोन राखिसकेपछि भयो ।

फोन कहांबाट आएको होला? भन्ने प्रश्नमा उसले थुप्रै विचारविमर्श गरी । थुप्रै सम्भावनाहरू उसका मनमा आउदै जादै गरे । त्यस्ता सम्भावनामा विदेशस्थित नेपाली राजदूतावास, परराष्ट्र मन्त्रालय, स्थानीय जिल्ला प्रशासन कार्यालय आदि क्रमशः आउदै जादै गरे । तर सरलाको विश्वास कुनै सम्भावनामा अडेन । सरकारी संयन्त्रको नाडी थाहा भएर विश्वास नगरेकी होइन । तर कताकता अनजानमै उसमा त्यस्ता संस्थाप्रति अविश्वास थियो । त्यो जन्मजात थियो अथवा सिर्जित – तर थियो सरलामा । त्यही अविश्वासले सम्भावनाको डोरी म्यानपावर कम्पनीतर्फसोझियो । तर गैरजिम्मेवार रूपमा झर्केर बोल्ने र बोल्नुपर्दा पैसा तिर्नुपर्नेजत्तिकै गर्ने म्यान पावर कम्पनीको बोल्ने शैली एकाएक कसरी परिवर्तन भयो? कुनै गैरसरकारी संस्थाले तालिम दिएबापतको प्रतिफल हो कि? यस्तै हुडलोमा सरला परी ।

आ……… जसले खबर गरे पनि खबर गर्यो । कुरो सकियो । बरु बाकसमा के पो होला ? अन्त्यमा चित्त बुझाउने किनारा फेला पारी ।
टी.भी. पठाइदिएको हो भनु भने घरमै छ । कतै ठूलो आकारको रङ्गीन ल्याट्रोन टी.भी. पठाइदिनुभएको हो कि? सरलाले मनमनै सम्झी ।

घरको ब्ल्याक एन्ड ह्वाइट र सानो आकारको टी.भी.मा मान्छे सानो देखिन्छ । अग्लो विशाल वृक्षजस्तो देखिनुपर्ने मान्छे माखाको पित्त जत्रो देखिदा टी.भी. हेरेको स्वाद हुदैन । धरहराको बार्दलीबाट सडकमा हिडिरहेको लिलिपुटजस्तो मान्छे के हेर्नु । कम्तीमा टी.भी.मा त ठूलो फराकिलो मान्छे देखियोस् । पैसा कमाए भने सबभन्दा पहिला ठूलो, अग्लो र फराकिलो मान्छे देखिने टी.भी. किन्छु । फुच्चे मान्छे हर्दाहर्दा आखा सागुरो भइसक्यो । सरलाले पूर्वस्मृति रिवाइन्ड गरी । सुबोधले गरेका कुरा सम्झी ।

फोनमा धेरै पैसा खर्च हुन्छ । कम्प्युटरबाट च्याटमा कुरा गर्दा थोरै पैसाले पुग्छ । एक-अर्काको अनुहार हर्दै मज्जाले कुरा गर्न पाइछ । भ्वाइसमेलबाट बोलेरै कुरा गर्न मिल्छ । जमाना का हो का पुगिसक्यो हामी चिप्लेकीराको गतिमा छौ । तिमी पनि कम्प्युटर चलाउन सिक र साइबरमा गएर च्याट गर्न सिक । अनि अघाउजी कुरा गर्न पाइछ ।’ एकपटक फोनमा सुबोधले भनेका कुरा सम्झी ।

सामान्य कम्प्युटर चलाउन सरलालाई नआउने होइन । कुनै अन्तराष्ट्रिय गैरसरकारी संस्थाले दानमा दिएको कम्प्युटरबाट बिहेअघि स्कुल पढ्दाकै अवस्थामा सिकेकी थिई । केवल च्याट र इमेल गर्ने तरिकाको अभाव थियो । गाउले बजारमा खोलिएको साइबरभित्र छिरेर त्यो पनि सिकी । सुबोधलाई दुईचारपटक इमेल गरी र उसैसग च्याटमा कुरा गरी । सासूससुरालाई पनि आफूसगै लगेर च्याटमा कुरा गर्न लगाई । सुबोधको अनुहारै हेरेर भ्वाइसमेलबाट कुरा गर्न पाउदा हुनुसम्म खुसी भई । तर रहस्यका कुरा गर्न नपाउदा उसको मन कुडियो । निर्धक्क कुरा गर्न नपाउदा असजिलो लाग्यो । त्यही गुनासो गरी । सुबोधले इमेलमा लेख्न भने । त्यसै गरी । चित्त बुझेन । चित्त नबुझेको कुरा इमेलमा लेखी । चित्त नबुझेको कुरा इमेलमा लेखेबापत, कतै कम्प्युटरको सेट नै पठाइदिएका त होइनन्?सरलाको मनले प्रश्न गर्यो । सुबोधले कम्प्युटर पठाइदिएको हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन सरलाले । टेलिभिजनभन्दा कम्प्युटरको सम्भावना बढी भयो ।

उसले सासूससुरासग पनि चर्चा गरी । सबैले अनेक सम्भावनाउपर विचार गरे । कसैले घरका सबैलाई लुगाफाटो, कसैले छोराका लागि खेलौना, कसैले फि्ज, कसैले ग्यास चुलो; यस्तै-यस्तै सम्भावना प्रकट गरे । सहरको सपना बोकेर गएका सुबोधले यस्तैयस्तै सामग्रीको जोडजाम गरेको हुन सक्ने सम्भावनाउपर विचार भयो । तर कसैले ठोकुवा गरेर भन्न सकेनन् बाकसमा के आउदै छ? जेहोस् बाकस आउने भनेको पर्सि दिन आयो । बिहानैदेखि घरमा चहलपहल सुरु भयो । बाकस होइन, बाकसका ठाउमा स्वयम् सुबोध आइरहेको भान सबैलाई भयो ।

सरलाले आफूलाई सिगारी । छिः कस्ती उत्तँउली लोग्ने आउने भन्दैमा बेहुलीजस्ती सिगारिन पर्छ र कसैको नभएको लोग्ने भन्ला भन्ने पीरले उसले आफूलाई बेहुली बनाइन । नभए फेरि एकपटक बेहुली बन्ने रहर जागेको हो ।

आ …. भन्नेले जेसुकै भनोस् । मुख थुन्न कसले पो सकेको छ र आफूलाई मन लागेको गर्ने हो । एकचोटि मसक्क आटेकी हो । तैपनि बेहुलीजस्तो सिगार्न सकिन । तर अरू दिनभन्दा बढी सिगारी । पहिलो नजरमै सुबोधको मन हर्ने सुन्दरीमा आफूलाई रूपान्तरित गरी । सिउदोमा अरू दिनभन्दा बढी सिदुर, गलामा मोटो रातो पोते, कानमा गोलो घेरो भएको कुन्डल, हातभरि ‘छन्-छन्’ बज्ने चुरा, पाउमा पाउजेब लगाई । उसको त्यो रूप सुबोधलाई औधी मन पथ्र्यो । उसले आफूलाई सिगार्दा सुबोधलाई मन पर्ने र मन नपर्ने कुराको ख्याल गरी । प्रत्येक सिगारका सामान हातमा लिदा सबभन्दा पहिले सुबोधको रुचि सम्झी । उसलाई मन नपर्ने कुनै सिगार गरिन ।

उसका प्रत्येक पाइला र गतिविधिले एउटा मीठो तरङ्ग तरङ्गित गर्यो । त्यसैको धुनमा सबैले बिर्सर र्बोध होइन बाकस आउदै छ । अन्ततः धुलौटे डगरमा कालो रङको जिप धुलो उडाउदै आउदै गरेको देखियो । जिपको पाङ्राले उडाएको धुलोले डुब्न लागेको घामको रातो गोलो घेरोको उज्यालो छोपियो । गाउका केटाकेटी रमाउदै जिपको पछिपछि कुदे । गाउका अरू पनि झुम्मिए ।

जिप सरासर सरलाको घरअगाडि रोकियो । सबैजनाले सुबोध खोजे । सुबोधको सट्टा जिपबाट बाकस निस्क्यो । आगनको बीचमा राखियो । कसैलाई विश्वास भएन सुबोध होइन, बाकस आएको हो । सबै सुबोध खोज्न थाले । विश्वास नलागेर कसैकसैले दायाबाया हेर्न नसक्ने गरी दुवै हत्केलाले दुई आखा छेकेर जिपभित्र हेरे । सुबोध थिएन । अनि आगनमा लमतन्न बाकसतिर लागे । सबैको ध्यान बाकसमा केन्द्रित भयो ।

आमा, बुबा र सरला सुबोधको सट्टा बाकस आएको मान्न तयार भएनन् । बरु केटाकेटीदेखिको जिस्किने बानी गएको रहेनछ भन्ने सम्झे । सबैलाई छकाउन ऊ बाकसभित्र लुकेको छ । बाकसभित्र सुतेर छकाउन खोजेको हो भन्नेमा आमा, बुबा र सरला विश्वस्त भए । बाकसको खापा उघारियो । बाकसभित्र सुबोध मजाले सुतेको थियो । निद्रा नखल्बलियोस् भनी सेतो पारदर्शी प्लास्टिकले छोपिएको थियो । गर्मी नहोस् भनी वरिपरि बरफका टुक्रा थिए ।

कसैले सुबोधको मीठो निद्रा बिथोलेनन् । सरलाले पनि । ऊ हेरेको हेर्यै भई । सुबोधलाई मीठो निद्रा निदाउन दिई । घचघच्याएर उठाउने साहस गरिन । मोहनी लागेको जस्तो सुबोधको अनुहारमा हेरिरही । उसको हेराइको चुम्बकीय आकर्षाको भेउ सबभन्दा पहिले सासूले थाहा पाई । मुटु हल्लियो । हंसले ठाउ छाडयो । आफूभन्दा बुहारीको अवस्थाले सतायो । क्यै बिघ्न नपरोस् भनी कुममा हल्लाएर ब्यूझाउन खोजी । तर अबेर भइसकेछ । सुबोधकै छेउमा सरला डङ्रङ्ग लडी । अलिकति खाली ठाउ बचेको रहेछ । त्यसको पुर्ति गरी ।

लेखक – धीरकुमार श्रेष्ठ
स्रोत : समकालीन साहित्य

-

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers